Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

माओवादी जाजरकोटको सात वटै पालिकामा अधिवेशन सम्पन्न

खबरडबली संवाददाता

जाजरकोट । नेकपा माओवादी केन्द्र जाजरकोटले जिल्लाका सात वटै पालिकाको अधिवेशन सम्पन्न गरेको छ। जाजरकोटका सात वटै स्थानीय तहको सम्पन्न अधिवेशनले नयाँ नेत्रित्व समेत चयन गरेको माओवादी केन्दले जानकारी गराएको छ ।

नेकपा माओवादी केन्द्र जाजरकोटका संयोजक टेक बहादुर रावलले जाजरकोटका तीन नगरपालिका र चार गाउँपालिका गरी सात वटै स्थानीय तहको अधिवेशन स्थानीय जनसहभागितामा भव्य रूपमा सम्पन्न भएको जानकारी दिए। 

रावलका अनुसार अधिवेशनले छेडागाड नगरपालिकामा अध्यक्ष प्रेमबहादुर खत्री, उपाध्यक्ष त्रय धनबहादुर थापा, द्म बहादुर पुन र लक्ष्मण खत्री, नलगाड नगरपालिकामा अध्यक्षमा बुद्धिबहादुर गुरुङ, उपाध्यक्ष त्रय प्रचण्ड वली, जनक शाही र  वीर बहादुर खड्का र सचिवमा दीपक नेपालीलाई चयन गरेको छ । 

यस्तै, भेरी नगरपालिका अध्यक्षमा दीपक बस्नेत, उपाध्यक्ष त्रयमा भिमबहादुर खत्री, लक्षुदेवी जैसी र रङ्गविर नेपाली, सचिवमा दीपक खत्री लाई चयन गरेको छ । कुशे गाउँपालिका अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्ष त्रयमा विकास रोकाया, गोरखाबहादुर नेपाली र प्रेमजंग शाही सचिवमा चन्द्रिका रोकाया, सहसचिवमा धनबहादुर सिंह, कोषाध्यक्षमा गोरखबहादुर सिंह रहनु भएको छ । 

यस्तै, जुनिचाँदे गाउँपालिका अध्यक्षमा जयबहादुर घर्ती, उपाध्यक्ष त्रयमा भिबहादुर बस्नेत, अम्बिका खड्का, र धर्मराज बस्नेत , सचिवमा सार्की रावत सहसचिवमा कालीबहादुर शाही, कोषाध्यक्षमा विमला शाही चयन हुनुभएको छ ।

शिवालय गाउँपालिका अध्यक्षमा मानबहादुर पुन, उपाध्यक्ष त्रय  प्रेमबहादुर बस्नेत, पर्साराम शर्मा, मनबहादुर भण्डारी , सचिवमा लोकेन्द्र राना, सहसचिवमा इन्द्र अधिकारी, कोषाध्यक्ष मनीषा थापा सहित ३५ सदस्यीय कमिटी चयन भएको छ।  

यस्तै, बारेकोट गाउँपालिका अध्यक्षमा धनबहादुर नेपाली, उपाध्यक्ष त्रयमा वसन्त शाही, धनबहादुर बोहरा र रतन विक, सचिवमा दलबहादुर बुढा, सहसचिवमा धुर्व शर्मा,कोषाध्यक्षमा पवित्रा रावत बोहरा सहित ४५ सदस्यीय कमिटी चयन भएको छ । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य  रामदीप आचार्यले अहिलेसम्म चयन भएका स्थानीय तहको नेतृत्व चयन सर्वसम्मत रूपमा भएको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

रूकुम पूर्वमा प्रचण्ड जीत नजिक

रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...

रोल्पामा नेकपाका वर्षमान पुनको अग्रता

रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...

मोरङ पुगे बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...

धनकुटा निर्वाचन अपडेट: श्रम संस्कृति पार्टीका सानबहादुर राईको अग्रता

धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...

गोरखामा खराब मौसमका कारण मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण

गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...

बाँके १ र ३ मा रास्वपाका चौधरी र खगेन्द्र सुनारको फराकिलो अग्रता

नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...

सर्लाही–४ मा ११ सय ३३ मतले अमरेशको अग्रता

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...

झापा ५ मा ५ हजार बढी मतान्तरले बालेन अगाडि

झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...

काठमाडौं-३ मा कुलमानसँग राजुनाथ पाण्डेले बढाए मतान्तर, ४ हजार ४३९ मतको फरक

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE