तनहुँ। चितवन र तनहुँ जोड्ने घुमाउनेस्थित त्रिशूली नदीमाथि निर्माणाधीन मोटरेवल पुलको १० वर्षको अवधिमा ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।
विसं २०७१ असारमा तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको पुलको फाउन्डेशनकै चरणमा छ। अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ। पुल निर्माण नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वीराजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दूरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन।
सडक डिभिजन कार्यालयको सम्झौताअनुसार काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्न पटक–पटक माग गर्दै आए पनि खुरूखुरू म्याद थप गर्दै काम भएको बुद्धसिंह मार्ग पुल निर्माण सङघर्ष समितिका अध्यक्ष सिद्धान्त थापाले बताए।
पुल निर्माणमा दबाब दिने उद्देश्यले गठित संघर्ष समितिले उक्त घुमाउनेको पुलको निर्माणकार्य अघि बढाउन पटक–पटक माग गर्दै आएका छन्। त्रिशूली नदीमाथि निर्माण भइरहेको पुल दश वर्षसम्म पनि पूरा नहुनु र अन्य चार खोलामा पुल नहुँदा आवतजावतलाई समस्या भएकाले स्थानीय आन्दोलित हुनुपरेको अध्यक्ष थापाले बताए।
डिजाइन एन्ड विल्डरका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइनअनुसार पुल एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहनेछ। आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत आठ करोड २६ लाख रुरुपैयाँ रहेको छ।
दोहोरो लेनको पुलमा ७ दशमलव ५ मिटर गाडी गुड्ने भाग रहने डिजाइनमा उल्लेख छ । हेडौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग सम्झौता भएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिनियर डिभिजन इञ्जिनीयर राजीव श्रेष्ठले बताए।
‘पुलको डिजाइन परिवर्तन गर्न लागिएकाले अहिले पुल निर्माणको काम रोकिएको छ’, उनले भने, ‘अहिलेको डिजाइनबाट बाढीले क्षति हुने देखिएकाले राज्यको लगानी खेर नजाओस् भनेर परिवर्तन गर्न लागिएको हो।’
पूर्वमन्त्री तथा तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले बुद्धसिंह मार्गमा पर्ने घुमाउनेको पुल निर्माण कार्यलाई गति दिन निर्देशन दिएका छन्। निर्माण व्यवसायीको चरम लापरबाहीले गर्दा ठेक्का सम्झौताको १० वर्ष पूरा हुँदा पनि पुल निर्माण अधुरो भएपछि भण्डारीले निर्देशन दिएका हुन्।
सांसद भण्डारीले पुल महाशाखाका प्रमुख सिनियर इञ्जिनीयर ललिजन खनाल र सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठलाई सोमबार फोन गरी काम तत्काल सुरू गर्न निर्देशन दिएका हुन्।
निर्धारित समयमा उत्कृष्ट रूपले सम्पन्न गर्न केही नीतिगत र कानुनी समस्या छन् भने त्यसको समाधानका लागि सरकारसमक्ष पुर्याएर समाधान गर्न आफू तयार रहेको सांसद भण्डारीले बताए। सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसक्दा यात्रुलाई सास्ती हुनुका साथै इन्धनमा हुने खर्च कटौती हुन सकेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: