Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

१० वर्षे सशस्त्र युद्धमा नभएको घटना शुक्रबार तीनकुने क्षेत्रमा देखिए

मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण

खबरडबली संवाददाता

काठमाडौं । शुक्रबार राजावादी समूहले गरेको प्रदर्शनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगबाट खटिएका कर्मचारीमाथि समेत आक्रमण भएको खुलेको छ ।

तीनकुनेमा शुक्रबार भएको प्रदर्शनको अनुगमनका लागि आयोगकी सदस्य लिली थापाको नेतृत्वमा खटिएको टोलीलाई प्रदर्शनकारीहरूले आक्रमण गरेका हुन् । 

आक्रमणमा परेर आयोगका कर्मचारी खिमानन्द बस्याल घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । थापाका अनुसार, अल्का अस्पतालमा उपचारपछि उनी घरमै आराम गरिरहेका छन् । आयोगका अर्का कर्मचारी अम्बिका घिमिरेलाई प्रदर्शनकारीले हानेको ढुंगा लागेको छ । आयोगकी सदस्य थापा र अर्का कर्मचारी रेखा बास्तोला राजावादीको लछापछारमा परे ।

‘लछारपछार भयो, दुर्व्यवहार भयो । मानव अधिकार आयोगको चिह्न अंकित ज्याकेट खोल्न लगाइयो’, शुक्रबारको घटनाबारे आयोगका सह–प्रवक्ता श्यामबाबु काफ्लेले भने, ‘मानव अधिकार आयोग लेखिएको ज्याकेट देख्दा पनि उनीहरू रोकिएनन् ।’

आयोगकी सदस्य थापाले भने यो तहको अराजकता आफूले पहिले नदेखेको बताइन् । ‘द्वन्द्वमा पनि त्यस्तो देखिएको थिएन, अरु प्रजातन्त्रिक आन्दोलनहरू पनि त्यस्तो घटना भएन’, उनले भनिन्, ‘हामीलाई जबरजस्ती ज्याकेट फ्यालेर सँगै हिँड्न समेत भनिएको थियो ।’

पहिले प्रहरीसँग भएको छलफलका आधारमा आयोगले अनुगमनका लागि पदाधिकारीसँगै कर्मचारीलाई तीनकुनेमा खटाएको थियो ।  ‘प्रहरी अधिकृतहरूसँगको छलफलमा उहाँहरूले हाम्रो उपस्थितिले संयमता हुन्छ भन्नुभएको थियो, त्यस हिसाबले ज्याकेट लगाएर गएका थियौं’, उनले भनिन्, ‘त्यसक्रममा अश्रु ग्यास प्रहार हुन थालेपछि भिड एकदमै अराजक बन्यो, त्यसबेला आयोगका कर्मचारीलाई समेत प्रदर्शनकारीले जथाभावी अपशब्द प्रयोग गरे ।’

थापाका अनुसार, राजावादी प्रदर्शनकारीहरू गुण्डागर्दीको शैलीमा प्रस्तुत भएका थिए । आयोगका सहसचिव यज्ञ अधिकारी तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धमा नभएको घटना शुक्रबार तीनकुने क्षेत्रमा देखिएको बताउँछन् ।

‘मानव अधिकार आयोगको ज्याकेट र टोपी लगाउँदा सुरक्षित भइन्छ भन्ने थियो, १० वर्षे सशस्त्र युद्धमा पनि यही आधारमा मानव अधिकार आयोग अनुगमनमा पुग्थ्यो’, उनले भने, ‘शुक्रबार कर्मचारीमाथि नै दुर्व्यवहार भयो ।’

शुक्रबार साँझ मानव अधिकार आयोगले राजावादीहरूको आन्दोलन हिंसात्मक भएको निष्कर्षसहित विज्ञप्ति निकालेको थियो । प्रदर्शनकारीले सञ्चारमाध्यम, कलेज तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नु, आगो निभाउन हिँडेको दमकल तथा सशस्त्रको गाडीमा समेत ढुंगा प्रहार गर्नु जस्ता कार्य हिंसात्मक गतिविधि भएको आयोगको निष्कर्ष छ ।

समाचार संकलनमा गएका पत्रकारमाथि आक्रमण हुनु, अनुगमन गर्न हिँडेको मानव अधिकार आयोगको टोलीमाथि आक्रमण हुनुले प्रदर्शन प्रदर्शन नरहेर हिंसात्मक कार्य हुन पुगेको आयोगको बुझाइ रहेको छ ।

कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै राजावादीको हिंसात्मक कार्यमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

सञ्चारमाध्यममा आयोगको अनुगमन

आयोगको टोलीले राजावादी समूहको निशानामा परेको सञ्चारमाध्यमहरूमा पुगेर शनिबार घटनाबारे जानकारी समेत लिएको छ ।

आयोगका सहसचिव अधिकारीका अनुसार, राजावादी समूहको आक्रमणमा परेको अनलाइनखबर डटकम, अन्नपूर्ण पोष्ट, कान्तिपुर दैनिक, हिमालय टेलिभिजन र एभिन्यूज टेलिभजन पुगेर घटनाबारे जानकारी लिएका छन् ।

उनीहरूले आक्रमणमा परेका पत्रकार कार्यरत् संस्था र क्षति पुर्‍याइएका सञ्चारमाध्यममा गएर घटनाबारे जानकारी लिएका हुन् ।

‘हामी पत्रकारलाई मानवअधिकारको पहिलो रेस्पोन्डर मान्छौं, किनभने सञ्चारमाध्यमले गरेको रिपोर्टिंङका आधारमा मानवअधिकारकर्मी पनि परिचालित हुने हो’, उनले भने, ‘त्यसैले पूर्ण प्रेस स्वतन्त्रताको विषयप्रति सबै प्रतिबद्ध हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

शुक्रबारको प्रदर्शनका क्रममा रिपोर्टिंङमा रहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । उनले राजवादी समूहले गरेको आगजनीमा ज्यान गुमाएका छन् ।

घटनामा प्रदर्शनमा सहभागी अर्का एक जनाको गोली लागेर मृत्यु भएको छ भने २२ जना घाइते छन् । प्रहरीले हालसम्म १११ जनालाई नियन्त्रणमा लिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय खेलकुद परिषद्का पाँच सदस्य नियुक्त

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा पाँच जनालाई नियुक्त गरेका छन्। मन्त्री गुप्ताले ...

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार भारतीय नागरिक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलो गाँजासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी ना...

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending