विराटनगर । सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगलागी भएको छ ।
इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीको कारणबारे खुलेको छैन ।
प्रतिकृया लेख्नुहोस्: