बाँके । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम पूरा हुन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिका सबइन्जिनियर पवन बुढाले पछिल्लो पटक निर्माण कम्पनीलाई गत असारमा काम सक्नेगरी ठेक्का सम्झौता भएको जानकारी दिए ।
उनले भने, ‘पटक–पटक पत्राचार, कारबाही र कालोसूचीमा राख्ने चेतावनीपछि फेरि काम अघि बढेको छ ।’ निर्माण कम्पनीले दुई दिनमा काम सक्ने प्रतिबद्धता जनाएको भन्दै उहाँले काम पूरा नभए कालोसूचीमा राख्ने बताए । उपमहानगरपालिकाले हाल जरिवाना तिराएर काम अघि बढाउन सहमति दिएको हो ।
निर्माण कम्पनीले पटक–पटक सडक निर्माणका लागि बाटो बन्द गराएर सडकमा अलकत्रा हाले पनि अलपत्र छोड्ने गरेको छ । पछिल्लो समय एक हप्ताअघि सडकमा आवागमन अबरुद्ध गराएर अलकत्रा हाले पनि थप निर्माण कार्य अघि नबढेको स्थानीय भोला रानाले बताए ।
बिगतमा सडक पराकिलो बनाउँदा केही घरधनीले घर भत्काउन ढिलाइ गरेका कारण सडक निर्माणमा बिलम्ब भएपछि गतवर्ष फेरि असफाल्ट कालोपत्रे गर्ने गरी नयाँ ठेक्का स्वीकृत गरी काम सुरु गरिएको थियो ।
६ वर्षअघि सडक निर्माण सुरु भए पनि विवादका कारण एसियाली विकास बैँकको परियोजनाले हात झिकेपछी सडक निर्माणको काम अलपत्र परेको थियो । गत माघमा नगरस्तरीय ७५ लाख बजेटमा अस्फाल्ट कालोपत्रेको काम असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी पिके कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । तर दोस्रो पटक पनि सम्झौताअनुसार काम अघि नबढेपछि स्थानीयबासिन्दा आक्रोशित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८१ - १०:५७
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंबाट ठूलो परिमाणको रकम बरामद गरेको छ । नेपाली रुपैयाँ, डलर र अन्य मुद्राहरू भएकाले...
चैत्र ४ गते, २०८१ - १०:५३
काठमाडौं । देशभर २३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि कुखुराको चल्ला कोरल्न प्रयोग गरिने उद्योग बन्द भएक...
चैत्र ४ गते, २०८१ - १०:५१
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो । ...
चैत्र ४ गते, २०८१ - १०:४६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केन्द्रीय सरकारले गरेका कामको जस लिने प्रवृत्ति काठमाडौँ महानगरबाट अन्यत्र पनि सरेको गुनासो गरेका छन् ।...
चैत्र ४ गते, २०८१ - १०:०५
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइज...
चैत्र ३ गते, २०८१ - १६:५५
बाँके । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम प...
चैत्र ३ गते, २०८१ - १६:५५
बाँके । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम प...
चैत्र ३ गते, २०८१ - १६:४३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नै नभएको बताएका छन् । आज काठमाडौंमा आयोजि...
चैत्र ३ गते, २०८१ - १६:३८
काठमाडौं । बाँकेमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८, पिपिरीका २५ वर्षीय निमबहादुर विक छन् । ...
चैत्र ३ गते, २०८१ - १६:३८
काठमाडौं । बाँकेमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८, पिपिरीका २५ वर्षीय निमबहादुर विक छन् । ...
प्रतिकृया लेख्नुहोस्: