Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८२ बिहीबार | 17th April, 2025 Thu
Investment bank

चीनको सैन्य विस्तार ‘आश्चर्यजनक’: नाटो प्रमुख

खबरडबली संवाददाता

टोकियो । मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुखले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् । नाटो प्रमुखको भ्रमण एसिया(प्रशान्त क्षेत्रमा गठबन्धनको शक्ति ‘प्रक्षेपण’ गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

“हामीले चीनप्रति सरलताका साथ काम लिनु हुँदैन”, महासचिव मार्क रुटले सोमबार प्रकाशित जापान टाइम्सलाई भन्नुभयो, “उनीहरूको सशस्त्र सेनाको विस्तार र रक्षा उद्योग तथा रक्षा क्षमताहरूमा गरेको लगानी आश्चर्यजनक छ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख्यतः युरोपेली नाटो गठबन्धनका अन्य सदस्यहरूलाई उनीहरूको सैन्य खर्च बढाउन दबाब दिइरहेको छन ।

साथै उनले एसिया(प्रशान्त सहयोगीहरूलाई चीनको सामना गर्न र उत्तर कोरियालाई नियन्त्रण गर्न सहयोग पुर्‍याउन उनीहरूको सैन्य शक्ति बढाउन चाहेको छन । “अमेरिकाले धारा ५ मा नभई शक्ति प्रक्षेपण गर्ने र नाटोभित्र एकअर्कालाई समर्थन गर्ने अर्थमा नाटोलाई ९क्षेत्रमा० बढी संलग्न भएको हेर्न चाहन्छ”, रुटले भने। नाटोको धारा ५ ले यदि एक सदस्य राष्ट्रमाथि आक्रमण गरिएमा अन्य सबैले यसलाई सबैमाथि आक्रमण मानेर सोही अनुसार कारबाही गर्ने छन् भन्ने व्यवस्था गर्दछ । 

रुटले मङ्गलबार योकोसुका नौसेना आधारको भ्रमण गर्ने र बुधबार प्रधानमन्त्री सिगेरु इसिबासहित वरिष्ठ जापानी अधिकारीहरूलाई भेट्ने कार्यक्रम थियो । नाटोले पछिल्ला वर्षहरूमा तथाकथित आइपी४ भनेर जानिने जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डसँगको सम्बन्ध बढाउन कदम चालेको छ । यी मुलुकका नेताहरू नाटो शिखर सम्मेलनहरूमा उपस्थित हुँदै आएका छन् । रुटले गत हप्ता जापान टाइम्सलाई नाटोले सूचना साझेदारी र रक्षा–औद्योगिक सहयोग बढाएर यो साझेदारीलाई अर्को स्तरमा लैजान चाहेको बताएको थिए। 

“हामीले संयुक्त घोषणाहरूभन्दा अगाडि बढ्नुपर्दछ...यसलाई व्यावहारिक बनाऔँ”, गत अक्टोबरमा नाटो प्रमुख बनेका डच नागरिक रुटले भने । जापानले युरोपका देशहरूसँग सैन्य सहयोग बढाएको छ र गत नोभेम्बरमा टोकियो र युरोपेली सङ्घ ९इयु० ले नयाँ सुरक्षा र रक्षा साझेदारीको घोषणा गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी० लाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ । बढु...

आजदेखि तीन दिनसम्म पानी पर्ने, मुसुरो, गहुँ लगायतका बाली नकाट्न आग्रह

काठमाडौं । आजबाट देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेक...

वैदेशिक रोजगार ऐन आउँदो अधिवेशनमा पास हुन्छ: मन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम सुरु गरेको बताएको छन । बिहीब...

वैशाख ७ गते निषेधित क्षेत्रमै प्रदर्शन गर्ने राप्रपाको निर्णय

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य स...

बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनलाई सफाइ दिएको छ। न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजल...

तीनकुने घटनामा मानव अधिकारको गम्भीर उल्लङ्घन भयो: संसदीय समिति

काठमाडौं । गत १५ चैतमा तीनकुनेमा मानव अधिकारको गम्भीर उल्लंघन भएकोे संसदीय समितिले निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा म...

रास्वपा केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ। पार्टी मुख्यालय वनस्थली च:मतिमा बैठक जारी रहेको कार्यवाहक प्रवक्ता ...

शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित

रामपुर । शिक्षकको प्रदर्शनका कारण पाल्पाका सामुदायिक विद्यालयमा भर्ना अभियान पूर्ण रूपमा प्रभावित बनेको छ । यहाँका शिक्षकहरू काठमाडौं केन्द्रित प्रदर्...

म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

पेरिस। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग बिहीबार पेरिसमा भेटवार्ता गर्ने भएको छन ।...

थारु भाषाको नगर बुलेटिन प्रकाशन गर्दै घोराही उपमहानगर

दाङ। घोराही उपमहानगरपालिकाले थारु भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ । थारु भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारु भाषामा घोराही नगर बुल...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending