Ntc summer Offer
Khabar Dabali ४ चैत्र २०८१ मंगलवार | 18th March, 2025 Tue
Investment bank

आँखा उपचारमा पहुँच बढाउन मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच सम्झौता

खबरडबली संवाददाता

काठमाडौं । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदानप्रदानसम्बन्धी सम्झौता गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो । सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ भने तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिका लागि अधिक छुटमा उपलब्ध गराउने छ ।

सरकारको भन्सार तथा मूल्य अभिवृद्धि छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा उच्चगुणस्तरको भन्दै आयात भैरहेको छ । अब सम्झौताअनुसार तिलगंगाले ती लेन्स देशका नागरिकले प्राप्त गर्नका लागि हालको रकममा छुट प्रदान गर्नेछ ।

यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि वर्गीकृत दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्याउनेछ । मन्त्रालयले तिलगंगाका परियोजना कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायहरु मार्फत समन्वय र सहकार्य गने सम्झौतामा छ ।

यसैगरी, कार्यक्रम संचालन भइरहेका जिल्लाहरुमा आँखा कार्यक्रम संचालनको लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्ने मन्त्रालयले सम्झौता गरेको छ ।

मन्त्रालयले मोतियाबिन्दु शल्यक्रिया पक्षात उपयोग हुने लेन्स उत्पादनका लागि कच्चा पदार्थ र उपकरण आयातमा प्रचलित कानून बमोजिम भन्सार तथा मूल्य अभिवृद्धि कर सहुलियतका लागि सिफारिस प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौताअनुसार मन्त्रालयले तिलगंगाले आँखा कार्यत्रम सञ्चालन गरेका अस्पतालमा प्राविधिक तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धिका लागि सघाउने छ ।

सम्झौता आदानप्रदान पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डाक्टर सन्दुक रुइतको नेतृत्वमा नेपालले आँखा उपचारमा विशिष्टता प्राप्त गरेको भन्दै यो गौरवको विषय भएको उल्लेख गरे ।

उनले अन्तर्राष्ट्रिस्तरमा ख्याती प्राप्त डा. रुइत नेतृत्वको कामलाई राज्यका तर्फबाट मूल्यांंकन गर्दै थप सहयोग पुर्याउनुपर्छ भनेर सम्झौता गरिएको बताए ।
‘उहाँले आँखा उपचारमा अन्तर्राष्ट्रियस्तरमा पनि विश्वसनीयता आर्जन गर्नुभएको छ,’ मन्त्री पौडेलले भने, ‘संसारमै लेन्स उत्पादनमा विख्यात बनेको नाम सन्दुक रुइत र उहाँको कामलाई थप कसरी सघाउन सकिन्छ, आगामी दिनमा पनि हामी सघाउन तयार छौं ।’

डाक्टर रुइतले स्वास्थ्य मन्त्री पौडेल सुधारमा सक्रिय रहेको भन्दै हातेमालो गर्न तयार रहेको बताए । ‘स्वास्थ्य मन्त्रीज्यूले सुधारका लागि सक्रिय भएर लागिरहनुभएको छ,’ उनले भने, ‘हामी हातेमालो गर्न तयार छौं । हामीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धाका लागि सघाउन आग्रह गर्दछु । ’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छ वर्षमा पनि बनेन पाँच सय मिटरको सडक

बाँके । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम प...

छ वर्षमा पनि बनेन पाँच सय मिटरको सडक

बाँके । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम प...

भ्रष्टाचारी संरक्षणको पक्षमा रहेको सरकारमा माओवादी सामेल हुँदैैनः अध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नै नभएको बताएका छन् । आज काठमाडौंमा आयोजि...

बालिका बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । बाँकेमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८, पिपिरीका २५ वर्षीय निमबहादुर विक छन् । ...

बालिका बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । बाँकेमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८, पिपिरीका २५ वर्षीय निमबहादुर विक छन् । ...

करिब ५ सय ४७ किलो गाँजा सहित एक जना पक्राउ

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट ५ सय ४७ किलो गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्र्राउ पर्र्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–...

भोजपुरको टक्सारमा डढेलो बस्तीमा छिर्यो, ७ घर भए खरानी

भोजपुर । भोजपुर नगरपालिका–१२ पारपानीमा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा छिरेको छ । अहिलेसम्म आगलागीबाट पैँयापानीमा ७ वटा घरमा क्षति भएको छ । आगो...

केपी ओलीले मुलुकमा ‘कुशासन’ गरिरहेका छन्ः भीम रावल

काठमाडौं । नेकपा एमालेका पूर्वनेता एवं ‘मातृभूमि जागरण अभियान नेपाल’का अभियन्ता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्माले ओलीले मुलुकमा ‘कुशासन’ गरिरह...

धनुषामा गोली चल्यो, प्रहरीको गोली लागेर एकजना घाइते

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना ...

पूर्वराजालाई सिटौलाको सुझावः दिएको सम्मानमा बस्न नसक्ने भए राजनीतिक खेलाडीको रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरेको टिप्पणी गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy