अछाम । जिल्लाको ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको वेवारिसे शव फेला परेको छ ।
स्थानीयको सूचना अनुसार प्रहरी शवको पहिचान र अनुसन्धानका लागि प्रहरी टोली खटाइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
टाउको नभएको अवस्थामा फेला परेको शवको पहिचान खुल्न बाँकी रहेको बताइएको छ । “लाश सडिसकेको अवस्थामा छ, स्थानीय प्रहरी त्यहाँ प्रहरी पुगिसकेको छ, थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हर्ष बहादुर चन्दको नेतृत्वमा अर्को टोली पठाएका छौँ,” प्रमुख भण्डारीले भने ।
टाउको नभएकोले घटना शंकास्पद हुनसक्ने भन्दै अछाम प्रहरीले घटानालाई गम्भीर रुपमा लिएको बताएको छ । शव सडेको अवस्थामा रहेको बताइएको छ ।
प्रतिकृया लेख्नुहोस्: