ढल्केबर । धनुषामा चैते धानको उत्पादन क्षेत्र बर्सेनि बढ्दै गएको छ । चैते धान उत्पादनप्रति किसानको रुचि बढेपछि जिल्लामा चैते धानको उत्पादन क्षेत्रफल बढ्दै गएको हो । वर्षे धानभन्दा धेरै फल्ने, तुलनात्मकरूपमा रोग तथा किरा कम लाग्ने र सिँचाइको उपयुक्त व्यवस्था भएकाले यस बालीतर्फ किसानको रुचि बढेसँगै क्षेत्रफलमा वृद्धि भइरहेको स्थानीय किसानको भनाइ छ ।
धनुषाको धनुषाधाम नगरपालिका–६, हरिपुरका किसान मुनजी यादवले यतिबेला यहाँका किसान चैते धान रोप्न व्यस्त रहेको बताए। गहुँबाली भित्र्याएर खाली भएको खेत तयार पारेर यहाँका किसान चैते धान रोपाइँ गरिरहेको बताउँदै उनले तीन चार वर्षअघिको तुलनामा यो बाली लगाउने किसानको सङ्ख्या निकै बढेको जानकारी दिए । यहाँ कति बिघामा यो धान रोपिएको बारे
उनले भने, “तीनरचार वर्ष अघिसम्म यहाँका थोरै किसानले मात्र यो बाली लगाउने गरेका थिए । अहिले चैते धान रोप्ने किसानको सङ्ख्यासँगै क्षेत्रफल पनि बढेको छ । यहाँ कति बिघा खेतमा यो धान रोपिएको बारे भन्न सकिँदैन तर यहाँका अधिकांश खेतमा चैते धान लगाइएको हुन्छ ।”
उनका अनुसार सिँचाइ गर्न किसान आफ्नै लगानीमा स्यालो ट्युवबेल गाडेका छन् । मलखाद सहज उपलब्ध, सहुलियत दरमा धानको बिउ र सिँचाइ गर्न सरकारको सहयोग प्राप्त भयो भने चैते धान उत्पादनको क्षेत्रफल अझै बढ्छ । धनुषाधाम नगरपालिका–६, का वडाध्यक्ष ऋषि लामाले अघिल्ला वर्षको तुलनामा यसपाली बढी क्षेत्रफलमा चैते धान रोपिएको बताए।
यस्तै, चैते धान उत्पादनका लागि उर्वरभूमि मानिएको जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका–११ तुलसीमा समेत यसपाली दोब्बर क्षेत्रफलमा चैते धान समयमै रोपिएको छ । रातु नदीबाट कुलोमार्फत यहाँका किसानले चैते धान समयमै रोपी सिध्याएको स्थानीय किसान प्रेमबहादुर कार्कीले बताए। सिँचाइको प्रयाप्त सुविधा नभएपनि बाह्रौँ महिना पानी बगिरहने रातु नदीबाट कुलोमार्फत चुरे, बाहुनमारा, बिस्मवरमा चैते धान रोपिएको उनले जानकारी दिए।
मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महताले चैते धान खेतीमा वृद्धि ल्याउन नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातकोे बिउ उपलब्ध गराएको बताए।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवले पछिल्लो केही वर्षयता जिल्लामा चैते धान खेती विस्तार भइरहेको बताए। जिल्ला विशेष गरी मिथिला, धनुषाधाम, छिरेश्वरनाथ, सबैलालगायत पालिका चैते धान खेतीका लागि उपयुक्त स्थान रहेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८३ - १७:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...
बैशाख ७ गते, २०८३ - १७:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...
बैशाख ७ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...
बैशाख ७ गते, २०८३ - १७:१५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...
बैशाख ७ गते, २०८३ - १६:५१
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...
बैशाख ७ गते, २०८३ - १६:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...
बैशाख ७ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...
बैशाख ७ गते, २०८३ - १४:३८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायी दीपक भट्टसँग आफू जोडिएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनल...
बैशाख ७ गते, २०८३ - १४:१५
काठमाडौं । गृहमन्त्री सुधन गुरूङ ले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धान प्रक्रियामा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। विवादि...
बैशाख ७ गते, २०८३ - १४:०७
काठमाडौं । काठमाडौं महानगरपालिका ले त्रिदेवी मन्दिर परिसरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ। ठमेलस्थित त्रिदेवी मन्दिर...


प्रतिकृया लेख्नुहोस्: