चन्द्रपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बन्द गराइएका रौतहटका करिब २० वटा निजी अस्पताल खुलेआम सञ्चालन भइरहेको पाइएको छ ।
मधेश सरकाको स्पष्ट निर्देशन हुँदाहुँदै पनि गैरकानुनी रूपमा यी अस्पतालहरू सञ्चालनमा रहेको गुनासो बढ्दै गएको हो ।
चन्द्रपुर नगरपालिकाले निजी अस्पताललाई दिएको अस्थायी अनुमति पत्र खारेज गरिसकेको छ । दर्ता बेगरै सञ्चालन भइरहेका चन्द्रपुरका १० वटा निजी अस्पतालहरूलाई गत फागुन १७ गते मुख्यमन्त्री सिंहको निर्देशनमा बन्द गर्न आदेश दिएका थिए ।
तर, अस्पताल सञ्चालकहरूले नगरपालिकाबाट १५ सैयाको अस्पताल सञ्चालन गर्नका लागि ३५ दिनका अस्थायी अनुमतिपत्र लिएका थिए ।
यसैबीच, चन्द्रपुरस्थित हाइवेटरामा सेन्टर एण्ड रिसर्च सेन्टरमा गत आइतबार उपचाररत बिरामी ब्रजकिशोर साहको मृत्यु भएपछि यो विषयले नयाँ मोड लिएको छ ।
मुख्यमन्त्री सिंहले कुनै पनि तहबाट अस्थायी अनुमतिपत्र दिने कानुनी प्रावधान नरहेको बताउँदै विज्ञप्ति जारी गरेका थिए । त्यसपछि चन्द्रपुर नगरपालिकाले ती अनुमतिपत्र बदर गरेको थियो ।
तर, नगरपालिकाले अनुमति खारेज गरे पनि अहिले पनि ती अस्पतालहरू निर्बाध रूपमा सञ्चालन भइरहेको देखिएको छ । यस्तै, गरुडा नगरपालिकाका करिब १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिइएको भए पनि ती अस्पतालहरू मुख्यमन्त्रीको आदेश अवज्ञा गर्दै सञ्चालन भइरहेका छन् । यस घटनाले प्रदेश सरकारको निर्देशन कार्यान्वयनमा कमजोरी देखिएको स्पष्ट भएको छ ।
अब प्रशासनले कस्तो कदम चाल्छ भन्ने विषयमा स्थानीय बासिन्दाहरू चासोका साथ हेरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८१ - १६:५७
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता ९एआई०र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार क...
चैत्र १३ गते, २०८१ - १६:३१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गरेको छन। राष्ट्रिय युवा सङ्घ नेपालद्व...
चैत्र १३ गते, २०८१ - १५:५२
काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । इटहरीको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि सुरू भए...
चैत्र १३ गते, २०८१ - १५:३१
काठमाडौं । विपक्षीको निरन्तर अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका का...
चैत्र १३ गते, २०८१ - १५:०१
टीआरसी टुंग्याएलगत्तै ओलीले कुलमान हटाउने निर्णय गरेपछि फेरि मलाई स्वर्ग र नर्क सम्झायो
चैत्र १३ गते, २०८१ - १४:४७
काठमाडौं । गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएको छन । जुद्ध वारु...
चैत्र १३ गते, २०८१ - १४:३८
रास्वपाका नेताहरूले फर्काए यस्तो जवाफ
चैत्र १३ गते, २०८१ - १४:२६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्ने भएको छन । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक ...
चैत्र १३ गते, २०८१ - १४:१९
काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । महिला र पुरुषहरुको ...
चैत्र १३ गते, २०८१ - १४:०१
काठमाडौं ।राष्ट्रिय सभामा पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागेको छन ।...
प्रतिकृया लेख्नुहोस्: