काठमाडौं । काठमाडौं उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यकाभित्रका २२ वटा आङ्गिक क्याम्पसहरूमध्ये ८ वटामा स्ववियु निर्वाचन रोकिएको हो ।
त्रिविले आजका लागि ६२ वटा आङ्गिक र अन्य सम्बन्धनप्राप्त कलेजहरूमा स्ववियु निर्वाचनको मिति तय गरेको थियो । तर, तालाबन्दीका कारण ति कलेजहरूमा निर्वाचन रोकिएको हो । रत्न राज्यलक्ष्मी क्याम्पस र अमृत साइन्स क्याम्पसमा अन्तिम समयमा आएर स्ववियु निर्वाचन स्थगित भएको हो ।
त्यस्तै सरस्वती क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र क्याम्पस र पब्लिक युथ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया यसअघि नै रोकिएको थियो । आरआर र अमृत साइन्समा भने हिजो मध्यरातदेखि तालाबन्दी भएपछि स्थगित भएको हो ।
आरआरमा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूले तालाबन्दी गरेपछि अन्तिम समयमा आएर निर्वाचन स्थगित भएको छ । त्यस्तै अमृत साइन्स क्याम्पसमा भने अखिल क्रान्तिकारीले होस्टेलको विषयलाई लिएर विवाद सिर्जना गर्दै तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको हो ।
ति बाहेक सरस्वतीमा अनेरास्ववियू लगायतको तालाबन्दीका कारण निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेको छैन् ।
त्यस्तै विश्वभाषामा समेत अखिल क्रान्तिकारीको तालाबन्दीका कारण निर्वाचन स्थगित भएको छ । नेपाल ल क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी छ । जसले गर्दा निर्वाचन स्थगित भएको छ ।
शंकरदेवमा अखिल क्रान्तिकारी लगायतको तालाबन्दीका कारण चुनाव हुन सकेन । त्रिचन्द्र र पब्लिक युथ क्याम्पसमा नेविसंघको तालाबन्दीका कारण निर्वाचन हुन सकेन ।
त्यस्तै त्रिवि केन्द्रीय क्याम्पसमा ८ गतेका लागि निर्वाचन सरेको छ । पद्मकन्या क्याम्पस बागबजारमा समेत ७ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।
ति बाहेक थापाथली इन्जिनियरिङ कलेज, सानोठिमी बहुमुखी क्याम्पस, आयुर्वेद क्याम्पस, जनप्रशासन क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, नेपाल कर्मस क्याम्पस, पाटन बहुमुखी क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, ललितकला क्याम्पस र महेन्द्ररत्न क्याम्पसमा निर्वाचन जारी रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८१ - २०:०५
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.का विभिन्न ...
चैत्र ४ गते, २०८१ - १५:४२
ओखलढुंगा । स्थानीय तह पुसंरचनापछि गाउँपालिका केन्द्रमा आवश्यक पूर्वधार संरचना निर्माण गर्न सर्वसाधरणले निशुल्क प्रदान गरेको जग्गा गाउँपालिका अध्यक्ष र...
चैत्र ४ गते, २०८१ - १५:०८
रौतहट । सर्लाही प्रहरीले प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। नेपाल प्रहरीमा जागिर लगाइदिने भनेर रकम ठगी गरेको आरोपमा प्रहर...
चैत्र ४ गते, २०८१ - १५:०७
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएपछि आयोजना नै बन्द...
चैत्र ४ गते, २०८१ - १५:००
पोखरा । त्रिभुवन विश्वविद्यालय अन्तरर्गत पोखराका ४ वटा क्याम्पसमध्ये २ वटा क्याम्पसमा सौहार्द वातावरणमा निर्वाचन भइरहेको छ। अन्य दुइटा क्याम्पसमा ...
चैत्र ४ गते, २०८१ - १४:५१
काठमाडौं । ट्रकमा २५ करोड रुपैयाँसहित सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा पक्राउ परेका छन् । आज बिहान काठमाडौंको झोर क्षेत्रबाट २५ करोड रुपैयाँसहित उ...
चैत्र ४ गते, २०८१ - १४:०१
नेपालको राजनीतिक इतिहास र नेपालको कम्युनिस्ट आन्दोलनको समेत इतिहासमा यी दुवै धाराका प्रमुख नेतृत्वले थालनीताका तय गरिएका लक्ष्य भेदन गर्न खासै निरन्तर...
चैत्र ४ गते, २०८१ - १२:४७
अनेकोट यस्तो महान् भूमि हो जहाँ सातजना सांस्कृतिक योद्धाले मुक्तिका लागि क्रान्तिको बेदीमा आत्माहुति चढाएका थिए । २०५५ सालको चैत ५ गतेको दिन तत्कालीन ...
चैत्र ४ गते, २०८१ - १२:१४
काठमाडौं । बजारमा आँप आउन थालेको छ। बिगत १५ दिनदेखि बजारमा आँप आउन थालेको हो । हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून र...
चैत्र ४ गते, २०८१ - १२:०२
काठमाडौं । काठमाडौं उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यकाभित्रका २२ वटा आङ्गिक...
प्रतिकृया लेख्नुहोस्: