Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छः ऊर्जामन्त्री खड्का

खबरडबली संवाददाता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्बन बिक्रीबापत प्राप्त भएको रकम गरिब र विपन्न वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्ने बताएको छन ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आज यहाँ आयोजना गरेको ‘ऊर्जा आयोजनामा कार्बन वित्त, लगानीका अवसर’ विषयक गोष्ठीमा उहाँले कार्बन बिक्रीबापतको रकम गरिब, आर्थिक अवस्था कमजोर भएका, पिछडिएका वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्नेमा जोड दिए। 

“कार्बन कोषमार्फत दूरदराजमा रहेका गरिब, विपन्न र पिछडिएका जनताका लागि सोलारसहित मिटर राखिदिएमा स्थानीयलाई आम्दानीको वातावरण निर्माण हुन्छ । यो कार्यले सरकारले राखेको विपन्न नागरिकलाई समृद्ध बनाउने लक्ष्यमा सहयोग पुग्नेछ”, उनले भने। कार्बन उत्सर्जन न्यूनीकरणमा साझा प्रयासको खाँचो रहेकामा जोड दिए । 

ऊर्जामन्त्री खड्काले सरकारका अङ्गले सरकार र मुलुकलाई सहयोग गरी जनहितमा काम गर्नुपर्ने बताए। “प्रचारप्रसार गरेर होइन, काम गरेर स्थापित हुने काम गरौँ, अनुशासित भएर काम गर्नेलाई सरकारले सम्मान पनि गर्नेछ”, उनले भने।  

उनले नेपाल जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको पक्ष राष्ट्र भएको जनाउँदै नेपालले सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिलसम्बन्धी दीर्णकालीन रणनीति लिएको सन्दर्भमा स्वच्छ ऊर्जा रुपान्तरणको माध्यमबाट उक्त लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

ऊर्जामन्त्री खड्काले सरकारले आफ्ना नीति, रणनीति, योजना तथा लक्ष्यमार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनमार्फत हरितगृह उत्सर्जन न्यूनीकरणसम्बन्धी कार्यलाई विशेष प्राथमिकता दिँदै आएको उल्लेख गरे। सरकारले हालै स्वीकृत गरेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ मा नेपालले अघि सारेका स्वच्छ ऊर्जा र जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय लक्ष्यमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र स्वच्छ ऊर्जा रुपान्तरणलाई उच्च प्राथमिकता दिइएको उनले बताए।

मार्गचित्रले लिएका लक्ष्य सन् २०४५ सम्म खुद शून्य कार्बन उत्सर्जनसम्बन्धी दीर्घकालीन लक्ष्य, दोस्रो राष्ट्रिय निर्धारित योगदान, १६औँ योजनालगायत राष्ट्रिय लक्ष्य एवं अन्तरराष्ट्रिय प्रतिबद्धतासँग सम्बन्धित रहेका उहाँले जानकारी दिए। मन्त्री खड्काले कार्बन वित्त परिचालनमा सम्पूर्ण सरोकार भएका संस्थाबीच प्रभावकारी र परिणाममुखी सहकार्य आवश्यक रहेकामा जोड दिए। 

ऊर्जामन्त्री खड्काले हालै राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेस भएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकलाई प्रतिनिधिसभाबाट पारित गराई ऐनका रूपमा कार्यान्वयन गराउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरे।

राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले कार्बन व्यापारमार्फत नेपालले धेरैभन्दा धेरै फाइदा लिनेगरी काम गर्नुपर्ने बताए। उहाँले सबैको स्वामित्व हुने गरी कार्बन बिक्रीको लागि संरचना बनाएर नेपालले अधिक फाइदा लिन लाग्नुपर्नेमा जोड दिए। 

प्राडा विच्छाले कार्बन व्यापारमा निजी क्षेत्रलाई समेट्न सके नेपालले अधिकतम फाइदा लिनसक्ने धारणा राख्नुभयो । पेरिस सम्झौतालाई कार्यान्वयन गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गरेको कामप्रति उनले प्रशंसा गरे।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले गोष्ठीले ऊर्जा आयोजनामा कार्बन वित्त लगानीको आवश्यकता, अवसर र चुनौतीको पहिचान गर्ने, लगानीयोग्य  कार्बन वित्त आयोजनाको प्राथमिकीकरण, स्वच्छ ऊर्जा रुपान्तरणका लागि लगानीका सम्भावना र स्रोत परिचालनका अवसर सिर्जना गर्ने बताए।

उनले नेपालको ऊर्जा रुपान्तरण एवं जलवायु परिवर्तनसँग सम्बन्धित वर्तमान विकास साझेदारी तथा भविष्यमा लगानी छनोटको सन्दर्भमा सो क्षेत्रमा भएका सफल आयोजना र गरिएका अभ्यासको अनुभव आदानप्रदान, सम्भाव्य लगानी अभिवृद्धि, यस क्षेत्रको असल अभ्यास र ज्ञान आदानप्रदानमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नेपालले हालसम्म कार्बन बिक्रीबाट रु चार अर्ब ८३ करोड आम्दानी गरिसकेको जानकारी दिए। उनले आगामी मे १६ देखि १८ तारिखसम्म जलवायु न्यायको पैरवीका लागि हुन लागेको ‘सगरमाथा संवादलाई यो गोष्ठीले सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा विभिन्न दातृ निकायका प्रतिनिधिहरूको पनि सहभागीता थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

रूकुम पूर्वमा प्रचण्ड जीत नजिक

रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...

रोल्पामा नेकपाका वर्षमान पुनको अग्रता

रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...

मोरङ पुगे बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...

धनकुटा निर्वाचन अपडेट: श्रम संस्कृति पार्टीका सानबहादुर राईको अग्रता

धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...

गोरखामा खराब मौसमका कारण मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण

गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...

बाँके १ र ३ मा रास्वपाका चौधरी र खगेन्द्र सुनारको फराकिलो अग्रता

नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...

सर्लाही–४ मा ११ सय ३३ मतले अमरेशको अग्रता

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...

झापा ५ मा ५ हजार बढी मतान्तरले बालेन अगाडि

झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...

काठमाडौं-३ मा कुलमानसँग राजुनाथ पाण्डेले बढाए मतान्तर, ४ हजार ४३९ मतको फरक

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE