सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा मेलमिलापकर्ताहरुको लागि आधारभुत तालिम सुरु भएको छ । विवादको साटो, मेलमिलापको बाटो भन्ने मुख्य नारा सहित वडास्तरका मेलमिलापकर्ताहरुका लागि मेलमिलाप सम्बन्धी आधारभुत तालिम विहिबारदेखि सुरु भएको हो ।
तालिम उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले न्यायीक समितिले प्रभावकारी न्याय सम्पादनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै अन्तरविरोध तथा अन्तरकलहमा एक पक्षको जीत र हार नभएर दुवै पक्षको जीत हुनेगरी वडास्तरमा नै मेलमिलाप गराउनमा मेलमिलापकर्ताहरुले महत्वर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
यस्तै गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक बुद्ध कुमारी खत्रीले मेलमिलापकर्तामा विवादको गाँठो फुकाउन सक्ने क्षमता दिलाउन यो तालिमले टेवा पुर्याउने विश्वास व्यक्त गर्दै समाजमा एकआपसमा हुने विवादलाई जटिल अवस्थामा पुग्न नदिनका लागि मेलमिलापकर्ताले भुमिका निर्वाह गर्नुपर्ने बताइन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले मेलमिलापकर्ताहरुले पक्ष विपक्षको गोपनीयता राख्नु पर्ने, आफूलाई आर्थिक लाभबाट प्रभावित गर्नु नहुने, एकको कुरा अर्कालाई सुनाउनु नहुने जस्ता आचरण पालना गर्नुपर्नेमा जोड दिए ।
छत्रेश्वरी गाउँपालिकाको आर्थिक सहयोगमा संवाद सहजिकरण तथा मेलमिलापका लागि शेयर सेन्टर, सुर्खेतले आजदेखि सुरु गरेको तालिम वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । सातवटै वडाहरुबाट छनौट भएका तीन तीन जना मेलमिलापकर्ताहरु सहित न्यायीक समितिका सदस्यहरु, न्यायीक शाखाका कर्मचारी लगाएत तालिममा सहभागि छन् ।
तालिमका प्रशिक्षकहरुमा अर्जुन प्रसाद घिमिरे र सन्तोष प्रसाद खनाल रहेका छन् । तालिम उद्घाटन कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष छविलाल खत्री, वडा नं ५ का कार्यवाहक वडा अध्यक्ष टंक बहादुर वली, वडा नं ६ का कार्यवाहक वडा अध्यक्ष सागर नेपाली, मेलमिलापका लागि शेयर सेन्टर, सुर्खेतका कार्यकारी निर्देशक गोपालसिंह बुढाथोकी लगाएतको सहभागिता रहेको थियो ।
कानुनले स्थानीय तहका न्यायिक समितिहलाई मेलमिलापको जिम्मेवारी दिइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (२) ले समितिलाई केही मुद्दाको विवाद निरुपण मेलमिलापबाट गराउने अधिकार दिएको छ । सरकारी, सार्वजनिक वा सामुदायिकबाहेक हकका जग्गा अर्कोले च्यापेर, मिचेर वा घुसाएर खाएकोमा, आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएकोमा, पति पत्नीवीचको सम्बन्धि विच्छेद, अंगभंग बाहेकको बढीमा एक बर्षसम्म कैद हुन सक्ने कुटपिटका उजुरी, गाली बेइज्जती र लुटपिटका समस्या मेलमिलापबाट समाधान गर्न सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: