काठमाडौं । बजारमा आँप आउन थालेको छ। बिगत १५ दिनदेखि बजारमा आँप आउन थालेको हो ।
हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून रहेको छ । करिब १५ दिनदेखि बजारमा आँप आउन थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बाँनियाले जानकारी दिए । उनले भने ‘१५ दिन भयो आँप आउन थालेको, तर खासै उपभोग छैन ।’
उनका अनुसार आँप खाने ग्राहक अहिले एकदमै कम भएकाले व्यवसायीले आँप बेचेर नाफा पाउन सकेका छैनन् । अहिले बजारमा आँप प्रतिथोक मूल्य तीन सयदेखि तीन सय ५० रूपैयाँ किलो छ। बजारमा खुद्रा उपभोक्ता मूल्य भने पाँच सय रूपैयाँसम्म तोकिएको छ।
जेठ १५ देखि भने स्वदेशी आँप आउन सुरू हुनेछ। त्यसपछि मूल्य पनि विस्तारै घट्दै जानेछ । व्यवसायीहरूका अनुसार स्वदेशी आँपको मुख्य सिजन जेठ १५ देखि साउन १५ सम्म हो। त्यसपछि फेरि भारतीय आँप आउन थाल्नेछ।
प्रतिकृया लेख्नुहोस्: