सुर्खेत । दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटबाट २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको मृत्यु भएको एक वर्षपछि अदालतले क्षतिपूर्तिको फैसला सुनाएको छ ।
२०८० चैतमा पेट दुखेर निजी अस्पताल हुँदै प्रदेश अस्पताल पुगेकी उनलाई प्रसूतिको क्रममा पाठेघरमा सालनाल बाँकी रहेको भन्दै डाक्टरहरूले पाठेघर सफा गर्नुपर्ने बताएका थिए । अपरेसनको तयारी गर्दागर्दै उनलाई मृत घोषणा गरियो ।
०८१ वैशाख १७ गते जेठाजु धनबहादुर मगरले अधिवक्ता शेरबहादुर खत्रीको साथमा अस्पतालका तत्कालीन निर्देशक डम्बर खड्का र अपरेसनमा संलग्न डा। ललितजङ्ग शाहीविरुद्ध मुद्दा हाले । डाक्टरहरूको लापरबाही, त्रुटिपूर्ण अपरेसन र हेलचेक्र्याइँका कारण भीमाको ज्यान गएको जिकिरसहित उनीहरूले क्षतिपूर्तिको माग गरे । र, ठिक एक वर्षपछि ०८१ साल चैत २९ गते, सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले फैसला सुनाए– भीमाका पति र छोरीलाई प्रतिवादीहरूबाट १५ लाख रूपैयाँ क्षतिपूर्ति भराउनू ।
भीमा फर्किँदिनन्, तर कम्तीमा न्यायको अनुभूति भएको उनका जेठाजु धनबहादुरले बताए । त्यतिबेलाको घटना सम्झिँदै धनबहादुर भन्छन्, ‘हामी बाहिर पर्खिरहेका थियौं । एक्कासि रगत चाहियो भनेर मागे । केही समयमै शव बुझ्न भनियो ।’ उनी भन्छन्, हिँडेरै आएकी मान्छे कसरी बितिन् ? पत्याउन सक्ने अवस्था थिएन ।’
अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलका अनुसार प्रतिवादीहरूबाट क्षतिपूर्ति भराइने ठहरसँगै कर्णाली प्रदेश अस्पतालमा देखिएको गैरजिम्मेवारीपनमाथि पनि प्रश्न उठेको छ ।
भीमाको मृत्यु डाक्टरको लापरवाहीले भएको भन्दै आफन्तले अस्पतालमा आन्दोलन गरेका थिए । एक महिनापछि उनीहरूले शव बुझेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: