Ntc summer Offer
Khabar Dabali २६ चैत्र २०८१ मंगलवार | 8th April, 2025 Tue
Investment bank

फोहोर नगरी आन्दोलन गरेकोमा शिक्षकहरूलाई दिए बालेनले धन्यवाद

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शिक्षकहरूले फोहोर नगरी र कुनै संरचना नभत्काई शान्तिपूर्ण आन्दोलन गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

उनले जरिवाना नभई चेतना फैलाउने उद्देश्य आफूहरूको रहेको स्पष्ट पार्दै शिक्षकहरूलाई यही सन्देश विद्यार्थीहरूमाझ पनि पुर्‍याउन आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत मेयर शाहले लेखेका छन्, “प्रिय शिक्षकहरू, तपाईंहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केही नभत्काई गर्नुभयो, यसका लागि धन्यवाद। हामीले जरिवाना खोजेको होइन, चेतना खोजेको हो। सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पत्ति हो भन्ने चेतनशील समाजको निर्माण गर्न खोजेका हौँ। यो शिक्षा तपाईंहरूले आफ्ना विद्यार्थीहरूलाई पनि दिनुहोला।”

उनले चेतनशील समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै शिक्षकहरूको भूमिका झनै महत्त्वपूर्ण भएको बताए।

“तपाईंहरू शिक्षक हुनुहुन्छ, यसमा तपाईंहरूको ठूलो जिम्मेवारी र भूमिका छ,” उनले भने। साथै, उनले आफ्ना कुरा राख्न विद्यार्थीको पढाइमा असर नपर्ने गरी चेतनशील ढंगले कार्यक्रम गर्न पनि अनुरोध गरे।

मेयर साहले ‘गाउँगाउँमा सिंहदरबार’ नारा मात्रै सीमित भएको टिप्पणी गर्दै एक दिन आफ्नो अधिकारका लागि काठमाडौं धाउनु नपर्ने अवस्था आउने आशा व्यक्त गरेका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजावादी शक्तिहरुकाे साथमा राप्रपाको प्रदर्शन, सीसी क्यामेरा र ड्रोनबाट निगरानी

२ हजार प्रहरी परिचालनकाे तयारी

दुर्गा प्रसाईंका दाइ पक्राउ

काठमाडौं । सोमबार दुर्गा प्रसाईंका दाइ राकेश  प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।  उनलाई   चैत १...

आईएनसीको आयोजनामा क्यान्सर सचेतना र सम्मान समारोह सम्पन्न

काठमाडौं । इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय...

भैरहवामा ‘महिला लेजेण्ड टी–२० सिरिज’ सुरु, सन् २००९ टिम विजयी

भैरहवा  । रुपन्देहीको भैरहवामा मुलुकमै पहिलोपटक पूर्व महिला क्रिकेट खेलाडीहरुबीच ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सुरु भएको छ । नेपालमा पुरुष लेजेण्ड...

भैरहवामा ‘महिला लेजेण्ड टी–२० सिरिज’ सुरु, सन् २००९ टिम विजयी

भैरहवा  । रुपन्देहीको भैरहवामा मुलुकमै पहिलोपटक पूर्व महिला क्रिकेट खेलाडीहरुबीच ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सुरु भएको छ । नेपालमा पुरुष लेजेण्ड...

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमक...

माओवादीमा एक तह बढुवा रोकिएपछि विद्यार्थी नेता आक्रोशित

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)का अवकाशप्राप्त नेताहरूको पार्टीभित्र एक तह बढुवा सिफारिस स्थगित गरिएकोमा विद्यार्थी नेताहरूले चर्को असन्तुष्टि ...

तीनकुने घटनामा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ

ट्राफिक लाइट तोडफोड गरेको आरोपमा कुमार तामाङ पनि पक्राउ

मापदण्ड विपरीतका सवारीलाई रोक लगाउँदै यातायात मन्त्रालय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृहमन्त्रालयसँग समन्वय गरि मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन्...

वायु प्रदूषणले हवाई उडान प्रभावित हुँदा विमानस्थलमा यात्रु अलपत्र

काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न सहरमा उच्च वायुप्रदूषका कारण हवाई उडान प्रभावित भएको छ। प्रदूषणबाट धेरै प्रभावित काठमाडौंको त्रिभुवन अन्तर्र...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy