Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

आजदेखि शैक्षिक हड्ताल- देशभरका ५० हजारभन्दा बढी शिक्षक आन्दोलनमा सहभागी हुने अनुमान

समर्थन जनाउँदै प्रचण्डले भने- माग पूरा नभएसम्म आन्दोलन नछोड्नुस्

खबरडबली संवाददाता

काठमाडौं । संघीय विद्यालय शिक्षा ऐनको माग गर्दै पाँच दिनदेखि सडक आन्दोलनमा उत्रिएका शिक्षकहरूले आजदेखि आजदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा गरेका छन्। आफ्ना मागबारे सरकारले चासो नदिएपछि शिक्षकहरूले विद्यालय नै बन्द गरेर आन्दोलन थप सशक्त बनाउन लागेका हुन् । 

नेपाल शिक्षक महासंघले अबको आन्दोलनलाई शैक्षिक हडतालका रूपमा अघि सारेको छ भने विद्यालय बन्द गरेर सबैलाई आन्दोलनमा आउन आह्वानसमेत गरेको छ । महासंघले सबै विद्यालयका शिक्षकलाई आन्दोलनमा सहभागी हुन र सरकारलाई दबाब दिनसमेत आग्रह गरेको छ । 

‘आइतबारसम्म अलि सफ्ट रूपमा अघि बढेका हौँ, अब आन्दोलनले अर्को रूप लिन्छ । सोमबारदेखिको आन्दोलनलाई हडतालका रूपमा अघि बढाउँछौँ, शिक्षकहरूको सहभागिता पनि बढ्छ,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकारले शिक्षकका माग सम्बोधन गर्नेबारे चासो नदिएकाले यसरी अघि बढेका हौँ, हामीलाई ऐन चाहिन्छ, अरू वार्तामा बसेर हामी सडकबाट हट्दैनौँ, यसपटक ऐन बनाएर मात्रै विद्यालय फर्कन्छौँ ।’ 

उनले सरकारले बर्खे अधिवेशन अहिले नै डाकेर हुन्छ कि, अध्यादेश ल्याएर हुन्छ कि, अधिवेशन बोलाएर हुन्छ वा अन्य कुनै ढंगबाट हुन्छ शिक्षा ऐन ल्याउनैपर्ने बताए । सोमबारदेखि देशभरका ५० हजारभन्दा बढी शिक्षक आन्दोलनमा सहभागी हुने उनको अनुमान छ ।

प्रचण्डको साथ 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूको माग पूरा गर्न संसद्को विशेष अधिवेशन बोलाएर भए पनि विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने बताएका छन् । 

नेवा मुक्ति मोर्चाद्वारा आइतबार आयोजित प्रशिक्षण भेलामा उनले  माग पूरा नभएसम्म मैदान नछोड्न र शिक्षकहरूको साथमा माओवादी रहेको प्रचण्डले प्रस्ट्याए । 

‘तपाईंहरूका माग जबसम्म पूरा हुँदैनन् आन्दोलन नछोड्नुहोस्,’ प्रचण्डले भने, ‘कहिले सिटी बजाउनुस्, कहिले के–के गर्नुपर्छ गर्नुस्, हामी पनि तपाईंहरूको साथमै छौँ ।’ उनले संसद्को विशेष अधिवेशनका लागि प्रतिपक्षी दलहरूसँग संवाद थाल्ने तथा माग सम्बोधनका लागि कोसिस गर्नेसमेत बताए । ‘म आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल अगाडि बढाउँछु,’ प्रचण्डले भने । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending