Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था आवश्यक : डा. भट्टराई

खबरडबली संवाददाता

घोराही । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा देखिएको वर्तमान सङ्कट समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था आवश्यक रहेको बताएको छन । 

रिपोर्टर्स क्लब नेपाल दाङले विहीवार घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्राईले प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताएको हो। 

अहिलेकै व्यवस्थामा राजनीतिक स्थायित्व नहुने र देश झन् आर्थिक सङ्कटमा फस्ने अवस्था देखिएकाले राष्ट्रिय सहमति कायम गरेर केन्द्रमा प्रत्यक्ष राष्ट्रपति र प्रदेशमा मुख्यमन्त्री हुने व्यवस्था गर्नुपर्ने बताए। छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा समस्या समाधान हुने भन्दै पूर्व प्रधानमन्त्री भट्राईले भने, ूप्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जान नसक्ने र डराउने हो भने अझै १५/२० वर्ष देशको हालत यस्तै हुन्छ । कुनै परिवर्तन हुँदैन ।' उनले गम्भीर अवस्थामा फसेको अर्थतन्त्रलाई जोगाउनका लागि त्यसतर्फ जानुपर्ने आवश्यकता रहेको धारणा राखेको थिए। 

राष्ट्रिय सहमति जुटाएर निर्वाचन प्रणाली सुधार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रदेश मुख्यमन्त्रीका साथै प्रत्यक्ष निर्वाचित संघीय र प्रदेश सांसदको व्यवस्था गर्नुपर्ने बताएको हो । त्यसैगरी उहाँले विषय विज्ञबाट मन्त्री चयन गरेर सरकार चलाउन सके सुशासन र गतिशीलता ल्याउन सकिने बताए।

पूर्व प्रधानमन्त्री भट्टराईले भुत भइसकेको राजतन्त्र फेरी फर्किएर आउन सक्ने सम्भावना नभएकाले राजतन्त्रका बारेमा अनावश्यक बहस आवश्यक नभएको बताए। राजनीतिक व्यवस्थामा असफल भइसके र केही भाडाका मानिस ल्याएर सडकमा उत्रिँदैमा लामो त्याग, तपस्या र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था नढल्ने बताए।

वर्तमान संविधानले राजतन्त्रको परिकल्पना नगरेको भन्दै उनले ल्याउने नै भए आगामी निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गर्दै संविधान संशोधन गरेर राजतन्त्र ल्याउन राप्रपालाई आग्रह गरेको थिए। उनले भने,'अहिलेको व्यवस्थामा राजतन्त्र आउन सक्ने अवस्था छैन । राजतन्त्र ल्याउछौँ भनेर उर्फिनु मसानघाटमा पुगेको मृत शरिर फर्काछौ भन्नु जस्तै हो,त्यो सम्भव नै छैन।'उहाँले राजनीतिमा आउने नै रहर भए निर्वाचनका माध्यमबाट प्रतिष्पर्धामा ज्ञानेन्द्र शाह पनि आउनसक्ने बताए। 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष समेत रहेका भट्राईले उपलव्धीलाई बचाउँदै देशको विकासका लागि गणतन्त्रका पक्षधर एक ठाउँमा उभिनुपर्ने बताए। देशमा राजनीतिक अधिकार स्थापित भएपनि आर्थिक समृद्धि र सुशासन कायम गर्न बाँकी रहेको भन्दै उनले नयाँ विचारमा आधारमा नयाँ शक्ति पार्टी लागेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

राप्रपाको काठमाडौंमा वृहत् विरोध प्रदर्शन: नवीन समझदारीका लागि दबाब

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश...

रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमा २०२५

पेरिस। सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको ता...

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस...

एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गरिने

काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’...

प्रतिशोध होइन, शाक्यजीकै सहमतिमा सरुवा गरेको हो : कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध राखेर काम नगरेको स्पष्ट बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजद्व...

धम्कीबाट डराउँदैनौं, भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासन स्थापनाका उद्देश्यसहित बनेको स्पष्ट गरेकी छन्। उनले भ्रष्टाचारविरुद्ध आ...

अन्तिमपटक चुनाव लड्ने इच्छा छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उनले यो चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending