Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

घुमाउने पुल निर्माण, १० वर्षमा ३० प्रतिशत मात्रै भौतिक प्रगति

खबरडबली संवाददाता

तनहुँ। चितवन र तनहुँ जोड्ने घुमाउनेस्थित त्रिशूली नदीमाथि निर्माणाधीन मोटरेवल पुलको १० वर्षको अवधिमा ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।

विसं २०७१ असारमा तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको पुलको फाउन्डेशनकै चरणमा छ। अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ। पुल निर्माण नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वीराजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दूरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन।

सडक डिभिजन कार्यालयको सम्झौताअनुसार काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्न पटक–पटक माग गर्दै आए पनि खुरूखुरू म्याद थप गर्दै काम भएको बुद्धसिंह मार्ग पुल निर्माण सङघर्ष समितिका अध्यक्ष सिद्धान्त थापाले बताए।

पुल निर्माणमा दबाब दिने उद्देश्यले गठित संघर्ष समितिले उक्त घुमाउनेको पुलको निर्माणकार्य अघि बढाउन पटक–पटक माग गर्दै आएका छन्। त्रिशूली नदीमाथि निर्माण भइरहेको पुल दश वर्षसम्म पनि पूरा नहुनु र अन्य चार खोलामा पुल नहुँदा आवतजावतलाई समस्या भएकाले स्थानीय आन्दोलित हुनुपरेको अध्यक्ष थापाले बताए।

डिजाइन एन्ड विल्डरका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइनअनुसार पुल एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहनेछ। आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत  आठ करोड २६ लाख रुरुपैयाँ रहेको छ।

दोहोरो लेनको पुलमा ७ दशमलव ५ मिटर गाडी गुड्ने भाग रहने डिजाइनमा उल्लेख छ । हेडौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग सम्झौता भएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिनियर डिभिजन इञ्जिनीयर राजीव श्रेष्ठले बताए।

‘पुलको डिजाइन परिवर्तन गर्न लागिएकाले अहिले पुल निर्माणको काम रोकिएको छ’, उनले भने, ‘अहिलेको डिजाइनबाट बाढीले क्षति हुने देखिएकाले राज्यको लगानी खेर नजाओस् भनेर परिवर्तन गर्न लागिएको हो।’

पूर्वमन्त्री तथा तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले बुद्धसिंह मार्गमा पर्ने घुमाउनेको पुल निर्माण कार्यलाई गति दिन निर्देशन दिएका छन्। निर्माण व्यवसायीको चरम लापरबाहीले गर्दा ठेक्का सम्झौताको १० वर्ष पूरा हुँदा पनि पुल निर्माण अधुरो भएपछि भण्डारीले निर्देशन दिएका हुन्।

सांसद भण्डारीले पुल महाशाखाका प्रमुख सिनियर इञ्जिनीयर ललिजन खनाल र सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठलाई सोमबार फोन गरी काम तत्काल सुरू गर्न निर्देशन दिएका हुन्।

निर्धारित समयमा उत्कृष्ट रूपले सम्पन्न गर्न केही नीतिगत र कानुनी समस्या छन् भने त्यसको समाधानका लागि सरकारसमक्ष पुर्‍याएर समाधान गर्न आफू तयार रहेको सांसद भण्डारीले बताए। सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसक्दा यात्रुलाई सास्ती हुनुका साथै इन्धनमा हुने खर्च कटौती हुन सकेको छैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending