Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

२५ करोड तस्करीमा राजनीतिक ‘कनेक्सन’

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको टोखाबाट बरामद करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करीमा राजनीतिक ‘कनेक्सन’ देखिएको छ । युरो र अमेरिकी डलर तस्करीको अनुसन्धानमा सिन्धुपाल्चोकका माओवादी कार्यकर्ता नारायण पौडेल तानिएका छन् ।

उनका भाइ तथा ०७४ मा माओवादीबाट भोटेकोशी गाउँपालिका अध्यक्षमा निर्वाचित राजकुमार पौडेल पनि त्यतिबेला १५ किलो सुन तस्करीका आरोपी थिए ।

पौडेलका चार जना दाजुभाइ रहेकामा सबै कुनै न कुनै काण्डमा जोडिएका छन् । कोही सुन तस्करी, कोही हुन्डी, कोही विदेशी मुद्रा र कोही रक्तचन्दन तस्करीमा मुछिएका छन् । भाइ राजकुमार ०७४ मा भोटेकोशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएलगत्तै १५ किलो सुन तस्करीमा मुछिएपछि फरार भएका थिए । पछि धरौटीमा छुटेका उनी ०७९ को चुनावमा भने उनी कांग्रेस उम्मेदवारसँग पराजित भए ।

दाजु बच्चु पौडेल हुन्डी कारोबारमा पटक–पटक प्रहरी अनुसन्धानको घेरामा परेका शंकास्पद व्यक्ति हुन् । जेठा दाजु ध्रुव भोटेकोशीकै फुल्पिङकट्टीबाट ०५४ मा गाविस अध्यक्ष निर्वाचित भएका थिए । ०६९ तिर रक्तचन्दन कारोबारमा जोडिएका उनी पक्राउपछि छुटेका थिए ।

ट्रकको ‘फल्स बटम’मा लुकाएर स्थल नाका हुँदै रसुवागढीबाट चीनको केरुङतर्फ तस्करी गर्न लागिएको १३ लाख ६९ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित चैत ४ मा कुसाङ लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । बरामद विदेशी मुद्रा र ना ७ ख १६५२ नम्बरको ट्रकसहित लामालाई प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।

तस्करीका मुख्य योजनाकार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भई हाल काठमाडौं बस्दै आएका माओवादी नेता पौडेल भएको अनुसन्धानका क्रममा खुलेको हो । लामा र पौडेलबीच पटक–पटक भएको फोन सम्पर्कको आधारमा पौडेलको संलग्नता पुष्टि भएको हो । युरो र डलर बरामद भएलगत्तै पौडेल सम्पर्कविहीन भएका छन् । पौडेलविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे बताउँछन् ।

घिमिरेका अनुसार भोटेकोशी–४ स्थायी घर भई टोखा–१० महादेवटार बस्ने पौडेल उक्त विदेशी मुद्रा चीन पठाउने तयारीमा थिए । ‘अहिलेसम्मको अनुसन्धानमा विदेशी मुद्राका मालिक पौडेल नै भएको खुल्न आएको छ,’ घिमिरेले भने, ‘मोबाइल कल, पैसा बोकेको गाडीको मुभमेन्ट र गोप्य स्रोतबाट आएका विवरणका आधारमा हामीले मुख्य मालिक पहिचान गरेका हौं, उनलाई पक्राउ गर्न अदालतबाट आइतबार पुर्जी जारी भइसकेको छ ।’

अनुसन्धानका क्रममा लामाले बरामद ट्रक भाइले किन्दिएको बताएका थिए । उनले अनुसन्धानमा असहयोग गरेपछि उनको मोबाइल फरेन्सिक जाँचका लागि पठाइएको थियो । त्यसपछि मात्र माओवादी कार्यकर्ता पौडेलसँग तस्करीबारे भएका विवरण फेला परेका हुन् ।

पौडेल र लामा दुवै जनाको घर भोटेकोशी हो । लामा भोटेकोशी गाउँपालिका–१ का निवासी हुन् । लामाको खातामा शंकास्पद रूपमा विभिन्न मितिमा नगद जम्मा गरेको पनि भेटिएको छ । यो रकम तस्करीमा भरिया र चालकका रूपमा प्रयोग भएबापत पाएको हुन सक्ने अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ ।

परिवारसहित लामा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा डेरामा बस्दै आएका थिए । खुलासा भएपछि विभागले पौडेलको टोखास्थित घरलगायतका ठाउँमा तलासी गरेको थियो । ‘तर, उनी घरमा एक कामदारलाई राखेर फरार भइसकेछन्,’ घिमिरे भन्छन् ।

पौडेलका अरू तीन दाजुभाइको विगत पनि विवादास्पद र तस्करीको नेटवर्कसँग जाडिएको देखिन्छ । ‘सत्ता र शक्तिका आडमा उनीहरूमाथि सूक्ष्म अनुसन्धान गर्न विगतदेखि नै बारम्बार अवरोध र व्यवधान हुँदै आएको छ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘यस पटक पनि विगतकै नियति नदोहोरिएला भन्न सकिँदैन ।’

०७४ भदौ १४ मा १५ किलो सुनसहित भरिया पेम्बादोर्जे शेर्पा पक्राउ परेको सीआईबीको अभिलेखमा देखिन्छ । शेर्पाले २ किलो सुन जनकपुर गइसकेको बयान दिएपछि सीआईबीले १ किलो सुनसहित धनुषाबाट दीपक साहलाई पक्राउ गरेको थियो । त्यसबेला सीआईबीका अधिकृतसँग साहले १ किलो भारत पुगेको र बाँकी १ किलो मात्र आफूसँग भएको बयान दिएका थिए । तत्काल फरार भएका राजकुमार आफ्नै घरमा काम गर्न राखेका एक युवालाई देखाएर उनी उम्किएका थिए ।

चीनबाट २२ किलो सुन भित्र्याए पनि टोखाबाट १५ किलो मात्र बरामद भएको, पछि थप १ किलो धनुषाबाट बरामद गरिएको र बाँकी सुन भारत पुर्‍याएको अनुसन्धानबाट खुलेकोमा यो गिरोहका नाइके उनै राजकुमार भएको खुलेको थियो । उक्त घटनाको ७ वर्षपछि टोखाबाटै राजकुमारका दाइ नारायणले रसुवागढी नाका हुँदै २५ करोड रुपैयाँ बराबरका युरो र अमेरिकी डलर चीन तस्करी गर्न लागेको खुलासा भएको हो ।

हाल डलर तस्करीमा फरार रहेका नारायण ०४८/४९ बाटै खासाबाट कपडाको व्यापार गर्थे । त्यसकै आडमा तस्करीको नेटवर्कमा छिरेर अरू धन्दामा उनको सक्रियता बढेको अनुसन्धान स्रोत बताउँछ । ‘आवरणमा व्यापार भए पनि तस्करी धन्दामा सक्रिय रहेकै कारण ठूलो पैसा कमाए, पैसाकै बलमा नेता–कर्मचारी, प्रहरी र अरू राज्यसंयन्त्रलाई प्रभावित बनाएर शक्तिकेन्द्र आफ्नो पकडमा राख्ने गरेको देखिन्छ,’ विगतमा उनको धन्दाबारे जानकार एक प्रहरी अधिकृत भन्छन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending