Ntc summer Offer
Khabar Dabali २४ चैत्र २०८१ आईतवार | 6th April, 2025 Sun
Investment bank

सहकारी ठगीमा सत्ताधारी नेता- धनराजमाथिको छानबिन जहाँको तहीँ, एमालेका तामाङमाथि अनुसन्धान नै भएन

खबरडबली संवाददाता

काठमाडौं । सहकारी ठगीमा मुछिएका सत्तारूढ दलका सांसदहरूले राज्यशक्तिको आडमा उन्मुक्ति पाएका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ मुछिएको ललितपुरको मितेरी सहकारीको जाहेरी परेको ६ महिनासम्म एकजना पनि पक्राउ परेका छैनन् भने नेसनल नमोबुद्ध सहकारी हिनामिनामा प्रत्यक्ष जोडिएका एमाले बागमती प्रदेश सांसद ज्ञानबहादुर तामाङमाथि अनुसन्धान नै भएको छैन ।

 मितेरी सहकारीको अनुसन्धानमा अस्वाभाविक ढिलासुस्ती गरेको प्रहरीले उपसभापति गुरुङमाथि त अनुसन्धान नै गर्न सकेको छैन । पक्राउ पुर्जी जारी भएकासमेत कोही पनि पक्राउ परेका छैनन् । सिआइबीमा ६ महिनाअघि नै सो सहकारीको ठगीसम्बन्धी जाहेरी दर्ता भएको थियो । जसमा धनराजकी पूर्वपत्नी ज्योति गुरुङसहित पाँचजनालाई पक्राउ गर्न अदालतले अनुमतिसमेत दिएको छ । तर, महिनौँ बित्दा पनि प्रहरीले कसैलाई पक्राउ नगरेपछि अनुसन्धानमाथि नै प्रश्न उठ्न थालेको छ । ज्योति अमेरिकामा भएको भन्दै उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको सहयोग लिने बताएको थियो । तर, उनलाई पक्राउ गरेर ल्याउनेतर्फ कुनै प्रगति हुन सकेको छैन ।  

सांसद सूर्य थापा संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले धनराजविरुद्ध थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो । सिआइबीले धनराजसँग सामान्य सोधपुछ गरे पनि अन्य फरार प्रतिवादीलाई पक्राउ गरी विस्तृतमा अनुसन्धान गर्न सक्रियता देखाएको छैन । सिआइबी स्रोतका अनुसार उच्च तहको आदेशकै कारण कोही पनि पक्राउ नपरेका हुन् । ‘एकजना पक्राउ परे धनराजको हकमा के गर्ने भन्ने हुन्छ,’ एक अधिकारीले भने, ‘त्यसैकारण कसैलाई पनि पक्राउ गरिएको छैन ।’ सिआइबी प्रवक्ता एसपी सुधीरराज शाही मितेरी सहकारी ठगीको अनुसन्धान जारी नै रहेको, तर थप प्रगति हुन नसकेको बताउँछन् । 

ज्योति गुरुङसहित सुजन शाक्य, ज्योतिबहादुर भण्डारी, हितमान थापा र प्रकाश थापाविरुद्ध पाँच महिनाअघि नै पक्राउ पुर्जी जारी भएको थियो । उनीहरूले सहकारीको १४ करोड ८१ लाख हिनामिना गरेको भन्दै सहकारीका अध्यक्ष कुम्भराज गुरुङले गत १४ साउनमा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । उजुरीमा धनराजको नामै किटेर हिनामिनामा संलग्नता रहेको उल्लेख थियो । तर, राजनीतिक दबाबमा बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले उनको नाम काटेर बाँकी पाँचजनाको नाम मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा सिफारिस गरेको थियो ।  

धनराजविरुद्ध अनुसन्धान प्रक्रिया अघि नबढ्ने भएपछि कुम्भराजसहितको टोलीले सरकारबाट गठित संसदीय छानबिन विशेष समितिमा पुगेर उजुरी दिएको थियो । समितिले सहकारीको कार्यालय अनुगमन गर्नुका साथै कुम्भराजको बयान लिएको थियो । उनले रकम हिनामिनामा धनराजको पनि संलग्नता रहेकोे बयान दिएका थिए । रकम अपचलनकै क्रममा धनराजले २९ फागुन ०७६ मा ज्योतिसँग कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्दै आएको छ । संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा धनराजमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो ।  

धनराजले सम्बन्धविच्छेदपछि ०८० वैशाखसम्म सहकारीको ऋण तिर्दै आएकाले पनि सो हिनामिनामा उनको संलग्नतासमेत देखिएको अनुसन्धान अधिकारीहरू बताउँछन् । उनले ३ फागुन ०७७ मा मितेरीबाटै १२ लाख ऋण लिएका थिए, जसमा ज्योतिलाई ‘हकवाला’का रूपमा श्रीमती उल्लेख गर्दै ल्याप्चे लगाएका छन् । संसदीय छानबिन समितिसँगको बयानमा सहकारीका अध्यक्ष कुम्भराजले पनि उनीहरूको सम्बन्धविच्छेद ‘नाम मात्रको’ भएको बयान दिएका छन् ।    

थापा नेतृत्वको संसदीय समितिले स्पष्ट रूपमा धनराजविरुद्ध थप छानबिन गरी कारबाही अघि बढाउन निर्देशन दिएको थियो । ‘सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेको चर्चा छ । मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुुरुङसँग सम्बन्धविच्छेद गरेर पनि सँगै बस्ने गरेको चर्चा छ,’ समितिले भनेको छ, ‘निजहरूको सम्बन्धविच्छेदको मिलापत्र फैसला अनुसूची– २३ मा प्रस्तुत गरिएको छ ।’ 

सहकारी संस्थाका तर्फबाट ज्योति गुरुङ र धनराज गुरुङसमेतविरुद्ध प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय हेटौँडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकामा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशितसमेत गरेको थियो । तर, प्रगति हुन सकेको छैन । 

सरकारले राजनीतिक प्रतिशोधका कारण सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धान गर्दै आएको आरोप लाग्दै आएको छ । सहकारीमा सदस्य पनि नभएको र ऋण लिने प्रक्रियामा संलग्न नभएका रवि लामिछानेलाई संगठित अपराधदेखि सम्पत्ति शुद्धीकरणसम्मको मुद्दा लगाइएको, तर प्रत्यक्ष रूपमा संलग्नलाई सकेसम्म अनुसन्धान नै नगर्ने, अनुसन्धान लम्ब्याउने र केहीलाई फरार बनाएर मुद्दा दायर गर्ने प्रवृत्तिका कारण विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् । मोरङको धनपालथान– ३ स्थित उमागौरी सहकारीको रकम अपचलनमा संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई पक्राउ नै नगरी मुद्दा दायर गरिएकोमा उनी अदालतमा उपस्थित भएर एकैदिनमा छुटेकी थिइन् । उनी सो सहकारीकी पूर्वसञ्चालक हुन् । 

त्यस्तै, ११ हजार बचतकर्ताको एक अर्ब ५२ करोड रुपैयाँ डुबाउने सामाखुसीस्थित नेसनल नमोबुद्ध सहकारीका पूर्वसञ्चालक एमाले बागमती प्रदेश सांसद ज्ञानबहादुर तामाङमाथि कुनै अनुसन्धान भएको छैन । बागमती सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत २९ पुसमा यो सहकारीलाई समस्याग्रस्त घोषणा गरेर अनुसन्धान तथा व्यवस्थापनको अधिकार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमातहत लगेको छ । अब व्यवस्थापन समितिले आवश्यक ठानेर सिफारिस गरेको अवस्थामा मात्रै प्रहरी वा सिआइबीले अनुसन्धान गर्न सक्छ ।

अहिले समितिले सहकारीमा तालाबन्दी गरेको छ । तर, सञ्चालनमै रहेको सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको भन्दै सञ्चालकहरू सर्वोच्च अदालत पुगेपछि समिति नै अलमलिएको छ । समिति अध्यक्ष प्रभात अधिकारी सर्वोच्चमा मुद्दा परेसँगै नेसनल नमोबुद्धबारे थप कारबाही अघि बढाउन नसकिएको बताउँछन् । ४ फागुनमा सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासले उक्त मुद्दामा प्रदेश सहकारीमन्त्री, रजिस्ट्रार सहकारी महाशाखा, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंसँग समस्याग्रस्त घोषणा गर्नुपर्ने लिखित कारण माग गरेकोमा अर्को पेसी २५ चैतका लागि तोकिएको छ । 

सहकारीको अध्यक्ष हुँदा महँगो ब्याजको प्रलोभन देखाएर बचतकर्ताबाट कुस्त रकम उठाएका सांसद तामाङले नुवाकोटको लिखु गाउँपालिका– ९ थानसिङमा ४४ रोपनी जग्गा खरिद गरेका थिए । सबै जग्गा ककनी गाउँपालिका– ९ की चिनीमाया लामाको नाममा पास गरेका थिए । सोही जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीको नाममा बैंकबाट १४ करोड ऋण झिकेर मनपरी ढंगले परिचालन गरेका थिए । तर, बैंकबाट झिकेको ऋण अझै चुक्ता गरेका छैनन् ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सडकबाट जीप खस्दा महिलाको मृत्यु, उनका १८ महिने छोरा घाइते

सोलुखुम्बु । सोलुखुम्बुको सोताङमा जिप दुर्घटना हुँदा ३० वर्षीया महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनका १८ महिने छोरा घाइते भएका छन्।  सोताङ गाउँपाल...

पाँच दिनदेखि काठमाडौंको सडकमा शिक्षक- महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

काठमाडौं । विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ।  महासंघले विज्ञप्ति...

रवि थुन्ने आदेशमा सन्दीप रिहा गर्ने आदेशको ‘कपिपेस्ट’ !

काठमाडौं । उच्च अदालत तुलसीपुर (बुटवल) इजलासले रवि  लामिछानेलाई थुनामा पठाउन दिएको आदेशको चौथो पृष्ठ (बायाँ) र उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धर...

राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् । चैत्र शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छ...

एमाले सांसद आचार्यसँग वार्ता- व्यवस्था परिवर्तन गर्ने प्रयत्नलाई सफल हुन दिँदैनौं

सेवा लिनका लागि लाइनमा बस्नुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्छ, प्रदेश सरकारको आकार घटाउनुपर्छ

लोकप्रियताभन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामनवमी पर्व, २०८१ का अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले शुभक...

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, घाइतेलाई थप उपचारका लागि बुटवल रिफर

काठमाडौं । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। मालारानी गाउँपालिका–३ ढुंगाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा भएक...

फस्टाउँदै बुर्तिबाङको पर्यटन व्यवसाय

गलकोट । जिल्लाको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार । व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको ब...

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

बरहथवा । चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आ...

साउथ स्टार श्रीनिवास भन्छन्- नेपालझैँ नेपाली सुन्दर छन्

काठमाडौँ । भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपाली निकै सुन्दर रहेको बताएका छन् । दक्षिण भारतीय चलचित्र ‘टाइसन नाइडु’को छायाङ्कनका ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy