Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

गगन थापा भन्छन्- पूर्वराजा ज्ञानेन्द्रमाथि अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गर्छौँ

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि छानविन गर्न सरकारले जाँचबुझ आयोग गठन गर्नुपर्ने भएका छन्। चैत १५ गतेको घटनाको अनुसन्धान भइरहेको बताए। 

महामन्त्री थापाले कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा भनेका छन्। 

चैत १५ गते सडकमा जुन उत्पात मच्चाइयो, जुन खालको अराजनीतिक र अराजक घटना भए, यसका कर्ताहरूमाथि अनुसन्धान भइरहेको छ । प्रचलित कानुनको दायराभित्र यी विषय पर्ने हुँदा त्यहीँबाट निरूपण पनि हुने भयो । हामी सबैलाई थाहा छ, यो स्वतःस्फूर्त भएको होइन । यसका आह्वानकर्ता, योजनाकार पूर्वराजा हुनुहुन्छ । 

यही कुरा कांग्रेस, एमालेलगायत प्रत्येक राजनीतिक दलभित्रको सामूहिक निष्कर्ष पनि हो । हाम्रो यो निष्कर्ष राजनीतिक भयो, यसमा हामी प्रस्ट छौं तर यसलाई वैधानिकता दिन कुनै न कुनै बाटो चाहिन्छ । त्यसका लागि एउटा आयोग बनाउने हो भने सत्यतथ्यको छानबिन गर्छ । त्यसले नै हामीले निकालेको निष्कर्ष स्थापित हुन्छ । राज्यले अनुसन्धान र छानबिनको दायरामा ल्याउन सहज हुन्छ ।

हिजोको सर्वदलीय बैठकमा मैले प्रधानमन्त्रीको कुरा पनि सुनें । एमाले अध्यक्षका रूपमा पनि र संसद्मा बोल्दै गर्दा पनि फरक मत छैन । त्यसैले बुझाइमा हाम्रो समानता छ । यही बुझाइलाई वैधानिकताको जाँच गर्नका लागि त्यसै बोलेर मात्रै हुँदैन । आयोग नबनाउने हो भने विकल्प के त ? प्रहरीले अनुसन्धान गर्छ ? कि त वैकल्पिक बाटो भन्नुपर्छ । 

कुनै आग्रह नराखी विश्वसनीयताका लागि पनि आयोग बनाउनुपर्छ भन्ने हो । जस्तो सरकारले पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । तीनकुनेमा त्योभन्दा ठूलो घटना हुँदा आयोग नबन्ने र स्वतन्त्र छानबिन नहुने हो भने पूर्वराजालाई भोलिका पुस्ताले कसरी यस्तोसम्म गरेका थिए भनेर थाहा पाउने त ?

आयोग नबन्दा तत्कालै पूर्वराजालाई थप छाडा हुन प्रेरित गर्छ । अहिलेसम्म उनी एउटा सीमाभित्र बसेकाले हामी पनि एउटा सीमामा थियौं । उनले सीमा उल्लंघन गरे, हामीले त्यसमा धारणा मात्रै राख्यौं भने त सीमा उल्लंघन गरेको गर्‍यै गर्छन् । भविष्यमा फेरि छाडा हुने दुस्साहस गर्न सक्छन् । भविष्यमा पूर्वराजाले गणतन्त्र नेपालमा कुन खालको उत्पात मच्चाएका रहेछन् भन्ने कुराको दस्ताबेजीकरण गर्न र फेरि गणतन्त्रमाथि धावा बोल्न नदिनका लागि पनि आयोगको आवश्यकता छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending