Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

माओवादी जाजरकोटको सात वटै पालिकामा अधिवेशन सम्पन्न

खबरडबली संवाददाता

जाजरकोट । नेकपा माओवादी केन्द्र जाजरकोटले जिल्लाका सात वटै पालिकाको अधिवेशन सम्पन्न गरेको छ। जाजरकोटका सात वटै स्थानीय तहको सम्पन्न अधिवेशनले नयाँ नेत्रित्व समेत चयन गरेको माओवादी केन्दले जानकारी गराएको छ ।

नेकपा माओवादी केन्द्र जाजरकोटका संयोजक टेक बहादुर रावलले जाजरकोटका तीन नगरपालिका र चार गाउँपालिका गरी सात वटै स्थानीय तहको अधिवेशन स्थानीय जनसहभागितामा भव्य रूपमा सम्पन्न भएको जानकारी दिए। 

रावलका अनुसार अधिवेशनले छेडागाड नगरपालिकामा अध्यक्ष प्रेमबहादुर खत्री, उपाध्यक्ष त्रय धनबहादुर थापा, द्म बहादुर पुन र लक्ष्मण खत्री, नलगाड नगरपालिकामा अध्यक्षमा बुद्धिबहादुर गुरुङ, उपाध्यक्ष त्रय प्रचण्ड वली, जनक शाही र  वीर बहादुर खड्का र सचिवमा दीपक नेपालीलाई चयन गरेको छ । 

यस्तै, भेरी नगरपालिका अध्यक्षमा दीपक बस्नेत, उपाध्यक्ष त्रयमा भिमबहादुर खत्री, लक्षुदेवी जैसी र रङ्गविर नेपाली, सचिवमा दीपक खत्री लाई चयन गरेको छ । कुशे गाउँपालिका अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्ष त्रयमा विकास रोकाया, गोरखाबहादुर नेपाली र प्रेमजंग शाही सचिवमा चन्द्रिका रोकाया, सहसचिवमा धनबहादुर सिंह, कोषाध्यक्षमा गोरखबहादुर सिंह रहनु भएको छ । 

यस्तै, जुनिचाँदे गाउँपालिका अध्यक्षमा जयबहादुर घर्ती, उपाध्यक्ष त्रयमा भिबहादुर बस्नेत, अम्बिका खड्का, र धर्मराज बस्नेत , सचिवमा सार्की रावत सहसचिवमा कालीबहादुर शाही, कोषाध्यक्षमा विमला शाही चयन हुनुभएको छ ।

शिवालय गाउँपालिका अध्यक्षमा मानबहादुर पुन, उपाध्यक्ष त्रय  प्रेमबहादुर बस्नेत, पर्साराम शर्मा, मनबहादुर भण्डारी , सचिवमा लोकेन्द्र राना, सहसचिवमा इन्द्र अधिकारी, कोषाध्यक्ष मनीषा थापा सहित ३५ सदस्यीय कमिटी चयन भएको छ।  

यस्तै, बारेकोट गाउँपालिका अध्यक्षमा धनबहादुर नेपाली, उपाध्यक्ष त्रयमा वसन्त शाही, धनबहादुर बोहरा र रतन विक, सचिवमा दलबहादुर बुढा, सहसचिवमा धुर्व शर्मा,कोषाध्यक्षमा पवित्रा रावत बोहरा सहित ४५ सदस्यीय कमिटी चयन भएको छ । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य  रामदीप आचार्यले अहिलेसम्म चयन भएका स्थानीय तहको नेतृत्व चयन सर्वसम्मत रूपमा भएको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

राप्रपाको काठमाडौंमा वृहत् विरोध प्रदर्शन: नवीन समझदारीका लागि दबाब

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending