Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

बीस वर्षपछि विवाह गर्नेलाई ५० हजार

खबरडबली संवाददाता

सर्लाही  । बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ । यहाँ व्याप्त रहेको बालविवाह तथा छोरीलाई नपढाउने प्रचलन न्यूनीकरणका लागि पालिकाले प्रोत्साहन रकम दिन सुरु गरेको हो ।

आर्थिक वर्ष २०७९/८० देखि पालिकाले १२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई ५० हजार प्रोत्साहन रकम दिन सुरु गरेसँगै स्नातक अध्ययन गर्ने छोरीलाई क्याम्पस भर्ना गर्न ११ हजार सहयोग गर्ने निर्णय गरेको थियो ।

पालिकाले सुरु गरेको उक्त अभियानले समाजमा बालविवाह न्यूनीकरण तथा छोरीको पठनपाठनमा सकारात्मक प्रभाव पारेको स्थानीय शिक्षक रामएकवाल महतोले बताए । मधेशका आर्थिक अवस्था कमजोर भएका, अल्पसङ्ख्यक, पिछडिएको समाजमा अझै पनि छोरीलाई धेरै पढाउन हुन्न भन्ने मानसिकता रहेकाले सोको न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको उनले जानकारी दिए ।

कक्षा ७-८ पढ्दापढ्दै विवाह गरेर पठाइदिने प्रचलनले समाजमा छोरीको शैक्षिकस्तर माथि उठ्न नसकेको शिक्षिका रमा सिंहले बताए । बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि पालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको उनको भनाइ छ ।

गरिब तथा विपन्न समुदायमा चाहेर पनि पढाउन सक्ने अवस्था नहुँदा पालिकाले दिने प्रोत्साहन रकमले ठूलो राहत पुगेको स्नातक तहमा अध्ययनरत शोभा कुमारीले बताइन् । ‘मैले कक्षा १२ पास गरेर २१ वर्षको उमेरमा विवाह गरेँ', उनले भनिन्, 'विवाहको मण्डपमा पुगेर पालिकाका प्रतिनिधिले ५० हजारका प्रोत्साहन रकम दिनुभयो । परिवारको आयस्रोत नभएकाले मैले पढ्न सक्ने अवस्था थिएन । सोही रकमले अहिले स्नातक तह अध्ययन गरिरहेकी छु ।'

दुई दिदीमध्ये एक जना निरक्षर र एक जनाले कक्षा ७ सम्म पढेकाले आफूले पढेर सक्षम नागरिक बन्ने सपना देखेको शोभाको भनाइ छ । 'म अहिले पनि सामाजिक संस्थामा आबद्ध भएर काम गरिरहेकी छु', उनले भनिन्, 'पढेर शिक्षक बन्ने र समाजमा ज्ञानको ज्योति फैलाउने चाहना छ ।' गाउँपालिकाले आफ्नो योजनामा सहयोग गरिरहेको उनले बताइन् ।

चन्द्रनगर गाउँपालिकामा हालसम्म २० वर्ष पूरा गरी १२ कक्षा पढेर विवाह गरेका ७८ र स्नातक तह भर्ना गरेका २१० जना सम्मानित भइसकेका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । यो सङ्ख्या बढ्दो क्रममा रहेको बताउँदै यस अभियानले बालविवाह गर्नेको सङ्ख्यामा ५० प्रतिशतसम्म कमी आएको उनको भनाइ छ ।

चाहना भएर पनि उच्च शिक्षा पढ्न नपाउने छोरीहरूलाई यो अभियानले ठूलो सहयोग पुर्‍याएको अध्यक्ष महतो बताउँछन् । 'अहिले क्याम्पसमा हेर्ने हो भने उच्च शिक्षाका लागि भर्ना हुने छात्रभन्दा छात्रा धेरै हुनुहुन्छ', उनले भने, 'यो अभियान सञ्चालनपछि छात्राको उल्लेख्य सहभागिता भएको पाएका छौँ । यसलाई निरन्तरता दिँदै गएमा यो सङ्ख्या अझै बढ्ने विश्वास लिएका छौँ ।'

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending