Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

म्यान्मामा भूकम्पपछिको युद्धविरामका बावजुद सैन्य आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

खबरडबली संवाददाता

जेनेभा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले शुक्रबार गत महिनाको विनाशकारी भूकम्पपछि घोषित युद्धविरामका बावजुद म्यान्माको सैन्य आक्रमणको निन्दा गरेको छ । विनाशकारी भूकम्पमा तीन हजार छ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

“यस्तो समयमा जब मानवीय सहायता विपद् क्षेत्रमा पुग्न सुनिश्चित गर्नमा मात्र ध्यान केन्द्रित हुनुपर्छ, सेनाले यसको सट्टा आक्रमणहरू सुरु गरिरहेको छ”, प्रवक्ता रविना शामदासानीले एक विज्ञप्तिमा भने, “संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख भोल्कर टर्कले सेनालाई मानवीय सहायता वितरणमा कुनै पनि र सबै बाधाहरू हटाउन र सैन्य कारबाही रोक्न आह्वान गर्नुभएको छ ।” मिन आङ ह्लाइङको सेनाले आङ सान सुकीको नागरिक सरकारबाट सत्ता खोसेपछि सन् २०२१ देखि म्यान्मामा बहुपक्षीय द्वन्द्व सुरु भएको छ ।

मार्च २८ मा आएको भूकम्पमा अहिलेसम्म कम्तीमा तीन हजार छ सय ४५ जनाको ज्यान गएको खबर आएपछि पनि छिटपुट झडपको रिपोर्टपछि सैन्य जुन्ताले गत हप्ता आफ्ना विरोधीहरूसँग मिलेर राहतका लागि शत्रुता अस्थायी रूपमा रोक्न आह्वान गरेको थियो । “तर भूकम्पपछि ‘सैन्य बलले एक सय २० भन्दा बढी आक्रमण गरेको बताइएको छ, तिनीहरूमध्ये आधाभन्दा बढी (आक्रमण) तिनीहरूको घोषित युद्धविराम अप्रिल २ मा लागू हुनुपर्ने समयपछि भएका थिए”, शामदासानीले भने ।

‘भूकम्पबाट प्रभावित क्षेत्रहरूसहित’ संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले यीमध्ये अधिकांश हवाई र तोप आक्रमणमा संलग्न रहेको निर्धारण गरेको थियो । “जनसङ्ख्या भएका क्षेत्रहरूमा थुप्रै आक्रमण भएको रिपोर्ट गरिएको छ, तीमध्ये धेरै अन्धाधुन्ध आक्रमण र अन्तर्राष्ट्रिय मानवीय कानूनमा समानुपातिकताको सिद्धान्त उल्लङ्घन गर्ने देखिन्छन् ।” सागिङमा भूकम्पको केन्द्रविन्दुमा रहेका क्षेत्रहरू, विशेष गरी सेनाका विरोधीहरूद्वारा नियन्त्रित क्षेत्रहरू, ‘खोजी र उद्धारका लागि र आधारभूत आवश्यकताहरू पूरा गर्न स्थानीय समुदायको प्रतिक्रियामा भर पर्नुपरेको’ शामदासानीले बताए ।

“स्पष्टरूपमा यी साहसी प्रयासहरूलाई थप समर्थन गर्न आवश्यक छ”, ‘सबैभन्दा धेरै आवश्यक पर्नेहरूलाई सहयोग गर्न साझा प्रयासहरूको’ आह्वान गर्दै उनले भने, “यसै भावनामा हामी सेनालाई राज्य सल्लाहकार आङ सान सुकी र राष्ट्रपति यु विन मिन्टसहित सन् २०२१ फेब्रुअरीदेखि जेलमा रहेका बन्दीहरूका लागि पूर्ण माफी घोषणा गर्न आह्वान गर्दछौँ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending