Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

जनमत र नाउपाबिच अर्को साता एकता- अध्यक्ष सिके राउत, संरक्षक रेशम चौधरी

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी र चार सिट रहेको नागरिक उन्मुक्ति पार्टीबिच आगामी साता नै टुंग्याउने गरी एकता प्रक्रिया अगाडि बढेको छ । गत निर्वाचनबाट मधेश र थरुहटमा उदाएका जनमत र नागरिक उन्मुक्तिले आगामी निर्वाचनमा तराई–मधेशमा निर्णायक शक्ति बन्ने लक्ष्यसहित एकता प्रक्रिया अघि बढाएका हुन् । 

एकता गर्न जनमतले आधिकारिक निर्णय गरिसकेको छ भने उन्मुक्तिले निर्णयका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ । एकतापछि पार्टीको नाम जनमत र चुनाव चिह्न ढकिया राख्ने तयारी छ । एकतापछि रेशम चौधरी संरक्षक, सिके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष हुने मोटामोटी सहमति बनेको एक नेताले बताए । 

तर, जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पार्टी एकता कार्यदल संयोजक अब्दुल खानले पदीय जिम्मेवारी टुंगिनसकेको बताए । ‘एउटा पार्टीको नाम र अर्को पार्टीको चुनाव चिह्न हुने गरी एकताको समझदारी बनेको छ । पद बाँडफाँटको विषय भने टुंगिन बाँकी छ,’ खानले नयाँ पत्रिकासँग भने, ‘एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नागरिक उन्मुक्तिको निर्णयपछि आगामी सातासम्म दुई दलबिच पार्टी एकता हुन्छ ।’ पहिचानसहितको अग्रगामी परिवर्तनको एजेन्डा अगाडि बढाउन परिवर्तनकारी शक्ति एक भएपछि सहज हुने उनले बताए । 

जनमतले पार्टी एकताका लागि खानको संयोजकत्वमा डा. शरदसिंह यादव र बालगोविन्द चौधरी रहेको कार्यदल गठन गरेको छ । उन्मुक्तिले एकताको आधिकारिक निर्णयसँगै कार्यदल बनाउने तयारी गरेको छ । उन्मुक्तिका संरक्षक रेशम चौधरीले जनमतसँग निरन्तर छलफल गरिरहेका छन् । उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि गत ३ चैतमा जनमतका अध्यक्ष डा. राउतसँग छलफल गरेकी थिइन् । अनौपचारिक संवादकै आधारमा एकतासम्बन्धी दस्ताबेज मस्यौदाको तयारी भइरहेको छ । कार्यकर्ता व्यवस्थापनको विषयमा पनि विभिन्न चरणमा छलफल भएको छ ।

एकता सम्बन्धमा छलफल गर्न उन्मुक्तिले ८ र ९ चैतमा केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकले एकता सम्बन्धमा निर्णय गर्ने सांसद गंगाराम चौधरीले बताए । ‘जनमतले निर्णय गरेर कार्यदलसमेत गठन गरिसकेको छ । केन्द्रीय समिति बैठकले एकताको निर्णय गरी कार्यदल बनाएपछि एकता प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

एनका अनुसार एकताका लागि जनमतसहित अन्य पार्टीले पनि प्रस्ताव गरेको सांसद चौधरीले बताए । जनमत र उन्मुक्तिको एकतापछि मधेश र थरुहट क्षेत्रमा बलियो शक्ति बन्ने दाबी संरक्षक चौधरीको छ । संरक्षक चौधरी पहिचानको मुद्दा मिल्ने भन्दै जनमतसँग एकता गरेर जानुपर्नेमा छन् । अध्यक्ष श्रेष्ठ केन्द्रीय समिति बैठकको निर्णयअनुसार अगाडि बढ्ने पक्षमा छिन् । रेशम चौधरी र रञ्जिता श्रेष्ठ पतिपत्नी हुन् ।

प्रदेशतर्फ जनमतका मधेशमा १३ र लुम्बिनीमा तीन सांसद छन् भने नागरिक उन्मुक्तिका सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेशमा एक सांसद छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending