Ntc summer Offer
Khabar Dabali २५ चैत्र २०८१ सोमबार | 7th April, 2025 Mon
Investment bank

अनुदान पाएपछि व्यावसायिक स्याउखेतीमा जुटे भोजपुरका किसान

खबरडबली संवाददाता

भोजपुर । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन् । वडाले स्याउखेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउखेतीमा जुटेका हुन् । 

साम्के र तामालुङ गाउँका २६ जना किसानले करिब एक सय रोपनी क्षेत्रफलमा स्याउको खेती विस्तार गरेको स्थानीयवासी पाण्डव राईले बताए । वडाले स्याउखेती विस्तारको लागि अनुदान दिएपछि किसानहरु उत्साहित भएर खेती विस्तारमा लागेका हुन् । पचास प्रतिशत लागत साझेदारीमा व्यावसायिक खेती प्रवद्र्धन थालिएको उनले जानकारी दिए ।

स्याउखेतीका निम्ति  भूबनोट र जलवायु उपयुक्त भएकाले साम्के र तामालुङ गाउँमा स्याउखेती कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष एकराज आचार्यले बताए । किसानलाई एक हजार ८०० बिरुवा वितरण गरिएको छ ।

“यो क्षेत्रलाई स्याउको नमूना क्षेत्र बनाउने हाम्रो लक्ष्य छ । अन्य ठाउँमा सुन्तला, कागतीलगायत फलफूलखेती प्रोत्साहन गर्दै आएका छौँ ”, वडाध्यक्ष आचार्यले भने । 

यसअघि वडाले व्यावसायिक सुन्तलाखेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न नर्सरी स्थापना गरेको थियो ।  वैकुण्ठेमा स्याउ, सुन्तलालगायत फलफूलका बिरुवा उत्पादन गर्न सकिने उनले बताए । 

कृषि शाखाका प्रमुख धीरज ठाकुरका अनुसार किसानका खेतबारीमा पुगेर प्राविधिक सहयोग प्रदान गरिएको छ । यो वर्ष हुर्काइएका स्याउका बिरुवाबाट चार वर्षपछि उत्पादन प्राप्त हुनेछ । जैविकखेती प्रणालीमा जोड्न किसानलाई जैविक मल तथा विषादी बनाउने तालिम पनि दिइएको छ । माटो परीक्षण गरेर माटो सुहाउँदो बालीको व्यावसायिक खेतीमा किसानलाई प्रोत्साहन गरिरहेको उनको कथन छ । 

गाउँपालिकाले कृषि गुरुयोजना तयार गरेर कृषिमा लगानी गरिरहेको छ । कृषि एम्बुलेन्सबाट स्थानीय उजप बजार पुर्‍याइने गरेको छ । साथै पालिकाले सागसब्जी तथा फलफूलको ‘पकेट’ क्षेत्र निर्धारण गरेर तदनुरुप काम गरिहेको  जनाएको छ । कृषि उपज भण्डारणका लागि भुल्के र वैकुण्ठेमा चिस्यान केन्द्र निर्माण गरिएको छ । सागसब्जीखेती विकासका लागि वडा नं ३ भुल्केमा ‘एक घर एक टनेल’ कार्यक्रम सञ्चालन भएको छ  ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको मौसम- पहाडी भेगमा मेघगर्जन र चट्याङसहित पानी पर्ने

काठमाडौं । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। ति प्रदे...

रवि लामिछानेलाई अदालत उपस्थित गराएर थुनामा पठाइँदै

उच्चको आदेशविरुद्ध सर्वोच्च जाने रवि पक्षको तयारी

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन...

जीवनजल लिनको घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधार...

कांग्रेस सांसद आचार्यसँग वार्ता- सरकारले सोचेअनुरुप काम गर्न नसक्दा जनतामा राजसंस्थाको माग बढ्यो

काठमाडौँ । विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका सुरेन्द्रराज आचार्य अहिले प्रतिनिधिसभाको सांसद हुन्...

जिबी राईले भानुआतुको नागरिकता लिएको आशंका

काठमाडौं । सहकारी ठगी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन्। उनलाई बुटवल उच्च अदा...

रवि लामिछानेमाथि अर्को प्रतिशोध- उच्चको आदेश जिल्ला नपुग्दै प्रक्रिया मिचेर पक्राउ

काठमाडौं । सहकारी ठगी अभियोगमा रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश प्रक्रिया मिचेर कार...

आजदेखि शैक्षिक हड्ताल- देशभरका ५० हजारभन्दा बढी शिक्षक आन्दोलनमा सहभागी हुने अनुमान

समर्थन जनाउँदै प्रचण्डले भने- माग पूरा नभएसम्म आन्दोलन नछोड्नुस्

जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दै

जुम्ला । पछिल्लो समय जुम्लामा परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले यस वर्ष १०० पुरुषको स्थायी बन्ध...

गोदाममै पाठ्यपुस्तक- कर्णालीका दश जिल्लामा शैक्षिक सत्र सुरु हुनु अगावै पुग्ने छैन सम्भावना

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ । विक्रेताले जनक शिक्षा सामग्री केन...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy