Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म सदन चल्न नदिने माओवादीको चेतावनी

विचौलियाले बनाएको वर्तमान सरकार स्वार्थ पूरा गर्न उनीहरुकै हितमा छ

खबरडबली संवाददाता

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका छन् । बिहीवार संसद भवनबाहिर पत्रकारसँग उनले यस्तो बताएका हुन् ।

उनले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताउँदै  सरकारलाई खबरदारी गर्ने थलो संसद नै भएको बताए ।  नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकलाई मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेकाले विपक्षी दलहरुले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेको उनले बताए। 

कुशासनको बाटोमा लागेको सरकारलाई विपक्षीहरुले सुशासनको बाटोमा आउन खबरदारी गरेको उनको भनाइ छ।

‘प्रधानमन्त्री संसदले नै जन्माएको हो, बनाएको हो। सरकारलाई खबरदारी गर्ने जनउत्तरदायी बनाउने, जवाफदेही बनाउने थलो संसद हो तर सरकार स्वेच्छाचारी ढंगले निरंकुश तरिकाले आफ्नो सुरमा कुसाशन गरिराख्ने परिस्थिति छ,’ उनले भने, ‘हामीले सुशासनको लयमा आउनुहोस् भन्दा नटेर्ने, जवाफ नदिने, संसदलाई नटेर्ने जे हर्कत गरिराखेको छ, त्यसलाई समेत मध्यनजर गरेर पछिल्लो समय नेपाल विद्युत प्राधिकरणमा सरकारले जुन ढङ्गले झम्टँदै आइराखेको थियो पछिल्लो समय जे निर्णय गर्‍यो यसबारे के कस्तो कारण यी सबै घटनाक्रम भयो भनेर हामीले प्रधानमन्त्रीबाटै जवाफको माग गरेका हौँ। प्रधानमन्त्री र सरकार संसदप्रति जिम्मेवार छैन भन्ने कुरा पनि आजको घटनाले पुष्टि गरेको छ।’

उनले सरकारले बदनियत राखेर काम गरेकाले संसदमा उभिएर जवाफ दिने हिम्मत नगरेको आरोप लगाए। 

‘सडकभरि जनता उत्रिएका छन्, हामी सबै विपक्षी दलका सांसदहरु संसदमा उभिएर उहाँको जवाफ माग गरिरहेका छौँ। उहाँले सही तरिकाले बदनियत नराखी काम गरेको हो भने संसदमा उभिएर जवाफ दिन हिम्मत गर्नुपर्ने हो‚’ उनले भने, ‘यहीँबाट देखिन्छ कि संसद फेस गर्ने उहाँसँग नैतिक धरातल छैन, उहाँहरुले गलत गरिराख्नुभएको छ। त्यसैले नैतिक हिसाबले इमान्दारीपूर्वक उहाँहरुले गरेका कामकारबाही पुष्टि हुन नसकेका कारण उहाँहरु जवाफ दिन तयार हुनुहुन्न।’

सांसद सापकोटाले वर्तमान सरकार विचौलियाहरुले बनाइ दिएको र उनीहरुकै स्वार्थ पूरा गर्न उनीहरुकै हितमा चलेको आरोप लगाए। 

उनले सांसदहरु बोल्दै गर्ने तर सरकारले स्वेच्छाचारी र निरंकुश गतिविधि गरिरहने हो भने संसद चल्नु र नचल्नुमा कुनै अर्थ नहुने जिकिर गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (वैशाख २) बस्दै छ । दिउँसो ४:३० बजे बैठक बोलाइएको हो ।  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबा...

माधव नेपाल प्रकरणमा आज सुनुवाइ अनिश्चित, सरकारी कागजात नआउँदा पेसी प्रभावित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसम्बन्धी भ्रष्टाचार मुद्दामा आजका लागि तोकिएको सुनुवाइ प्रभावित हुने देखिएको छ। सरका...

गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेसबाट तीन जना नयाँ मन्त्री

काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट तीन जना नयाँ मन्त्री बनेका छन् । अर्थमन्त्री जित शेरचन र  ऊर्जा, जलस्रोत तथा खानेप...

बिहीबार रास्वपाको संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलक...

अझै सम्झौता भएनन् सिँचाइका १० योजना

पर्वत । आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन । चाल...

जनताको भरोसा गुमाउँदा वामपन्थी पराजित हुन पर्याे : खनाल

नेकपा बैठकमा झलनाथको छुट्टै समीक्षा दस्तावेजकाे पूर्णपाठ

संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको  मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...

समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...

तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दा अन्तिम सुनुवाइमा

काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending