ताप्लेजुङ । ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार समूहका अठार जना धरौटीमा रिहा भएका छन् । केबलकारविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई जिल्ला अदालत ताप्लेजुङको आदेशअनुसार उनीहरु धरौटीमा रिहाई भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ परेका १८ जना सबैलले जनही २० हजार रपियाँका दरले घरौटी रकम बुझाएर रिहा भएका हुन् । बिहीबार रिहा हुनेहरु पाथीभरा केबलकार विरोधका क्रममा गत फागुन ८ गते पाथीभरा क्षेत्रको काफ्लेपाटी र १० गते सदरमुकाम फुङ्लिङमा गरिएको प्रदर्शनमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको आरोपमा पक्राउ परेका थिए ।
गत फागुन १० र १२ गते पक्राउ परेकाहरुलाई जिल्ला अदालतको थुनछेक बहसपछि भएको आदेशअनुसार धरौटीमा रिहा गरिएको प्ररही निरीक्षक बस्नेतले जानकारी दिए । रिहाइ हुनेमा पाँचजना महिला र अन्य पुरुष रहेका छन् । यस्तै पक्राउ पर्नेहरु केही ताप्लेजुङका र अधिकांस सुनसरी, झापा, पाँचथर र मोरङका रहेका थिए ।
यता नो केबलकार पक्षअन्तर्गत मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले केबलकारविरुद्ध आन्दोलनलाई निरन्तरता दिँदै वार्तामार्फत समाधान खोज्न वार्तामा पनि बस्दै आएका छन् । सरकारी वार्ता टोली र नो केबलकार पक्षको वार्ता सहजीकरण समितिबिच पटक पटक वार्ता भइसकेको छ भने बिहीबार मात्र नो केबलकार पक्षले खगेन्द्र फेम्बो संयोजक रहेको उच्चस्तरीय वार्ता समिति गठन गरेको छ ।
प्रतिकृया लेख्नुहोस्: