Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

सिरिया मिसनबाट फर्किएका सैनिकमाथि जंगीअड्डाको छानबिन

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनाका लागि सिरियामा खटिएको टोलीका कम्तिमा ३० सैनिक अधिकारी नेपाली सेनाको छानबिनमा परेका छन् ।

सिरियामा जारी तनावकाबीच स्थानीय समूहले हतियार खोसेका कारण टोली फर्किएलगत्तै नेपाली सेनाको जंगीअड्डाले छानबिन थालेको हो । 

सैनिक प्रवक्ता गौरवकुमार केसीको भनाइमा हतियार त्यसबेलै फिर्ता भइसके पनि जंगीअड्डाले मिसनमा खटिएको टोलीबाट कुनै कमजोरी वा त्रुटी भएको हो या होइन भन्ने हिसाबले छानबिन गरेको हो ।  ‘हालसम्म आन्तरिक छानबिन मात्र भइरहेको विषय हो, झण्डै ३० जनामाथि सोधपुछ र बयान लिने काम भएको छ’, उनले भने, ‘उनीहरूलाई साधपुछ गर्दै छाडिएको छ ।’

तर, जंगीअड्डा स्रोतका अनुसार, मिसन कमाण्डर प्रमुख सेनानी दिनेशकुमार खड्कासहित कम्तिमा ४ अधिकारी अझै जंगीअड्डाको सैनिक प्रहरी गणको नियन्त्रणमा छन् ।

सैनिक प्रहरी गण सैनिक अधिकारीहरूले गरेको अपराधको अनुसन्धान गर्ने निकाय हो । गणको नियन्त्रणमा राखेर अहिले सेनाले ‘कोर्ट अफ इक्वायरी’ गठन गरेर उनीहरूमाथि छानबिन गरिरहेको छ ।

‘मुख्य अधिकृतहरू अझै नियन्त्रणमा छन्, अरुलाई छाडिएको छ’, एक सैनिक अधिकृतले भने, ‘छानबिनका क्रममा कैफियत देखिए कोर्ट मार्सल हुन्छ, नभए थप कारबाही अघि बढ्दैन ।’ खड्का नेतृत्वमा रहेको १९७ शान्ति सैनिकको टोली दुई साताअघि स्वदेश फर्किएको थियो ।

सिरियामा जारी तनावका बीच उनीहरूले समय सकिएपछि समेत झण्डै ६ महिना काम गर्न पाएका थिए । खड्का नेतृत्वको टोली फर्किएलगत्तै प्रमुख सेनानी रविजंग खड्का नेतृत्वमा २०२ जनाको टोली सोही दिन मिसन इलाकातर्फ गइसकेको छ ।

हाल सिरियाको मिसनमा सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुबाट गरेर जम्मा ४४८ सैनिक खटिएका छन् ।

के हो घटना  ?

संयुक्त राष्ट्रसंघ अन्तर्गत ‘युनाइटेड नेसन्स डिस्इंगेजमेन्ट अब्जर्भर फोर्स’ मिसनमा खटिएको नेपाली टोलीमाथि २२ मंसिर २०८१ मा हतियारधारी समूहले आक्रमण गरेको थियो ।

त्यसबेला मिसनमा खटिएको शान्ति सैनिक टोलीले उनीहरूलाई चेतावनी दिएको थियो, यद्यपि जबरजस्ती प्रवेश गरेर केही अत्याधुनिक हतियार र गोली लुटपाट गरेका थिए । यो मामलामा संयुक्त राष्ट्रसंघले समेत छानबिन गरेको थियो ।

नेपाली सेनाका उपरथी निर्मलकुमार थापा स्वयं यो मिसनका फोर्स कमाण्डर थिए । अधिकृतहरूका अनुसार, सिरिया र इजरायलको विवादित क्षेत्र गोलान हाइटमा खटिएको टोलीलाई ‘इन्गेजमेन्ट’ (प्रतिकारबाही) का लागि कुनै निर्देशन थिएन । त्यही कारणले हतियार खोस्दा प्रतिकार गर्न नसकिएको बयान दिनेहरुको दाबी छ ।

तर, हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी समूह नै प्रवेश गरेर हतियार लुट्दा त्यसलाई रोक्न नसक्नु कमजोरी भएको जंगीअड्डाका अधिकृतहरू बताउँछन् ।

‘यूएनबाट छानबिन भएर हतियार र गोली समेत फिर्ता आइसकेको छ’, एक अधिकृत भन्छन्, ‘तर, भविष्यमा समेत यस्तो घटना नदोहोरियोस् भन्ने हिसाबले कमजोरीबारे समेत जाँच्नु आवश्यक भएकाले छानबिन भइरहेको हो ।’

नेपाल १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेयता शान्ति मिसनमा नेपाली फौज पनि खटिंदै आएको छ । पछिल्लो समय नेपाली सेना विश्वमै सबैभन्दा बढी शान्ति सैनिक पठाउने संगठनमा पर्छ । हाल नेपाली सेनाका ५ हजार ९१८ सैनिक विश्वका ११ विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending