Ntc summer Offer
Khabar Dabali १४ चैत्र २०८१ बिहीबार | 27th March, 2025 Thu
Investment bank

बुढानीलकण्ठको ४८ रोपनी जग्गा अधिग्रहण ३७ वर्षसम्म अलपत्र, तत्काल पूरा गर्न सर्वोच्चको आदेश

खबरडबली संवाददाता

काठमाडौं। बुढानीलकण्ठ मन्दिरको मर्मत, सम्भार र विस्तारका लागि २०४४ सालमा सुरु भएको मन्दिर आसपासको ४८ रोपनी जग्गा अधिग्रहण अझैसम्म पूरा नभएपछि सर्वोच्च अदालतले यथाशीघ्र अधिग्रहणको काम पूरा गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले सरकारलाई अधिग्रहणको काम तत्काल पूरा गर्न निर्देशन दिएको हो ।

२०४१ सालमा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको मन्दिर भ्रमणको क्रममा राजारानीले दिएको निर्देशन अनुसार मन्दिर आसपासको ४८ रोपनी ११ आना २ दाम २ पैसा क्षेत्रफलको जग्गा अधिग्रहणको काम २०४४ सालमा सुरु भएको थियो ।

सरकारले मन्दिर आसपासको तोकिएको क्षेत्र जग्गा प्राप्ति ऐन २०३४ अनुसार अधिग्रहण गर्ने भएपछि सरोकारवाला जग्गाधनीलाई मुआब्जा लिनको लागि प्रमाणसहित सरकारी निकायमा दावी गर्न सूचना जारी गरिएको थियो ।

२०४४ भदौ ३१ मा गोरखापत्रमा हबदावी सम्बन्धी सूचना प्रकाशित गरेपछि सरकारले तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मुआब्जा निर्धारण समिति पनि बनाएको थियो ।

समितिले अधिग्रहण गरिने जग्गाको मूल्यांकन गरी तत्कालीन प्रचलित मूल्यअनुसार २० लाख २० हजार ५६६ रुपैयाँ मुआब्जा दिनुपर्ने ठहर गरेपछि सो रकम निकासा पनि भएको थियो । तर, निकासा भएको रकममध्ये १८ लाख ४७ हजार ९३८ रुपैयाँ मात्र सम्बन्धित जग्गा धनीलाई दिइयो । बाँकी १ लाख ७२ हजार ६२७ रुपैयाँ भने जग्गा धनीले लिन नआएपछि सरकारी कोषमा फिर्ता भयो ।

०४८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले लेखेको एक पत्रमा ७ रोपनी जग्गाको मुआब्जा वितरण भएको भनिएको थियो ।

सो जग्गाको खरिद बिक्री रजिष्ट्रेसन पास समेत भइसकेको र त्यहाँ संरचना निर्माणको काम भइरहेको अवस्थामा २०५० सालमा तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालयले निर्माणको काम रोक्का गरिदिएको थियो । त्यसयता त्यहाँ जग्गा अधिग्रहणको काम रोकिएको छ र अधिग्रहण गरिने जग्गा पनि रोक्का गरिएको छ ।

नागरिकको जग्गा अधिग्रहण गरेर मुआब्जा वितरण गर्ने काम पनि पूरा नभएको तर जग्गा रोक्का गरिएका कारण जग्गा धनीले समेत आफ्नो जग्गा भोगचलन गर्न नपाएको भन्दै बुढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्दले सर्वोच्च अदालतथमा रिट दायर गरेका थिए ।

सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अधिग्रहणको काम यथाशीघ्र पूरा गर्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएको हो ।

अदालतको आदेशमा उल्लेख भए अनुसार अधिग्रहणको प्रक्रिया सुरु भएपछि मुआब्जा वितरण गरिएका जग्गाको स्वामित्व पनि नेपाल सरकारको नाममा आएको छैन । सम्बन्धित जग्गा धनीलाई मुआब्दा वितरण गरिसकिएको तर जग्गा सरकारको नाममा पास नभएको अवस्थामा सो जग्गाको स्वामित्व पनि विवादित छ र यस्तो जग्गा अतिक्रमण हुने जोखिम पनि उत्तिकै छ ।

अदालतले आफ्नो निर्देशनात्मक आदेशमा मन्दिरलाई आवश्यक पर्ने जग्गा कानुनअनुसार अधिग्रहण गरेर मुआब्जा वितरण तथा स्वामित्व हस्तान्तरणको काम पूरा गर्न र मन्दिरलाई आवश्यक नपर्ने जग्गा सम्बन्धित जग्गा धनीलाई नै फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने ठहर गरेको छ । अधिग्रहण प्रक्रियामा थप रकम आवश्यक भएमा सोको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पनि निर्देशन दिइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता ९एआई०र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार क...

देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गरेको छन।  राष्ट्रिय युवा सङ्घ नेपालद्व...

साढे ६ घन्टापछि नियन्त्रणमा आयो इटहरीको आगलागी

काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । इटहरीको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि सुरू भए...

विपक्षीको निरन्तर अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । विपक्षीको निरन्तर अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका का...

कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौं : प्रचण्ड

टीआरसी टुंग्याएलगत्तै ओलीले कुलमान हटाउने निर्णय गरेपछि फेरि मलाई स्वर्ग र नर्क सम्झायो

गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजियो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएको छन । जुद्ध वारु...

रास्वपालाई प्रचण्डको प्रश्नः गणतन्त्रबारे तपाईंहरुको नीति के हो ?

रास्वपाका नेताहरूले फर्काए यस्तो जवाफ

प्रधानमन्त्री ओली थाइल्याण्ड जादै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्ने भएको छन । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक ...

विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन

काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । महिला र पुरुषहरुको ...

राष्ट्रिय सभामा पनि कुलमानबारे प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं ।राष्ट्रिय सभामा पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागेको छन ।...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy