झापा । मेचीनगर नगरपालिका–८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन् । करिब १० कट्ठा जमिनमा खेती सुरु गरेका उनले एक सिजनमा तीन लाख रूपैयाँ आम्दानी गरिरहेका छन् ।
।
वैदेशिक रोजगारीमा १७ वर्ष बसेर स्वदेश फर्केपछि गिरीले व्यावसायिक केराखेती सुरु गरेका हुन् । खेतीबाट मनग्य आम्दानी हुन थालेपछि खेतीको क्षेत्रफल विस्तार गरी १५ कठ्ठा बनाएको बताउँदै खेती विस्तारका लागि थप पाँच बिघा जमिन खोजी गरिरहेको उनको बताए ।
गिरीले ‘जि–नाइन’ जातको केराका छ सय बोट लगाएको जानकारी दिँदै यो केराको कोसा पोटिलो, ठूलो र पाकेपछि अरुभन्दा स्वादिलो हुने बताए । ‘रुखोपाखो जग्गा भएकाले धान रोप्दा १० हजार नाफा नहुने ठाउँमा अहिले केरा बेचेरै एक सिजनमा तीन लाख आम्दानी भइरहेको छ र खनजोत, मल, रोग, कीराको नियन्त्रणलगायतमा करिब एक लाख खर्च हुने जनाउँदै उनले हरेक सिजनमा दुई लाख बचत गरिरहेको बताए ।
मेचीनगर, अर्जुनधारा, गौरीगञ्ज, कचनकबल, गौरादह, बाह्रदशी, कमल र भद्रपुरमा एक हजार ९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । सामान्यतः केराको बोट नौ महिनामा पसाउने र एक वर्षभित्रै उत्पादन दिने गरेको छ ।
यहाँ उत्पादित केरा स्थानीय बजारबाहेक काठमाडौँ, पोखरासम्म पुग्ने गरेको किसान बताउँछन् । केराखेतीमा लागेका अधिकांश किसान मेचीनगरका पर्शुराम गिरी जस्तै वैदेशिक रोजगारीबाट फर्केकाहरू संलग्न छन् । पाँच कठ्ठादेखि ५० बिघासम्म जमिनमा केराखेती लगाउने किसान जिल्लामा रहेका केन्द्रले जनाएको छ ।
२०६० मा बाह्रदशीका डम्बर पाहिमले १० बिघा क्षेत्रफलमा पहिलोपटक व्यावसायिक केराखेती सुरु गरेका थिए । त्यसपछि झापा गाउँपालिका–३ का चन्द्रबहादुर बस्नेतले इजरायलबाट फर्केर ३० बिघा जग्गामा केराखेती गरेपछि अन्य क्षेत्रमा पनि यसको अनुकरण हुन थालेको पाहिमले बताए ।
२०७१ मा जिल्लामा ३० हेक्टर क्षेत्रफलमा मात्र व्यावसायिक केराखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । हाल क्षेत्रफल विस्तार भएर जिल्लामा एक हजार ९०० हेक्टरमा व्यावसायिक खेती भइरहेको भन्दै जिल्लामा वार्षिक ३७ हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
प्रतिघरी पाँच सयदेखि सात सयसम्ममा बोटबाटै बिक्री हुने गरेको कृषक गिरीले बताए । कम मेहनत र पुँजीमा छिटो र बढी आम्दानी दिने भएकाले किसानको आकर्षण बढ्न थालेको उनको धारणा छ ।
खेती विस्तार, प्राविधिक ज्ञानलगायत क्षेत्रमा स्थानीय सरकार, ज्ञान केन्द्र तथा अन्य सरोकार भएका निकायले अनुदान दिने, बजारीकरणमा सहजीकरण गर्ने, कृषि बिमामा सहयोगलगायत कार्यक्रम सञ्चालन गरेपछि केराखेतीतर्फ किसान आकर्षित भएका गिरीले जानकारी दिए । उनका अनुसार मल, सिँचाइ, हुरी, कीराको सङ्क्रमण, उचित उपचारको अभावलगायत कारणले केराखेती गर्न चुनौती थपिँदै गएको छ ।
झापाका किसानले चिनीचम्पा, मालबोक, जि–नाइन र इजरायली प्रजातिका केराखेती गर्दै आएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...
जेष्ठ २८ गते, २०८३ - १५:२८
काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गरेको छन्। आज प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति...
जेष्ठ २८ गते, २०८३ - १५:२०
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसद्को अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । ब...
जेष्ठ २८ गते, २०८३ - १५:०६
दाङ। रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिर...
जेष्ठ २८ गते, २०८३ - १४:४९
नयाँदिल्ली । ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायातमन्त्री सर्वानन्द...
जेष्ठ २८ गते, २०८३ - १४:४२
बर्दिया । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको घटना बाहिरिएको छ। बर्दियामा एक दम्पतीले सरकारी कार्यालयकै नक्कल गरेर नक्कली कार्यालय सञ्चाल...
जेष्ठ २८ गते, २०८३ - १४:२८
बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ । चालु वर्षमा एक अर्ब ४३ करोड ३४...
जेष्ठ २८ गते, २०८३ - १४:११
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...



प्रतिकृया लेख्नुहोस्: