Ntc summer Offer
Khabar Dabali २० चैत्र २०८१ बुधबार | 2nd April, 2025 Wed
Investment bank

अब गण्डकी प्रदेशमा मदिरा बनाए एक लाख जरिवाना

खबरडबली संवाददाता

लेखनाथ । गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ, मुस्ताङदेखि तराईको नवलपुरसम्म गाउँ गाउँमा घरेलु मदिरा बनाइन्छ । विद्यमान कानुनले यसको उत्पादन र बजारीकरणलाई अनुमति नदिएकाले बेला बेलामा त्यस्तो मदिरा जफत र नष्ट गर्ने गरिएको छ । अहिले गण्डकी प्रदेश सरकारले घरेलु मदिरा उत्पादन, ब्रान्डिङ र बजारीकरणलाई वैधता दिने गरी विधेयक तयार गरेको छ । 

सरकारले ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ प्रदेश सभामा दर्ता गराएको छ । गण्डकी प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले विधेयक सचिवालयमा दर्ता भएको र अब संसदीय प्रक्रिया अनुरूप यो अघि बढ्ने उल्लेख गर्नुभयो । कानुनविपरीत मदिरा उत्पादन, ब्रान्डिङ र बिक्री गरेमा सजायको व्यवस्था यसमा छ । विधेयकको परिच्छेद ५ मा कसुर र सजायको व्यवस्था छ । इजाजत नलिई उत्पादन, सङ्कलन, प्रशोधन, प्याकेजिङ, बिक्री र निकासी, पैठारी गरेमा बिगो जफत गरी बिगोबमोजिम जरिबाना प्रस्ताव गरिएको छ । निर्धारित गुणस्तरभन्दा कमसल मदिरा उत्पादन गरेमा वा तोकिएको सर्त पालना नगरी उत्पादन गरेको ठहरे बिगो जफत गरी १० हजारदेखि ५० हजार रुपियाँसम्म जरिबाना हुने छ ।

अखाद्य वस्तुको प्रयोग गरी उत्पादन, मिसावट र बिक्री गर्नेलाई बिगो जफत गरी ५० हजारदेखि एक लाख रुपियाँसम्म जरिबानासहित सङ्घीय कानुनबमोजिमसमेत सजाय हुने छ । कानुनबमोजिम कर नतिरेमा वा छली गरेमा राजस्वसहित पाँच हजारदेखि ५० हजारसम्म जरिबाना हुने प्रावधान छ । 

मदिरा र मदिराजन्य पदार्थको आयात प्रतिस्थापन गर्दै गण्डकीवासी र समग्र प्रदेशको आर्थिक समृद्धिका योगदान गर्न घरेलु मदिराको वैधताले सघाउने अपेक्षा गरिएको छ । विधेयकमा घरेलु मदिरा उत्पादन र बिक्रीका लागि प्रदेश सरकारबाट इजाजतपत्र लिनुपर्ने प्रावधान राखिएको छ । उद्योग दर्ता नगराई घरेलु मदिराको उत्पादन, सङ्कलन, प्रशोधन, प्याकेजिङ, लेबलिङ तथा बिक्रीवितरण गर्न नपाउने यसमा उल्लेख छ । धर्म, संस्कृति वा परम्परा, घरायसी प्रयोजन तथा निजी उपयोगका लागि वार्षिक ५० लिटरसम्म उत्पादन गर्न इजाजतपत्र लिनु पर्दैन । मदिरा उद्योग दर्ता गर्न स्थानीय तहको सहमति चाहिन्छ भने आवश्यक स्थान, भाँडा, मेसिनरीसम्बन्धी विवरण उत्पादकले बुझाउनु पर्छ । चाहिने अन्न, फलफूल जस्ता कच्चा पदार्थको आपूर्ति गर्ने क्षेत्रसमेत उल्लेख गर्नुपर्ने हुन्छ । गण्डकीका कृषि सहकारी, व्यक्ति, फर्मले समेत मदिरा उद्योग दर्ता गर्न पाउने छन् । 

विधेयकले मदिरा बनाउने अन्न, फलफूल र जडीबुटीसमेत तोकिदिएको छ । कोदो, फापर, उवा, जौ, गहुँ, मकैमध्ये कुनै एक अन्न वा स्याउ, सुन्तला, खुर्पानी, मौवा, अम्बा, लिची, ऐसेलु, चुत्रो, डिम्बर, जस्ता फलफूल र जडीबुटीबाट मदिरा बनाउन सकिने छ । गण्डकी प्रदेश सभामा अहिले नौ वटा विधेयक छलफलमा छन् भने अहिलेसम्म प्रदेश सभाले ७८ ऐन पारित गरिसकेको छ । प्रदेश सभाको चालु अधिवेशनबाट पाँच विधेयक पारित भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजावादी आन्दोलनमा ज्यान गुमाएका महर्जनको शव परिवारले बुझे, आजै पशुपतिमा अन्त्येष्टी

काठमाडौं । गत १५ गते भएको राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका सबिन महर्जनको शव आफान्तले बुझेका छन् । कीर्तिपुर–४का निवासी महर्जनको राजावादीको ह...

लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएको छन। आर्थिक वर्ष २०८२/०८३ क...

मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले...

दुःखलाई शक्तिमा परिणत गर्ने कोसिस गर्छौं : राप्रपा सांसद शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले केही नेताहरू थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको बताएको छन ।...

नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यकः कांग्रेस सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताएको छन । मङ्गलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराक...

मंगलबार पनि घट्यो सेयर बजार

काठमाडौं । मंगलबार पनि सेयर बजार घटेको छ ।  जसअनुसार मंगलबार सेयरबजार परिसूचक नेप्से १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा पुगेर रोकिएको छ । तर, आज ...

गण्डकीका मन्त्री थापाको कार्यकाल : ७९ लाख सामाजिक कार्यमा खर्च

लेखनाथ। गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आफूले सेवा, सुविधावापत पाउने सबै रकम समाजसेवामा खर्च गरेको छन । प्रदे...

प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागि हुन थाइल्याण्ड प्रस्थान गर्नुभएपछि प्रधानम...

एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने

काठमाडौं ।विभागीय टोली नेपाल एपिएफ क्लबले २०८१ सालमा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने भएको छ ।  आगामी शुक...

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान (तस्बिरहरू)

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन । ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy