Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग संवैधानिक अदालतद्वारा सदर, पदबाट बर्खास्त

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति यून सुक यउलको महाभियोगलाई सर्वसम्मतिले सदर गरेको छ।

गत डिसेम्बरमा यूनले घोषणा गरेर छोटो समय कायम हुन सकेको 'मार्शल ल'ले उक्त देशमा राजनीतिक उथलपुथल निम्त्याएको थियो।

ज्यानुअरीमा त्यहाँको संसद्‌ले उनलाई महाभियोग लगाउने पक्षमा मतदान गर्दा उनी पहिलो पटक निलम्बनमा परेका थिए।

यस फैसला आउनुअघि यूनका समर्थक र विपक्षीहरू सडकमा उत्रिएका थिए। हिंसात्मक विरोध प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीहरू खटाइएको छ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सोले सार्वजनिक सुरक्षा व्यवस्था कायम राख्न आपत्कालीन अवस्था जारी गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

महाभियोगपछि अब त्यहाँ ६० दिनमा चुनाव हुनु पर्छ।युनमाथि राजद्रोहको छुट्टै आरोप पनि लागेको छ जसबारे छुट्टै सुनुवाइ हुने छ।

शुक्रबार संवैधानिक अदालतले महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट हटेका हुन्। उनको महाभियोग अदालतमा विचाराधीन रहँदा दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सुलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको थियो। 

त्यसो त राष्ट्रपति योलविरूद्धको महाभियोग प्रक्रिया अगाडि नबढाएको भनी संसद्‌ले उनीविरुद्ध पनि महाभियोग लगाएको थियो। 

तर उनीविरुद्धको महाभियोग संवैधानिक अदालतले अस्वीकृत गरिदिएपछि उनी पुन: जिम्मेवारीमा फर्किएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा मकवानपुरका संस्थापक सभापति कांग्रेसमै फर्किए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली पुनः नेपाली कांग्रेस मा फर्किएका छन्। उनलाई सोमबार सर्लाह...

झापा-५ का मतदातासमक्ष बालेनको वाचा के छ ? (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन शाहले आफ्नो चुनावी प्रतिबद्धता पत्र (व...

फोहरजन्य वस्तु बिक्री गरी सात महिनामा १४ लाख आम्दानी

तनहुँ ।  तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक वर्षको सात महिनामा रु १४ लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रूपमा सङ्कलन ग...

निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने

काठमाडौँ ।  गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको छ । गृहमन्त्री...

डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ

सिरहा । यहाँको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ ।...

व्यावसायिक स्याउ खेती सुरु गर्दै वैकुण्ठेका किसान

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरे...

धादिङ बस दुर्घटना- यी हुन् २८ घाइते (नामसहित)

१७ जना मृतकको सनाखत हुन बाँकी

हिमालमा हिउँ छैन, पानीको मुहान सुक्दै गएका छन्, राजनीतिक दलको चुनावी प्रतिबद्धतामा के छ ?

काठमाडौँ । प्रमुख राजनीतिक दलले जलवायु परिवर्तनको मुद्दालाई आफ्नो घोषणापत्रमा महत्वका साथ समावेश गरेका छन् । जलवायु परिवर्तनका कारण मुलुकले ठूला समस्य...

स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन आयोगले भन्यो- दलको चुनाव प्रचार प्रसारमा सहभागी नहुनू

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक...

पोखराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा १७ जनाको घटनास्थमै मृत्यु, २६ घाइते

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE