Ntc summer Offer
Khabar Dabali २३ चैत्र २०८१ शनिबार | 5th April, 2025 Sat
Investment bank

सरकारले म्यानमारमा सहायता सामग्री पठाउने

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल सरकारले म्यानमारमा हालै गएको भूकम्पका पीडितहरूका लागि खाद्यान्नलगायतका सहायता सामग्री पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सो निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयको समन्वयमा तत्कालका लागि सहयोग पुग्ने गरी चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न, औषधि तथा ब्लाङ्केट आदि सहायता सामग्रीहरू म्यानमार पठाइने भएको हो । सोमबार मन्त्रालयमा आयोजित यससम्बन्धी बैठकमा परराष्ट्र मन्त्री डा। आरजु राणा देउवाले सहायता सामग्री सहयोगका लागि नेपालका निजी क्षेत्रका सङ्घ संस्थाहरुलाई पनि आह्वान गरे। 

उनले अप्ठेरोमा परेका म्यानमारका जनतालाई तत्कालका लागि आवश्यक सहयोग पुग्ने गरी मानवीय सहायता एवं राहातस्वरुप नेपाल सरकारले सामग्री पठाउने जानकारी दिए। 

सो बैठकमा उपस्थित नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सिएनआइका अध्यक्ष राजेश अग्रवाललगायतले निजी क्षेत्रका तर्फबाट संस्थागत रूपमा सहायता सामग्री उपलब्ध गराउने जानकारी दिए। बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई, गृह सचिव गोकर्णमणि दुवाडी, अर्थ सचिव घनश्याम उपाध्यायले सहायता सामग्रीहरू जम्मा गरेर परराष्ट्र मन्त्रालयमार्फत जतिसक्दो चाँडै म्यानमार पठाइने बताए । 

म्यानमारमा यही चैत १५ गते गएको ७।७ रेक्टर स्केलको भूकम्पबाट ठुलो जनधनको क्षति भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समाज रुपान्तरणमा गीत शक्तिशाली : सञ्चारमन्त्री गुरुङ

माछापुच्छ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा गीत सङ्गीत शक्तिशाली हुने बताएको छन । राष्ट्रिय लोक तथा दोहोरी गी...

गुल्मी उद्योग वाणिज्य संघको निर्वाचन : ९१.४५ मत खस्यो, मतगणना आजै

रेसुंगा । गुल्मी उद्योग वाणिज्य संघको निर्वाचनमा ९१.४५ प्रतिशत मत खसेको छ । शुक्रबार अध्यक्ष पदका लागि मृगेन्द्रप्रसाद श्रेष्ठ र रामप्रसाद पन्थीले उम्...

मोदीसँगको वार्ता सार्थक र सकारात्मक रह्यो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता सार्थक र सकारात्मक भएको बताएको छन।  बिहीबार बैंककमा भएको भेटव...

भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको छः मोदी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । सम्मेलनका क्रममा बैंककम...

कालीगण्डकी नदीमा एक पुरुष मृत फेला

रामपुर । माछा मार्न भनी हिँडेका एक पुरुष कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेको छ । रम्भा गाउँपालिका–१ असेर्दीका ५२ वर्षीय सञ्जय बोटे रम्भा–१, बिसमु...

दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबिच सम्झौता

काठमाडौँ । दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयबिच सम्झौता भएको छ । ऊर्जामन्त्री दीपक खड्...

इजरायली आक्रमणमा दुई छोरासहित हमासका वरिष्ठ नेताको मृत्यु

बेरुत । लेबनानको सिडोनस्थित एक अपार्टमेन्टमा शुक्रबार भएको इजरायली ड्रोन आक्रमणमा हमासका वरिष्ठ अधिकारी हसन फरहत र उनका दुई छोराको मृत्यु भएको लेबनानी...

चैत १५ को घटना दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले चैत १५ गते भएको राजावादी प्रदर्शनलाई लिएर पाँच बुदेँ निर्देशन दिएको छ। सो घटनाका बारेमा गृह मन्त्री रम...

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता

बैङकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार थाइल्याण्डको बैङककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधि...

श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानिय तहमा बिस्तार गरिनेछ: श्रम मन्त्री

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम बजार सूचना प्रणालीको विस्तार गरेर रोजगार र उद्यम प्रर्वद्धन गर्न सरकार प्रयास...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy