Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

अब गण्डकी प्रदेशमा मदिरा बनाए एक लाख जरिवाना

खबरडबली संवाददाता

लेखनाथ । गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ, मुस्ताङदेखि तराईको नवलपुरसम्म गाउँ गाउँमा घरेलु मदिरा बनाइन्छ । विद्यमान कानुनले यसको उत्पादन र बजारीकरणलाई अनुमति नदिएकाले बेला बेलामा त्यस्तो मदिरा जफत र नष्ट गर्ने गरिएको छ । अहिले गण्डकी प्रदेश सरकारले घरेलु मदिरा उत्पादन, ब्रान्डिङ र बजारीकरणलाई वैधता दिने गरी विधेयक तयार गरेको छ । 

सरकारले ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ प्रदेश सभामा दर्ता गराएको छ । गण्डकी प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले विधेयक सचिवालयमा दर्ता भएको र अब संसदीय प्रक्रिया अनुरूप यो अघि बढ्ने उल्लेख गर्नुभयो । कानुनविपरीत मदिरा उत्पादन, ब्रान्डिङ र बिक्री गरेमा सजायको व्यवस्था यसमा छ । विधेयकको परिच्छेद ५ मा कसुर र सजायको व्यवस्था छ । इजाजत नलिई उत्पादन, सङ्कलन, प्रशोधन, प्याकेजिङ, बिक्री र निकासी, पैठारी गरेमा बिगो जफत गरी बिगोबमोजिम जरिबाना प्रस्ताव गरिएको छ । निर्धारित गुणस्तरभन्दा कमसल मदिरा उत्पादन गरेमा वा तोकिएको सर्त पालना नगरी उत्पादन गरेको ठहरे बिगो जफत गरी १० हजारदेखि ५० हजार रुपियाँसम्म जरिबाना हुने छ ।

अखाद्य वस्तुको प्रयोग गरी उत्पादन, मिसावट र बिक्री गर्नेलाई बिगो जफत गरी ५० हजारदेखि एक लाख रुपियाँसम्म जरिबानासहित सङ्घीय कानुनबमोजिमसमेत सजाय हुने छ । कानुनबमोजिम कर नतिरेमा वा छली गरेमा राजस्वसहित पाँच हजारदेखि ५० हजारसम्म जरिबाना हुने प्रावधान छ । 

मदिरा र मदिराजन्य पदार्थको आयात प्रतिस्थापन गर्दै गण्डकीवासी र समग्र प्रदेशको आर्थिक समृद्धिका योगदान गर्न घरेलु मदिराको वैधताले सघाउने अपेक्षा गरिएको छ । विधेयकमा घरेलु मदिरा उत्पादन र बिक्रीका लागि प्रदेश सरकारबाट इजाजतपत्र लिनुपर्ने प्रावधान राखिएको छ । उद्योग दर्ता नगराई घरेलु मदिराको उत्पादन, सङ्कलन, प्रशोधन, प्याकेजिङ, लेबलिङ तथा बिक्रीवितरण गर्न नपाउने यसमा उल्लेख छ । धर्म, संस्कृति वा परम्परा, घरायसी प्रयोजन तथा निजी उपयोगका लागि वार्षिक ५० लिटरसम्म उत्पादन गर्न इजाजतपत्र लिनु पर्दैन । मदिरा उद्योग दर्ता गर्न स्थानीय तहको सहमति चाहिन्छ भने आवश्यक स्थान, भाँडा, मेसिनरीसम्बन्धी विवरण उत्पादकले बुझाउनु पर्छ । चाहिने अन्न, फलफूल जस्ता कच्चा पदार्थको आपूर्ति गर्ने क्षेत्रसमेत उल्लेख गर्नुपर्ने हुन्छ । गण्डकीका कृषि सहकारी, व्यक्ति, फर्मले समेत मदिरा उद्योग दर्ता गर्न पाउने छन् । 

विधेयकले मदिरा बनाउने अन्न, फलफूल र जडीबुटीसमेत तोकिदिएको छ । कोदो, फापर, उवा, जौ, गहुँ, मकैमध्ये कुनै एक अन्न वा स्याउ, सुन्तला, खुर्पानी, मौवा, अम्बा, लिची, ऐसेलु, चुत्रो, डिम्बर, जस्ता फलफूल र जडीबुटीबाट मदिरा बनाउन सकिने छ । गण्डकी प्रदेश सभामा अहिले नौ वटा विधेयक छलफलमा छन् भने अहिलेसम्म प्रदेश सभाले ७८ ऐन पारित गरिसकेको छ । प्रदेश सभाको चालु अधिवेशनबाट पाँच विधेयक पारित भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

रूकुम पूर्वमा प्रचण्ड जीत नजिक

रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...

रोल्पामा नेकपाका वर्षमान पुनको अग्रता

रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...

मोरङ पुगे बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...

धनकुटा निर्वाचन अपडेट: श्रम संस्कृति पार्टीका सानबहादुर राईको अग्रता

धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...

गोरखामा खराब मौसमका कारण मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण

गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...

बाँके १ र ३ मा रास्वपाका चौधरी र खगेन्द्र सुनारको फराकिलो अग्रता

नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...

सर्लाही–४ मा ११ सय ३३ मतले अमरेशको अग्रता

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...

झापा ५ मा ५ हजार बढी मतान्तरले बालेन अगाडि

झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...

काठमाडौं-३ मा कुलमानसँग राजुनाथ पाण्डेले बढाए मतान्तर, ४ हजार ४३९ मतको फरक

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE