काठमाडौं । संघीय सरकारको संरचना हल्लाउने गरी मन्त्रालय मर्ज र खारेजको ठूलाे खाका आज मन्त्रिपरिषद् बैठकमा पेस हुने तयारी भएको छ। बिहान साढे १० बजे बस्ने बैठकले मन्त्रालयको संख्या घटाउँदै नयाँ संरचना बनाउने प्रस्तावमाथि छलफल गर्नेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतका अनुसार सरकार चार मन्त्रालय खारेज गर्ने र कम्तीमा ६ मन्त्रालयको नाम तथा संरचना परिवर्तन गर्ने अन्तिम तयारीमा पुगेको छ। प्रस्तावअनुसार केही महत्वपूर्ण विभाग र जिम्मेवारीहरू प्रधानमन्त्री कार्यालयमै तान्ने योजना पनि समेटिएको छ।
सरकारले तयार पारेको खाकाअनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने तयारी छ। खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ बनाइनेछ भने युवासम्बन्धी विषयलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षासँग समेटेर ‘लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय’ बनाउने योजना छ।
खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधारसँग गाभेर ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ बनाइनेछ। सरसफाइलाई स्वास्थ्य क्षेत्रमा समेट्ने तयारी छ भने यातायात क्षेत्रलाई श्रमसँग जोड्ने आन्तरिक छलफल चलिरहेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भने प्रधानमन्त्री कार्यालय मातहत ल्याउने प्रस्ताव छ। त्यस्तै भूमि व्यवस्थाबाट गरिबी निवारण, सञ्चार मन्त्रालयबाट सूचना–प्रविधि र शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधि छुट्याएर ती क्षेत्रलाई पनि प्रधानमन्त्री कार्यालयमै केन्द्रित गर्ने तयारी गरिएको छ।
यसअघि सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा बनेको कार्यदलले संघमा १७ मन्त्रालय कायम गर्ने सिफारिस गरेको थियो। सरकार सोही प्रस्तावलाई आधार मानेर अघि बढिरहेको बताइएको छ।
सरकारको सय दिने प्रतिबद्धताअनुसार प्रशासनिक संरचना सानो र प्रभावकारी बनाउने लक्ष्यसहित मन्त्रालय संख्या घटाउने योजना अघि सारिएको हो। आजको बैठकपछि यो प्रस्तावले अन्तिम रूप लिने सम्भावना छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८३ - ०९:१८
काठमाडौं । तापक्रम बढ्दै जाँदा धेरैले “धेरै पानी पिए पुग्छ” भन्ने सोच्छन्। तर स्वास्थ्य विशेषज्ञहरू भन्छन्—गर्मीमा पानी मात्रै पर्याप्त हुँदैन, शरीरला...
बैशाख २१ गते, २०८३ - ०९:१३
काठमाडौं । संघीय सरकारको संरचना हल्लाउने गरी मन्त्रालय मर्ज र खारेजको ठूलाे खाका आज मन्त्रिपरिषद् बैठकमा पेस हुने तयारी भएको छ। बिहान साढे १० बजे बस्न...
बैशाख २१ गते, २०८३ - ०९:१२
बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र फेरि विस्फोटक मोडमा पुगेको छ । केन्द्र सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बस्ती तत्का...
बैशाख २१ गते, २०८३ - ०९:०५
मुस्ताङ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखा...
बैशाख २१ गते, २०८३ - ०९:००
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक साेमबार बस्ने भएकाे छ। कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार दिउ...
बैशाख २० गते, २०८३ - २१:५८
काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...
बैशाख २० गते, २०८३ - २१:३३
दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...
बैशाख २० गते, २०८३ - २१:३१
पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...
बैशाख २० गते, २०८३ - २०:२९
काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...
बैशाख २० गते, २०८३ - २०:२८
काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...


प्रतिकृया लेख्नुहोस्: