Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

१० वर्षे सशस्त्र युद्धमा नभएको घटना शुक्रबार तीनकुने क्षेत्रमा देखिए

मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण

खबरडबली संवाददाता

काठमाडौं । शुक्रबार राजावादी समूहले गरेको प्रदर्शनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगबाट खटिएका कर्मचारीमाथि समेत आक्रमण भएको खुलेको छ ।

तीनकुनेमा शुक्रबार भएको प्रदर्शनको अनुगमनका लागि आयोगकी सदस्य लिली थापाको नेतृत्वमा खटिएको टोलीलाई प्रदर्शनकारीहरूले आक्रमण गरेका हुन् । 

आक्रमणमा परेर आयोगका कर्मचारी खिमानन्द बस्याल घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । थापाका अनुसार, अल्का अस्पतालमा उपचारपछि उनी घरमै आराम गरिरहेका छन् । आयोगका अर्का कर्मचारी अम्बिका घिमिरेलाई प्रदर्शनकारीले हानेको ढुंगा लागेको छ । आयोगकी सदस्य थापा र अर्का कर्मचारी रेखा बास्तोला राजावादीको लछापछारमा परे ।

‘लछारपछार भयो, दुर्व्यवहार भयो । मानव अधिकार आयोगको चिह्न अंकित ज्याकेट खोल्न लगाइयो’, शुक्रबारको घटनाबारे आयोगका सह–प्रवक्ता श्यामबाबु काफ्लेले भने, ‘मानव अधिकार आयोग लेखिएको ज्याकेट देख्दा पनि उनीहरू रोकिएनन् ।’

आयोगकी सदस्य थापाले भने यो तहको अराजकता आफूले पहिले नदेखेको बताइन् । ‘द्वन्द्वमा पनि त्यस्तो देखिएको थिएन, अरु प्रजातन्त्रिक आन्दोलनहरू पनि त्यस्तो घटना भएन’, उनले भनिन्, ‘हामीलाई जबरजस्ती ज्याकेट फ्यालेर सँगै हिँड्न समेत भनिएको थियो ।’

पहिले प्रहरीसँग भएको छलफलका आधारमा आयोगले अनुगमनका लागि पदाधिकारीसँगै कर्मचारीलाई तीनकुनेमा खटाएको थियो ।  ‘प्रहरी अधिकृतहरूसँगको छलफलमा उहाँहरूले हाम्रो उपस्थितिले संयमता हुन्छ भन्नुभएको थियो, त्यस हिसाबले ज्याकेट लगाएर गएका थियौं’, उनले भनिन्, ‘त्यसक्रममा अश्रु ग्यास प्रहार हुन थालेपछि भिड एकदमै अराजक बन्यो, त्यसबेला आयोगका कर्मचारीलाई समेत प्रदर्शनकारीले जथाभावी अपशब्द प्रयोग गरे ।’

थापाका अनुसार, राजावादी प्रदर्शनकारीहरू गुण्डागर्दीको शैलीमा प्रस्तुत भएका थिए । आयोगका सहसचिव यज्ञ अधिकारी तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धमा नभएको घटना शुक्रबार तीनकुने क्षेत्रमा देखिएको बताउँछन् ।

‘मानव अधिकार आयोगको ज्याकेट र टोपी लगाउँदा सुरक्षित भइन्छ भन्ने थियो, १० वर्षे सशस्त्र युद्धमा पनि यही आधारमा मानव अधिकार आयोग अनुगमनमा पुग्थ्यो’, उनले भने, ‘शुक्रबार कर्मचारीमाथि नै दुर्व्यवहार भयो ।’

शुक्रबार साँझ मानव अधिकार आयोगले राजावादीहरूको आन्दोलन हिंसात्मक भएको निष्कर्षसहित विज्ञप्ति निकालेको थियो । प्रदर्शनकारीले सञ्चारमाध्यम, कलेज तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नु, आगो निभाउन हिँडेको दमकल तथा सशस्त्रको गाडीमा समेत ढुंगा प्रहार गर्नु जस्ता कार्य हिंसात्मक गतिविधि भएको आयोगको निष्कर्ष छ ।

समाचार संकलनमा गएका पत्रकारमाथि आक्रमण हुनु, अनुगमन गर्न हिँडेको मानव अधिकार आयोगको टोलीमाथि आक्रमण हुनुले प्रदर्शन प्रदर्शन नरहेर हिंसात्मक कार्य हुन पुगेको आयोगको बुझाइ रहेको छ ।

कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै राजावादीको हिंसात्मक कार्यमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

सञ्चारमाध्यममा आयोगको अनुगमन

आयोगको टोलीले राजावादी समूहको निशानामा परेको सञ्चारमाध्यमहरूमा पुगेर शनिबार घटनाबारे जानकारी समेत लिएको छ ।

आयोगका सहसचिव अधिकारीका अनुसार, राजावादी समूहको आक्रमणमा परेको अनलाइनखबर डटकम, अन्नपूर्ण पोष्ट, कान्तिपुर दैनिक, हिमालय टेलिभिजन र एभिन्यूज टेलिभजन पुगेर घटनाबारे जानकारी लिएका छन् ।

उनीहरूले आक्रमणमा परेका पत्रकार कार्यरत् संस्था र क्षति पुर्‍याइएका सञ्चारमाध्यममा गएर घटनाबारे जानकारी लिएका हुन् ।

‘हामी पत्रकारलाई मानवअधिकारको पहिलो रेस्पोन्डर मान्छौं, किनभने सञ्चारमाध्यमले गरेको रिपोर्टिंङका आधारमा मानवअधिकारकर्मी पनि परिचालित हुने हो’, उनले भने, ‘त्यसैले पूर्ण प्रेस स्वतन्त्रताको विषयप्रति सबै प्रतिबद्ध हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

शुक्रबारको प्रदर्शनका क्रममा रिपोर्टिंङमा रहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । उनले राजवादी समूहले गरेको आगजनीमा ज्यान गुमाएका छन् ।

घटनामा प्रदर्शनमा सहभागी अर्का एक जनाको गोली लागेर मृत्यु भएको छ भने २२ जना घाइते छन् । प्रहरीले हालसम्म १११ जनालाई नियन्त्रणमा लिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending