Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

मुस्ताङमा तीन लाख ९७ हजार पर्यटक भित्रिए

खबरडबली संवाददाता

मुस्ताङ । चालु आर्थिक वर्षको नौ महिना नपुग्दै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ जना पर्यटक भित्रिएका छन् । यस वर्षको साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कानुसार मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ ।

मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ नेपाली आन्तरिक पर्यटक र ६३ हजार ५६ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । प्रहरी निरीक्षक अधिकारीका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक यहाँ भित्रिएका हुन् । यसैगरी ३५ हजार ६१८ पुरुष र २७ हजार ४३८ महिला विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन् ।

यस आवको तीन महिना बाँकी नै रहँदा नेपाली आन्तरिकतर्फ साउनमा १० हजार ९८३, भदौमा १७ हजार ४९२, असोजमा ४७ हजार २९३, कात्तिकमा ९९ हजार १७६, मङ्सिरमा ५८ हजार ४४३, पुसमा २८ हजार ७२२, माघमा २४ हजार ८०२, फागुनमा ४६ हजार ९३४ र चैत १८ गतेसम्ममा ४४ हजार ८०६ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, विदेशीतर्फ साउनमा तीन हजार ५४, भदौमा छ हजार ३४७, असोजमा १२ हजार ५३८, कात्तिकमा १४ हजार १२४, मङ्सिरमा सात हजार ४६४, पुसमा छ हजार ८३५, माघमा तीन हजार ४५६, फागुनमा नौ हजार २३८ र चैत १८ गतेसम्ममा १३ हजार ४०५ जनाले जिल्लाको भ्रमण गरेका छन् ।

जिल्लामा चालु वर्षको साउनदेखि हालसम्म नेपाली आन्तरिक पर्यटक ८१ प्रतिशत र विदेशी पर्यटक १९ प्रतिशतले भ्रमण गरेका प्रहरी निरीक्षक विशाल अधिकारीको भनाइ छ । उनका अनुसार मुस्ताङ भित्रिने पर्यटक सङ्ख्यामध्ये ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका पर्यटक छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०८०/८१ मा नेपाली आन्तरिक तथा बाह्य पर्यटक गरी चार लाख ५४ हजार ३२६ जनाले मुस्ताङ भ्रमण गरेका थिए । जसमध्ये आन्तरिक तीन लाख ५४ हजार ९२७ र ९९ हजार ३९९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी तथ्याङ्क छ ।

पछिल्लो समय सडक सञ्जाल क्रमिक रूपमा सुधार हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ । जिल्लाको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथधाम र कागबेनी श्राद्धस्थलमा तीर्थ गर्न नेपाली आन्तरिक पर्यटकको लर्को नै लाग्ने गरेको छ । मुस्ताङ भित्रिएका नेपाली पर्यटक मुक्तिनाथ दर्शन गरी उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँगै सिमाना जोडिएको कोरलानाकासम्म पुग्ने गरेका छन् ।

मुस्ताङ धार्मिक तथा सांस्कृतिक विविधतापूर्ण जिल्ला भएको र यहाँको पृथक प्रकारको भूगालको आकर्षणले यहाँ पर्यटक सङ्ख्या बर्सेनि वृद्धि हुँदै जान थालेको हो । राष्ट्रिय गौरवको कोरला सडक सहज हुँदै गएपछि कोरलानाकासम्म आन्तरिक पर्यटक पुग्ने गरेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरूङले बताए ।

मुस्ताङमा अवस्थित सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, मठमन्दिर र यहाँका ऐतिहासिक तथा पुरातात्विक सम्पदा र गुफाका कारण जिल्ला पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण गन्तव्य बन्दै गइरहेको छ । उपल्लो मुस्ताङमा सात सय वर्ष पुरानो मुस्ताङी सांस्कृतिक राजाको दरबारका साथै गुरु पद्यसम्भवसँग जोडिएका दर्जनौँ धार्मिक गुम्बा पर्यटकका लागि विभिन्न खोजअनुसन्धानको केन्द्र बनेको छ ।

मुस्ताङको धार्मिक तथा सांस्कृतिक सम्पदा, यहाँको रहनसहन जीवनशैली र स्थानीय चाडपर्वको मौलिकता अवलोकन गर्न बर्सेनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending