काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागको मौसम सफा रहेको छ ।
विभागका अनुसार दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८१ - ०९:३४
काठमाडौँ । कलाकार दीपकराज गिरिले आफूलाई राजावादीको सूचीमा राखेर विज्ञप्ति निकालेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । साथै आफूलाई राजावादी भन्नेहरुलाई आफ...
चैत्र १७ गते, २०८१ - ०९:३०
काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित ९ जनालाई आज म्याद थपका लागि अदालत पेस गरिने भएको छ । शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रद...
चैत्र १७ गते, २०८१ - ०९:००
काठमाडौँ । नेपाली कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा सुविधा र सहजताको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । कांग्रेस पद...
चैत्र १७ गते, २०८१ - ०८:५३
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनका बैठक आज हुँदैछन् । बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज...
चैत्र १७ गते, २०८१ - ०८:४५
ज्ञानेन्द्र शाहलाई राजनीतिमा तानेकोमा राजावादी असन्तुष्ट
चैत्र १७ गते, २०८१ - ०८:३५
काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजनालाई कार्यान्वयन गर्न जनकमाणडर दुर्गा प्रसाईल...
चैत्र १७ गते, २०८१ - ०८:२५
काठमाडौँ । चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआ...
चैत्र १७ गते, २०८१ - ०७:१९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...
चैत्र १७ गते, २०८१ - ०७:१५
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनका क्रममा गाडी चलाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा उल्लंघन गरेका र भीडलाई हिंसक बन्न उक्साएका...
चैत्र १७ गते, २०८१ - ०७:०६
काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराल प्रधानमन्त्री केपी ओलीको निसा...
प्रतिकृया लेख्नुहोस्: