Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

अनेकोटः जहाँ मुक्तिका लागि क्रान्तिको बेदीमा सातजना सांस्कृतिक योद्धाले आत्माहुति चढाए

खबरडबली संवाददाता

अनेकोट यस्तो महान् भूमि हो जहाँ सातजना सांस्कृतिक योद्धाले मुक्तिका लागि क्रान्तिको बेदीमा आत्माहुति चढाएका थिए । २०५५ सालको चैत ५ गतेको दिन तत्कालीन बर्बर र अमानवीय तानाशाहीसत्ताले काभ्रेको अनेकोटमा सशस्त्र घेरा हाली कुची, कलम र मादलका माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिवद्ध भएका कारण निःशस्त्र जनकलाकारहरूलाई ज्यूँदै आगो लगाएर मारेको थियो । 

उक्त स्थानमा ७ जना संस्कृतिकर्मीहरूले सहादत प्राप्त गरेका थिए । अछामको डुङ्गालामा नौजनाको सहादत भएको थियो भने रोल्पाको भवाङ्गमा ११ जना जनकलाकारहरू तथा डोटीको मुडभरा, अछामकै विनायकमा पनि जनकलाकारको सामूहिक सहादत भएको थियो ।
प्रतिरोध दिवस औपचारिकतामा मात्र होइन, निरन्तर सङ्घर्षको सन्देश पनि हो । सहिदको स्मृति भनेको तिनको त्याग, निष्ठा र समर्पणको निरन्तर आत्मसातीकरणको प्रक्रिया पनि हो । तिनका सपना पूरा गर्ने वाचा र प्रतिबद्धता हो । सहिदका रगतले लेखेको इतिहास कसैले मेट्न नदिने जुझारु सङ्घर्ष जारी राख्नु पनि हो । वर्गमुक्तिको यात्रामा वर्गचेतना, वर्गप्रेम र वर्गघृणालाई साम्यवादको युगसम्म जीवित राख्ने र वर्ग सङ्घर्षलाई लगातार अघि बढाउँदै सर्वहारावर्गलाई अन्तिम विजय नुहुँदासम्म निरन्तर सङ्घर्ष गर्ने सन्दर्भ पनि हो । त्यसकारण वर्गविद्रोहका संवाहकहरूका सामू ठूला चुनौती र महान् सम्भावनाहरू ठडिएका छन् ।
सहिदको सपना क्रान्ति थियो, वर्गीय मुक्ति थियो । त्यो आज के भो ? सहिदलाई सम्झनु चानचुने कुरा होइन । आमूल परिवर्तन संसदीय बाटोबाट होइन, आन्दोलन या संघर्षको बाटोबाट मात्र सम्भव छ । त्यो बाटो जनयुद्ध हो । प्वाँखभन्दा हलुका मृत्यु रोजेका नवसंशोधनवादीहरूको औचित्य सकिएको छ । 

जनताको गीत गाउँदै हिँड्नेक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित ७ जना कलाकारहरूलाई २०५५ साल चैत ५ गते तत्कालीन राज्यपक्षले नियन्त्रणमा लिएर हत्या गरेको दिन रोल्पाको भावाङलगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूका सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा यो दिवस मनाइँदै आइएको छ  ।

स्मरण रहोस्, नेकपा एमालेको सुराकीमा प्रहरीको एक जत्थाले जनताका कलाकारहरू कमरेड च्याङ्बा लामा, कमरेड निर्मला देवकोटा, कमरेड गुम्बासिं तामाङ, कमरेड मञ्जु कुँवर, कमरेड डम्बर श्रेष्ठ, कमरेड सुभद्रा देवकोटा र कमरेड चिनीमाया लामालाई २०५५ साल चैत ५ गते जिउँदै जलाएर हत्या गरेको थियो ।

अग्रगामी परिवर्तन र मानवमुक्ति यात्राकै एउटा हिस्साका रूपमा नेपालमा जनयुद्धको थालनी भएको थियो । यो दासता र पराधीनतालाई अस्वीकार गरेको महान् युद्ध घोषणा थियो । यो युद्धमा हजारौँ जनता र योद्धाहरूले बलिदान गरे । नेपालको इतिहासमा बलिदानको यो गाथा अद्वितीय छ ।

जनयुद्धको यही त्याग र समर्पणको जगमा विकास भएको आन्दोलनको लपेटाले सामन्ती राजतन्त्रको गजुरलाई धुलोमा सुताइदियो र कथित लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो तर सामन्तवाद भने यथावत् छ । अग्रगामी परिवर्तनका ढोका फेरि पनि अवरुद्ध भएका छन् । राज्यसत्तामा प्रतिगामी चिन्तन हावी भएकोले दुःखद् शृङ्खलाको पुनरावृत्ति भएको छ । यो शृङ्खलाको अन्त्यका लागि जनताको महान् सङ्घर्षको आवश्यकता छ र समयले पनि यही कासन गरिरहेछ । यसको नायकत्व एकीकृत जनक्रान्तिले गरिरहेको छ ।

सहिद कुनै एक्लो व्यक्ति होइन, त्यो मुक्ति, क्रान्ति, प्रगति, न्याय, समानता, र अग्रगामी परिवर्तनको समष्टि हो । साथै, त्यो हरेक गद्दारी, आत्मसमर्पण, बेइमानी र विसर्जन विरुद्धको खबरदारी पनि हो । त्यो त्याग, बलिदान, समर्पण, उदात्तता, मानिसको सुन्दर भविष्य र जनकल्याणको प्रतिबिम्बन हो ।

त्यो मुक्ति र स्वतन्त्रताको कहिल्यै ननिभ्ने ज्योतिपुञ्ज हो । त्यसैले सहिदसँग जीवनको स्पन्दन छ, सुन्दरता छ, गन्तव्य छ अनि परिवर्तनको अविरल धारा छ । मानवमुक्ति, उन्नति र प्रगतिका मूल्य, विचार र आदर्शहरूमा सहिद बाँचेको हुन्छ । सहिदको आदर्श ओझेलमा पार्नु भनेको अधोगति हुनु हो । ऐतिहासिक क्रममा सहिदका उद्देश्य र आदर्शहरू प्रगतिशील भए पनि सर्वकालिक रूपमा ती समान हुन्छन् । इतिहासको यही कडीमै जनयुद्धका सहिदहरूसँग विगतका सहिदहरू जोडिएका छन् ।

यतिखेर नेपाल वर्गयुद्धको तुफानी शृङ्खलाको अर्को मोडमा उभिएको छ । नेपाली जनता १० वर्षको वर्गयुद्धले ल्याएको उथलपुथललाई संस्थागत गर्ने प्रक्रियामा अघि बढेका छन् । असजिलो परिस्थितिका बीचमा पनि नेपालमा नयाँ जनवादी क्रान्ति अगाडि बढाउनुको कुनै विकल्प छैन ।  नयाँ जनवादी गणतन्त्र स्थापनाको सहिदका सपना अझै पूरा भइसकेको छैन । त्यसको नेतृत्व गर्ने दायित्व क्रान्तिकारीहरूकै काँधमा आएको छ । हामीले मनाउँदै आएको प्रतिरोध दिवसको सन्दर्भ र औचित्य पनि यसैमा सङ्केन्द्रित छ ।

हाम्रा अगाडि महान् सहिदहरूका रगतले लेखेको इतिहास, उनको जीवन उत्सर्ग, आस्था, उनका बलिदानको सपना र विचारको निष्ठाले औँला ठड्याएर आज पनि सचेतना दिइरहेको छ– नयाँ नेपाल निर्माणको सपना नभुल्नू, सर्वहारावर्गको राज्यव्यवस्था स्थापनाको सङ्कल्प नछोड्नू, सामनता, न्याय र स्वतन्त्रताको समाज स्थापना गर्ने दृढ अठोट नबिर्सनू, सामन्ती र साम्राज्यवादी उत्पीडन, दमन र शोषणका विरुद्ध सधैँ जागिरहने निष्ठा र समर्मणलाई नछोड्नू । तिनले हामीलाई प्रतिरोध संस्कृति, त्याग, बलिदानको संस्कृति र वर्गसङ्घर्षको संस्कृतिलाई निरन्तर अगाडि बढाउन सन्देश दिइरहेका छन् ।

नेपालमा शौर्य, साहस र वीरताको १० बर्से जनयुद्ध वर्गसंस्कृतिको स्मरण  भइरहने  छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

आवश्यक सतर्कता अपनाउन आग्रह

थमन विक हत्या प्रकरण : एमालेका पूर्वसांसद लक्ष्मी महतो पक्राउ

महोत्तरी । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भएका नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जोखिम !

सेवा छाडेका कर्मचारीका ४ हजारभन्दा बढी प्रवेश पास अझै सक्रिय

८८१ थान भेप इलेक्ट्रोनिक चुरोट र नगदसहित पाँच जनालाई पक्राउ

काठमाडाैं ।  नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मन...

राष्ट्रिय सेवा दलसम्बन्धी नयाँ विधेयक संसद्मा

विशेष परिस्थितिमा नागरिकलाई सैन्य तालिम दिने सरकारकाे तयारी

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । रसुवागढी नाकास्थित मितेरी पुलबाट आजदेखि पुनः सवारीसाधन सञ्चालनमा आएका छन्। बेलीब्रिजको प्राविधिक परीक्षण सम्पन्न भएपछि चार दिनपछि केरुङतर्फ सव...

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

काठमाडौँ । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेकी छन्। बर्दियाको बढैयाता...

बुटवल–३ का वडाध्यक्षलाई पदमुक्त गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...

सरकारका १०० दिन : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन, अनुसन्धान र स्टार्टअप प्रवर्द्धनमा नयाँ अभ्यास

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...

आज प्रतिनिधि सभा बैठक बस्दै, सार्वजनिक खरिददेखि सम्पत्ति शुद्धीकरण विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending