Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

रवि लामिछानेमाथि अर्को प्रतिशोध- उच्चको आदेश जिल्ला नपुग्दै प्रक्रिया मिचेर पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । सहकारी ठगी अभियोगमा रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश प्रक्रिया मिचेर कार्यान्वयनमा लगिएको छ । उच्चको आदेश मुद्दा उठान भएको सम्बन्धित जिल्ला अदालतमा पुगेपछि जिल्लाले आदेश कार्यान्वयनका लागि प्रहरी परिचालन गर्न सक्छ । तर, रविको हकमा उच्चको आदेश रुपन्देही जिल्ला अदालत पुग्नै नपाई प्रहरीले पक्राउ गरेको हो । 

उच्चले २२ चैतको बेलुका ८ बजे रविलाई पुर्पक्षका लागि थुना पठाउने आदेश गरेको थियो । त्यसलगत्तै उनलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली हात्तीगौँडास्थित रविनिवास पुगेको थियो । 

पूर्वमहान्यायाधिक्ता तथा वरिष्ठ अधिवक्ता सुशील पन्तले रास्वपा सभापति पक्राउमा प्रहरीले प्रक्रिया पूरा नगरेको बताए । उनले भने, ‘लामिछानेलाई उच्चले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्‍यो । उच्चको आदेश मुद्दाको उठान भएको सम्बन्धित जिल्लामार्फत हुनुपर्ने हो । तर, लामिछानेकोे हकमा उच्चको आदेश जिल्ला पुग्नै पाएन । आदेश भएको केही घण्टाभित्रै प्रहरी घरमा पुगेर पक्राउ पुर्जी काट्यो । कानुनी प्रणालीमा यो मिलेन ।’

उच्च अदालतको आदेश शुक्रबार आएको थियो । शुक्रबार मुलुकभरका अदालत दिउँसो ३ बजेभित्र बन्द भइसक्छन् । नियमित सुनुवाइ भएको हुँदा उच्च अदालत तुलसीपुरको बुटवल इजलास भने बेलुकासम्म चल्यो र आदेश ८ बजे आयो । उक्त आदेश जिल्ला पुर्‍याउन त्यस दिन सम्भव थिएन । किनभने दिउँसो ३ बजे नै कार्यालय बन्द भइसकेको थियो । यो अवस्थामा समय कुरेर भए पनि प्रक्रियाबाटै जानुपर्नेमा प्रहरीले अदालतलाई नै छलेर रविलाई पक्राउ गर्‍यो । 

पन्तले भने, ‘जिल्ला अदालतलाई छलेर प्रहरी एकैचोटि लामिछानेलाई पक्रिन निवासमा पुग्यो । प्रक्रियाअनुसार जिल्लामा नगएपछि धरौटी रकम पनि फिर्ता भएन ।’ 

त्यसो त, प्रहरीले अदालतलाई मात्रै छलेन, पक्राउको विधि पनि मिच्यो । राति रविलाई पक्राउ गर्न पुग्दा प्रहरीले पक्राउ पुर्जी नै लगेको थिएन । रविले नै पक्राउ पुर्जीको खोजी गरेपछि प्रहरीले उनको घरमै पक्राउ पुर्जी काटेको थियो । पूर्वमहान्यायाधिवक्ता पन्त प्रहरीको यो प्रक्रिया पनि कानुनतः गलत भएको बताउँछन् ।

‘लामिछानेको घरमा पुगेर प्रहरीले पक्राउ पुर्जी काट्ने विषय पनि कानुनतः गलत छ । किनकि लामिछानेविरुद्धको पक्राउ पुर्जी अनुसन्धानका लागि नभई न्यायिक हिरासतका लागि थियो । जुन मुद्दा उठान भएको सम्बन्धित जिल्लाले मात्रै जारी गर्न सक्छ,’ उनले भने, ‘प्रहरीले सम्बद्ध व्यक्तिविरुद्ध पक्राउ पुर्जी काट्ने भनेको अपराध अनुसन्धानका लागि हो । तर, लामिछानेको हकमा त अपराध अनुसन्धान भइसक्यो । अहिले भनेको न्यायिक हिरासतका लागि हो । यस्तो पुर्जी मुद्दा उठान भएको सम्बन्धित जिल्लाले मात्रै जारी गर्न सक्छ । उच्चको आदेश जिल्ला नै नपुगेपछि पुर्जी जारी हुने करै भएन ।’

रविलाई पक्राउ गर्न खटिएको टोलीका एक सदस्यले ‘तिमीहरू जाँदै गर, आदेश आउँदै छ’ भनेर आफूहरूलाई रवि पक्राउ गर्न पठाएको बताए । स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकको ठाडो आदेश आइजी दीपक थापालाई गएपछि उनले टोलीलाई जसरी पनि रविलाई नियन्त्रणमा लिन खटाएका थिए । पछि प्रहरीले मोबाइलमा कतैबाट पठाइएको आदेश रविलाई देखाएको थियो । 

अर्का वरिष्ठ अधिवक्ता सुरेन्द्र थापाले पनि लामिछानेविरुद्धको पक्राउमा प्रक्रिया नपुगेको बताए । उच्चको आदेश जिल्ला पुग्नुअघि नै लामिछाने पक्राउ परेको हुँदा प्रहरीले प्रक्रिया मिचेको उनको भनाइ छ । ‘सर्वोच्च या उच्च अदालतबाट भएका फैसला वा आदेशको कार्यान्वयन जिल्लाबाट मात्रै हुने गर्छ । त्यसले केही समय लिन्छ । किनकि माथिल्लो अदालतको आदेश जिल्लासम्म पुग्न समय लाग्छ । तर, लामिछानेको हकमा त्यस्तो भएन । अझ भनौँ उच्चको आदेश जिल्ला पुग्नै पाएन । आदेशलगत्तै प्रहरी पक्राउ गर्न निवास पुग्यो । यहाँ प्रक्रिया गडबड देखियो ।’ 

प्रहरीले निवासमा दिएको ‘पक्राउ पुर्जी’मा पनि गल्ती देखिएको छ । जरुरी पक्राउ पुर्जीलाई केरेर ‘अदालतको अनुमतिपत्रबमोजिमको पक्राउ’ लेखिएको उक्त पुर्जीमा ‘तपाईंलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकोले यो पक्राउ पुर्जी जारी गरिएको छ’ लेखिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टको हस्ताक्षर रहेको पुर्जीमा रहेको भाषाले प्रहरीको गल्ती प्रस्ट्याएको छ । 

प्रहरीले ‘अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपर्ने’ लेखिएको पत्र दिएको छ जबकि प्रहरीले अनुसन्धान सकाएर मुद्दा दायर भएर जिल्ला अदालतले थुनछेकको आदेश गरिसकेर त्यसउपरसमेत निवेदन परी उच्च अदालतबाट आदेश भइसकेको अवस्था छ । यस्तो अवस्थामा अनुसन्धान भन्दै पक्राउ किन गरियो भन्ने प्रश्नको जवाफ प्रहरीले दिन सकेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending