काबुल। अफगानिस्तानमा तालिबानले कब्जा गरेदेखि नै महिला अधिकारका बारेमा विश्वभर चिन्ता व्यक्त भइरहेको छ ।
पश्चिमी देशहरूको सबै आलोचनाको बाबजुद तालिबान सरकारले एकपछि अर्को आदेश जारी गरिरहेको छ। यसअघि महिलालाई समाचार एङ्करिङ र रिपोर्टिङबाट हटाइएको थियो भने अब नयाँ आदेशमा रेडियोबाट पनि महिलालाई हटाइएको छ । अब अफगानिस्तानको रेडियोमा महिलाको आवाज सुनिने छैन ।
अफगानिस्तान पत्रकार केन्द्रका अनुसार तालिबानले कान्दाहारमा नयाँ मिडिया प्रतिबन्ध लगाएको हो। तालिवानको सूचना तथा संस्कृति निर्देशनालयले जारी गरेको निर्देशन अनुसार रेडियोमा महिलाको आवाज प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ । यस बाहेक तालिबानले धेरै निर्देशन दिएको छ, जसलाई रेडियो स्टेशनहरूले पालना गर्नुपर्नेछ।
निर्देशनले सबै रेडियो स्टेशनहरूलाई तालिबान नेता हिबतुल्लाह अखुन्दजादालाई ‘सम्मानित अमीर अल–मुमिनिन, अल्लाहले रक्षा गरून्’ भनेर उल्लेख गर्न पनि आदेश दिएको छ। यसबाहेक, सञ्चारमाध्यमहरूले तालिबान सरकारलाई ‘इस्लामिक इमिरेट्स’ भनेर सम्बोधन गर्नुपर्नेछ।
यसबाहेक नयाँ अध्यादेशमा धेरै प्रकारका विज्ञापनमा प्रतिबन्ध लगाइएको छ । औषधि, कस्मेटिक उत्पादन र स्वास्थ्य सेवाहरूको विज्ञापन सार्वजनिक स्वास्थ्य निर्देशनालयले आधिकारिक रूपमा अनुमोदन नगरेसम्म प्रतिबन्ध लगाइएको छ। यसबाहेक रिपोर्टिङ वा कार्यक्रमका लागि कान्दाहार जाने रेडियोका कर्मचारीले पनि सूचना तथा संस्कृति निर्देशनालयबाट अनुमति लिनुपर्नेछ ।
अफगानिस्तान पत्रकार केन्द्रले यसकाे बिराेध गरेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...


प्रतिकृया लेख्नुहोस्: