काठमाडौं । प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी र चार सिट रहेको नागरिक उन्मुक्ति पार्टीबिच आगामी साता नै टुंग्याउने गरी एकता प्रक्रिया अगाडि बढेको छ । गत निर्वाचनबाट मधेश र थरुहटमा उदाएका जनमत र नागरिक उन्मुक्तिले आगामी निर्वाचनमा तराई–मधेशमा निर्णायक शक्ति बन्ने लक्ष्यसहित एकता प्रक्रिया अघि बढाएका हुन् ।
एकता गर्न जनमतले आधिकारिक निर्णय गरिसकेको छ भने उन्मुक्तिले निर्णयका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ । एकतापछि पार्टीको नाम जनमत र चुनाव चिह्न ढकिया राख्ने तयारी छ । एकतापछि रेशम चौधरी संरक्षक, सिके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष हुने मोटामोटी सहमति बनेको एक नेताले बताए ।
तर, जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पार्टी एकता कार्यदल संयोजक अब्दुल खानले पदीय जिम्मेवारी टुंगिनसकेको बताए । ‘एउटा पार्टीको नाम र अर्को पार्टीको चुनाव चिह्न हुने गरी एकताको समझदारी बनेको छ । पद बाँडफाँटको विषय भने टुंगिन बाँकी छ,’ खानले नयाँ पत्रिकासँग भने, ‘एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नागरिक उन्मुक्तिको निर्णयपछि आगामी सातासम्म दुई दलबिच पार्टी एकता हुन्छ ।’ पहिचानसहितको अग्रगामी परिवर्तनको एजेन्डा अगाडि बढाउन परिवर्तनकारी शक्ति एक भएपछि सहज हुने उनले बताए ।
जनमतले पार्टी एकताका लागि खानको संयोजकत्वमा डा. शरदसिंह यादव र बालगोविन्द चौधरी रहेको कार्यदल गठन गरेको छ । उन्मुक्तिले एकताको आधिकारिक निर्णयसँगै कार्यदल बनाउने तयारी गरेको छ । उन्मुक्तिका संरक्षक रेशम चौधरीले जनमतसँग निरन्तर छलफल गरिरहेका छन् । उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि गत ३ चैतमा जनमतका अध्यक्ष डा. राउतसँग छलफल गरेकी थिइन् । अनौपचारिक संवादकै आधारमा एकतासम्बन्धी दस्ताबेज मस्यौदाको तयारी भइरहेको छ । कार्यकर्ता व्यवस्थापनको विषयमा पनि विभिन्न चरणमा छलफल भएको छ ।
एकता सम्बन्धमा छलफल गर्न उन्मुक्तिले ८ र ९ चैतमा केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकले एकता सम्बन्धमा निर्णय गर्ने सांसद गंगाराम चौधरीले बताए । ‘जनमतले निर्णय गरेर कार्यदलसमेत गठन गरिसकेको छ । केन्द्रीय समिति बैठकले एकताको निर्णय गरी कार्यदल बनाएपछि एकता प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।
एनका अनुसार एकताका लागि जनमतसहित अन्य पार्टीले पनि प्रस्ताव गरेको सांसद चौधरीले बताए । जनमत र उन्मुक्तिको एकतापछि मधेश र थरुहट क्षेत्रमा बलियो शक्ति बन्ने दाबी संरक्षक चौधरीको छ । संरक्षक चौधरी पहिचानको मुद्दा मिल्ने भन्दै जनमतसँग एकता गरेर जानुपर्नेमा छन् । अध्यक्ष श्रेष्ठ केन्द्रीय समिति बैठकको निर्णयअनुसार अगाडि बढ्ने पक्षमा छिन् । रेशम चौधरी र रञ्जिता श्रेष्ठ पतिपत्नी हुन् ।
प्रदेशतर्फ जनमतका मधेशमा १३ र लुम्बिनीमा तीन सांसद छन् भने नागरिक उन्मुक्तिका सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेशमा एक सांसद छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: