Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८२ बुधबार | 16th April, 2025 Wed
Investment bank

जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

खबरडबली संवाददाता

ओखलढुङ्गा ।  ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पालिकाले शैक्षिक शत्र २०८२ बाट सरकारका विभिन्न निकायमा आबद्ध तथा नियमित तलव, भत्ता तथा सेवा सुविधा उपभोग गर्नेका सन्तति अनिवार्य सामुदाियक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । 

गत फागुन १२ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय नं। ५ मा आगामी शैक्षिक सत्रको भर्ना अभियानमा सबै जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने उल्लेख छ । सोही निर्णय अनुसार पालिकाले सार्वजनिक सूचना निकालेर सामुदायिक विद्यालय तर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालाहरूले अनिवार्य गाउँकै सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना गराउन आव्हान गरेको प्रशासकीय अधिकृत सन्तोष गौतमले जानकारी दिए। 

निर्णय कार्यान्वयन गर्दै भर्ना अभियान सन्देश मुलक बनाउन सबै सामुदायिक विद्यालयमा पालिकाले परिपत्र गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका विभिन्न चरणमध्ये सरोकारवालाका बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने नीति यस वर्षबाट कडाइका साथ कार्यान्वयनमा ल्याउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । 

'आगामी शैक्षिक सत्रबाट पालिका मातहत रहेका सरकारी कार्यालयका कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक र जनप्रतिनिधिले अनिवार्य आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्नेछ । नत्र कारबाही हुन्छ । सेवा सुविधा तलब समेत रोकिन सक्छ।'अध्यक्ष राईकले भने । 

यसै वर्षबाट पूर्णरूपमा लागु हुने अध्यक्ष राईको दाबी छ । प्रश्न उठे पनि जसरी पनि निर्णय कार्यन्वयन गर्ने अध्यक्ष राईले बताए । सामुदायिक विद्यालयमा क्षमतावान शिक्षक राखिने भए पनि गाउँका विद्यालयमा विद्यार्थी नहुँदा विद्यालयहरू मर्ज गर्नुपर्ने अवस्था छ । राज्यको ठुलो लगानी सामुदायिक विद्यालयहरूमा छन् । 

जिल्लामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकलगायतले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने आवाज विगत देखिनै उठे पनि कार्यान्वयनमा आउन सकेको छैन । गत वर्ष पनि गाउँपालिकाले यस्तै निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन । यस पटक जसरी भए पनि निर्णय कार्यान्वयन गर्ने गाउँपालिकाले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२०८२ को पहिलो कारोबार दिन बढ्यो सेयर बजार

काठमाडौं, २ बैशाख । वर्षको पहिलो दिन सेयर बजार बढेको छ । नयाँ बर्षसँगै नेप्से परिसुचकले २७.१४ अंकले बढेर २६८९ अंकमा रोकिएको छ। बर्षको पहिलो दिन ...

त्रिविको उपकुलपतिको जिम्मेवारी डा केसीलाई

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई बढीमा तीन महिनाका लाग...

पाँच रूपैयाँका १० लाख नाेट साेमवारवाट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ।  साविककै आकार तथा रंगमा नम्बर ४५०००००१ देखि भ...

कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

 काठमाडौं  । नेपाली कांग्रेसले केन्द्रिय कार्य समितिको बैठक बोलाएको छ । बैशाख १७ गते बुधवार दिउँसो १ः०० बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो । उक...

बालुवाटारमा ओली र देउवाबिच भेटबार्ता

बालुवाटारमा ओली र देउवाबिच भेटबार्ता काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिचमा भेटबार्ता भएको छ  । गठब...

शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान स्थगित

 रुकुमपश्चिम । रुकुमपश्चिमका विभिन्न विद्यालयहरुले वैशाख २ देखि हुने भनिएको विद्यार्थी भर्ना अभियान स्थगित गरेका छन् । शिक्षा ऐनको माग गर्दै काठमाडौंम...

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण

 गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवर्धक क...

विमानस्थलबाट गाँजासहित एक जना पक्राउ

 काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय भारतीय ...

सार्वजनिक बिदामा सेवा प्रवाह गर्दै सरकारी कार्यालय

 फुङ्लिङ । ताप्लेजुङका सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्न थालेका छन् । जिल्लाको तीन वटा सरकारी कार्यालयहरूले सार्वजनिक बिद...

त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइनबाट दिने भएको छ। परीक्षा नियन्त्रक पुष्पराज...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending