Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म सदन चल्न नदिने माओवादीको चेतावनी

विचौलियाले बनाएको वर्तमान सरकार स्वार्थ पूरा गर्न उनीहरुकै हितमा छ

खबरडबली संवाददाता

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका छन् । बिहीवार संसद भवनबाहिर पत्रकारसँग उनले यस्तो बताएका हुन् ।

उनले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताउँदै  सरकारलाई खबरदारी गर्ने थलो संसद नै भएको बताए ।  नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकलाई मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेकाले विपक्षी दलहरुले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेको उनले बताए। 

कुशासनको बाटोमा लागेको सरकारलाई विपक्षीहरुले सुशासनको बाटोमा आउन खबरदारी गरेको उनको भनाइ छ।

‘प्रधानमन्त्री संसदले नै जन्माएको हो, बनाएको हो। सरकारलाई खबरदारी गर्ने जनउत्तरदायी बनाउने, जवाफदेही बनाउने थलो संसद हो तर सरकार स्वेच्छाचारी ढंगले निरंकुश तरिकाले आफ्नो सुरमा कुसाशन गरिराख्ने परिस्थिति छ,’ उनले भने, ‘हामीले सुशासनको लयमा आउनुहोस् भन्दा नटेर्ने, जवाफ नदिने, संसदलाई नटेर्ने जे हर्कत गरिराखेको छ, त्यसलाई समेत मध्यनजर गरेर पछिल्लो समय नेपाल विद्युत प्राधिकरणमा सरकारले जुन ढङ्गले झम्टँदै आइराखेको थियो पछिल्लो समय जे निर्णय गर्‍यो यसबारे के कस्तो कारण यी सबै घटनाक्रम भयो भनेर हामीले प्रधानमन्त्रीबाटै जवाफको माग गरेका हौँ। प्रधानमन्त्री र सरकार संसदप्रति जिम्मेवार छैन भन्ने कुरा पनि आजको घटनाले पुष्टि गरेको छ।’

उनले सरकारले बदनियत राखेर काम गरेकाले संसदमा उभिएर जवाफ दिने हिम्मत नगरेको आरोप लगाए। 

‘सडकभरि जनता उत्रिएका छन्, हामी सबै विपक्षी दलका सांसदहरु संसदमा उभिएर उहाँको जवाफ माग गरिरहेका छौँ। उहाँले सही तरिकाले बदनियत नराखी काम गरेको हो भने संसदमा उभिएर जवाफ दिन हिम्मत गर्नुपर्ने हो‚’ उनले भने, ‘यहीँबाट देखिन्छ कि संसद फेस गर्ने उहाँसँग नैतिक धरातल छैन, उहाँहरुले गलत गरिराख्नुभएको छ। त्यसैले नैतिक हिसाबले इमान्दारीपूर्वक उहाँहरुले गरेका कामकारबाही पुष्टि हुन नसकेका कारण उहाँहरु जवाफ दिन तयार हुनुहुन्न।’

सांसद सापकोटाले वर्तमान सरकार विचौलियाहरुले बनाइ दिएको र उनीहरुकै स्वार्थ पूरा गर्न उनीहरुकै हितमा चलेको आरोप लगाए। 

उनले सांसदहरु बोल्दै गर्ने तर सरकारले स्वेच्छाचारी र निरंकुश गतिविधि गरिरहने हो भने संसद चल्नु र नचल्नुमा कुनै अर्थ नहुने जिकिर गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending