Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

ओली सरकारसँग शेखर, गगन र विश्वप्रकाश असन्तुष्ट, रक्षात्मक देउवा

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेसइतर समूहका नेता डा. शेखर कोइरालाका साथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सरकारको प्रदर्शनप्रति असन्तुष्ट देखिएका छन् । शनिबार अलग–अलग कार्यक्रमलाई सम्बोधन गरेका उनीहरूले सरकारको कार्यसम्पादन र प्रधानमन्त्रीको कार्यशैली एवं प्राथमिकता चयनमाथि प्रश्न उठाएका छन् । 

सभापति शेरबहादुर देउवासँग पछिल्लो समय नजिक रहेका महामन्त्री थापाले शनिबार धनकुटामा आयोजित कार्यक्रममा नाम नलिई ऊर्जामन्त्री दीपक खड्काको आलोचना गरे । राजधानीमा आयोजित अर्को कार्यक्रममा नेता कोइरालाले कांग्रेस सत्तामा रहेको, तर सरकारमा नरहेको टिप्पणी गरेका छन् । 

महामन्त्री थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउने सरकारी निर्णयको विरोध गरे । ‘केही दिनअघि सरकारले एउटा कर्मचारीबारे, जुन निर्णय गर्नुपर्ने थिएन, त्यो निर्णयका कारण साथीहरूले उत्तर दिँदै हिँड्नुपरेको छ । त्यो अनावश्यक निर्णय गरेको कारणले हो,’ थापाले भने, ‘हाम्रा साथीहरूले अनावश्यक रूपमा सामाजिक सञ्जालमा मात्र नभएर टोलमा हप्की खानुपरेको छ ।’ 

महामन्त्री थापाले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई गर्नुपर्ने काम मात्रै गर्न सुझाव दिए । ‘तिमीहरूले गरेको राम्रो कामको प्रचार गर्न पाऊँ न । नगर्नुपर्ने काम नगर, गर्नुपर्ने काम मात्रै गर न,’ आक्रोशित थापाले भने । 

यस्तै, महामन्त्री शर्माले प्रधानमन्त्री केपी ओलीले कामको प्राथमिकता छुट्याउन नसकेको भन्दै आलोचना गरेका छन् । कांग्रेस बाँकेको नेपालगन्जमा शनिबार भएको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सरकारको गति बढाउन एवं प्रदर्शन सुधार गर्नतर्फ प्रधानमन्त्रीले ध्यान दिनुपर्ने बताए । ‘प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यान केन्द्रित गर्न जरुरी छ । प्रधानमन्त्रीज्यू, सरकारको गति बढाउन र सरकारको प्रदर्शन सुधार्नतर्फ लाग्नुस्,’ उनले भने, ‘आज दिनभर प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्न केन्द्रित हुनुपथ्र्यो । तर, प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नुभो ।’

कांग्रेस नेता कोइरालाले प्रतिस्पर्धी एमालेसँग सरकारमा रहेको भन्दै असन्तुष्टि जनाए । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औँ साधारणसभामा शनिबार उनले भने, ‘यो कांग्रेस सम्मिलित सरकार हो । तर, हामी सत्तामा छौँ, सरकारमा छैनौँ ।’ उनले हरेक ठाउँमा एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने कांग्रेस सरकारमा सँगै रहेकोमा असन्तोष व्यक्त गरेका थिए । 

डा. कोइरालाले एमालेसँगको सहकार्यमा खबरदारी आवश्यक रहेको पनि बताए । ‘कहीँकतै यो सरकारले गलत गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिराख्नुपर्छ । यदि खबरदारी भएन भने यसले कांग्रेसलाई भविष्यमा अप्ठेरो पर्न सक्छ,’ उनले भने, ‘त्यसैले हामी सत्तामा छौँ, सरकारमा छैनौँ भनेको हुँ ।’

सरकारमा मन्त्री भएकाहरूले एमालेसँग सहकार्य गरेर जानुपर्ने र सुशासनका लागि काम गर्नुपर्ने उनको भनाइ थियो । उनले संविधान संशोधन र सुशासनमा पनि जोड दिए । ‘संविधान पुनरावलोकन÷संशोधन गर्ने कुरामा अब ढिलाइ नगरौँ,’ कोइरालाले भने, ‘यसमा जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ ।’ उनले भ्रष्टाचार नरहेको, तर सुशासन कायम गर्नुपर्ने पनि बताए । 

शनिबार डा. शेखर कोइरालाले सरकारबारे असन्तुष्टि पोखरिहँदा सभापति शेरबहादुर देउवा रक्षात्मक देखिए । देउवाले सरकारको नाममा अहिले ठुलो बदनामी भइरहेको पनि बताए । ‘डा. शेखर कोइरालाजीले भनिसक्नुभो । सरकारको नाममा धेरै ठुलो बदनामी भइरहेको छ । उहाँले यो नहोस् भनिसक्नुभयो,’ उनले कोइरालाले बोलेको विषयमा थपे । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

चुनाव नजिकिँदै गर्दा दलहरूको परीक्षा सुरु भएको छ : माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु देश र जनताको हितमा रहेको बताएक...

आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा आगलागीका घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ती घटनामा अन्य नौ जना घाइते भएका छन् । अधिकांश...

उखु किसानलाई धपेडी

महोत्तरी । महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कँदै गर्दा खुट्टी (दोस्रो वर्षको बाली) उखु काटेर चिनी उद्योगमा पुर्‍याउन र ...

बालेनससँग मिलेपछि रविले भने- देशलाई चाहिएको जस्तो सहमति हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बालेनबीच लिखित सहमति भएको छ।  दुई ज...

रवि र बालेनबीच भएको ७ बुँदे सहमतिमा के छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बालेनबीच लिखित सहमति भएको छ।  दुई ज...

बालेन अब रास्वपामा, आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने समझदारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच एकता गर्ने सहमति भएको छ। ...

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending