Ntc summer Offer
Khabar Dabali १७ चैत्र २०८१ आईतवार | 30th March, 2025 Sun
Investment bank

देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छः प्रधानमन्त्री ओली

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गरेको छन। 

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा ९एमाले० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेले आँकलन नै नगरेको भए देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताए।

“हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ। देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ”, प्रधानमन्त्री ओलीले भने, “स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो। यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस्। पहिलाको युथ फोर्स जस्तै। यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्।”

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने स्पष्ट गरे। “प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति गर्यो। सक्कियो। त्यही हो जवाफ। उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम हो्इन”, प्रधानमन्त्री ओलीले भन्नुभयो।

प्रधानमन्त्री ओली यही चैत १८ गतेभित्र अध्यादेशलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गरे। विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, “यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरु, प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाईंहरु चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिछौँ। न आत्तिन्छौँ। धैर्यपूवर्क अगाडि बढ्छौँ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा निर्मम ढंगले अगाडि बढ्नु प्रहरी महानिरीक्षक थापाको निर्देशन

काठमाडौं - प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सु-व्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन्। ...

छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

काठमाडौं । विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। पर्साको वीरगंज महानगरपालिका-१६ नगवा पोखरी नजिकै पुरानो घर भित्र सोही महानगर...

सरकारले कडा कदम चालोस, ज्ञानेन्द्रलाई छाडा हुने छुट छैनः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय राजावादीको गतिविधिमा जे जस्ता कार्य भएका छन् त्यसको पछाडि पूर्वराजा ज्...

म्यानमार भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

मन्डाले। म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार नाघेको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ ।  भूकम्प घा...

पूर्वराजा ज्ञानेन्द्रलाई बालेनले तोके ७ लाख ९३ हजार जरिवाना

बालेनले कुन–कुन शीर्षकमा मागे जरिवाना ? (पत्रसहित)

तीनकुनेमा भएको घटनाको जिम्मेवारी ज्ञानेन्द्रले लिनुपर्छ: सिटौला

पूर्व राजा ज्ञानेन्द्रलाई राजा हुँदा जस्तै व्यवहार नदेखाउन आग्रह

तीनकुनेमा सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न समिति गठन

काठमाडौ । नेपाल पत्रकार महासंघले तीनकुनेमा शुक्रबार राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन...

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस बन्यो लगातार दाेस्राे पटक च्याम्पियन

काठमाडौं। नेपाल पुलिस क्लब लगातार दोस्रो पटक प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । अर्को बिभागीय टोल...

दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी बालाजुबाट पक्राउ

काठमाडौं । तीनकुने घटनामा संलग्न भएको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट ‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रह...

तीनकुने घटनामा जरिवाना गराउन महानगरले खटायो अध्ययन टोली

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार भएको हिंसात्मक आन्दोलन गर्नेहरूलाई जरिवाना तोक्न अध्ययन टोली खटाएको छ । महानगरपालिकाले शहरी योजना आयोग,...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy