Ntc summer Offer
Khabar Dabali ३ बैशाख २०८२ मंगलवार | 15th April, 2025 Tue
Investment bank

बालीनाली जोगाउन गाह्रो भएपछि नवलपुरका किसानले रोजे माछापालन

खबरडबली संवाददाता

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यवर्ती वन क्षेत्रबाट आउने वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याउन थालेपछि यहाँका किसान माछापालनतर्फ लागेका छन्। 

कावासोती नगरपालिका–७, साँढका सडककुमार चौधरीले पहिले धान खेती गर्ने आफ्नो जमिनमा पोखरी खनेर माछापालन सुरु गरेको बताए। धानलगायतका बाली राम्रो भए पनि भित्र्याउने बेला वन्यजन्तुले नष्ट गर्न थालेपछि टोलका सबैले सल्लाह गरेर पोखरी खनेर माछापालन थालेको उनले जानकारी दिए। 

‘पहिला धान राम्रै फल्थ्यो, जनावरले खाएर सखाप पार्न थालेपछि पोखरी खनेर माछा पाल्न थालेका हौँ,’ चौधरीले भने। पोखरी खन्न मध्यवर्ती सामुदायिक वनले पनि सहयोग गरेको छ। माछापालनबाट राम्रो आम्दानी भइरहेको उनले बताए। 

रामनगर, साँढ र गैरी टोलका प्रायः सबैले माछापालन गरेका छन्। वन सीमासँग जोडिएका यी टोलमा मात्र करिब १०० पोखरी रहेको कावासोती नगरपालिका–७ का वडाध्यक्ष गोविन्दप्रसाद महतोले बताए। वन्यजन्तुले बाली नोक्सान गरेपछि माछापालन थालेका स्थानीयको आम्दानीको मुख्य स्रोत पनि यही बनेको छ। 

‘वन्यजन्तुले बाली नष्ट गर्थ्यो, अब माछा खाने कुरा भएन, राम्रो नै छ, कतिपयले धेरै राम्रो आम्दानी गरेका छन्,’ वडाध्यक्ष महतोले भने। वडाले गत वर्ष ५० प्रतिशत अनुदानमा माछाको दाना उपलब्ध गराएको उनले बताए। 

कावासोती नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख डा. टेकराज पौडेलका अनुसार मध्यवर्ती सामुदायिक वनसँग जोडिएका वडामा माछापालन गर्ने किसानको सङ्ख्या बढ्दो छ। वन्यजन्तुले बालीमा क्षति पुऱ्याउँदा र पानीको राम्रो स्रोत उपलब्ध भएकाले माछापालन गर्ने किसान बढेका हुन्। 

पालिकाका वडा नम्बर ७, १०, ११, १३, १४, १५ र १७ लाई माछा पकेट क्षेत्रका रूपमा राखिएको शाखाप्रमुख पौडेलले बताए। कावासोतीमा माछाको उत्पादन बढ्दै गएको उनको भनाइ छ। ‘कावासोती नगरपालिकामा पछिल्लो समय माछापालन गर्ने किसान बढेका छन्, उनीहरूले राम्रो आम्दानी गरिरहेका छन्, पालिकाले पकेट क्षेत्र घोषणा गरेर केही सहयोग पनि प्रदान गर्दै आएको छ,’ शाखाप्रमुख पौडेलले भने। 

कावासोती नगरपालिकाले माछापालन गर्ने किसानलाई मत्स्य यान्त्रीकरण सहयोग कार्यक्रममार्फत मोटर, एरिएटर, जाललगायतका सामग्री ७५ प्रतिशत अनुदानमा उपलब्ध गराएको, समय–समयमा माछाको भुरा अनुदानमा दिनेलगायतका सहयोग गर्दै आएको डा. पौडेलले जानकारी दिए। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जसपा सांसद खानसँग वार्ता- महिलाले चुनाव जित्न सक्दैनन् भनेर पार्टीले रोक्नु हुँदैन

काठमाडौँ । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका–३, हलबल डोली गाउँ आउँछ । सोही गाउँमा जन्मिएकी हसिन...

चार वर्षदेखि ‘पूर्व’ हटाएर ‘श्री ५’ बनेका ज्ञानेन्द्र शाहले बदलेका राजनीतिक सन्देश

राजसंस्थाको पक्षमा पूर्वराजाको अभिव्यक्ति, आन्दोलनबाट फर्कन्छ ?

भक्तपुरमा बिस्का जात्रा- तेस्रो पटक जिब्रो छेड्दै सुजन

भक्तपुर । भक्तपुरमा बिस्का जात्राअन्तर्गत मध्यपुर थिमिमा आज विभिन्न देवी–देवताको खटसहित बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी मनाइँदै छ। सिन्...

लालु-लैफु सडक निर्माण अन्तिम चरणमा

मान्म । जिल्लाको लाल-लैफु सडक निर्माण अन्तिम चरणमा पुगेको छ । नरहरिनाथ गाउँपालिकाको लालुबाट पचालझरना गाउँपालिका नानीकोट हुँदै बाजुराको सिमानासम्म जोड्...

सहकारीमा बचत गरेको रकम निकाल्न नपाउँदा...

लुम्बिनी । यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया । तर उनको अनुहारमा खुसी छैन । श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण स...

‘एमालेले राज्यप्रतिको विश्वास र भरोसा थप अभिवृद्धि गर्न ढिला नगरी काम गर्नुपर्दछ’

मदन भण्डारीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर धारणा बनाउने गर्नुहुन्थ्यो

सात चलचित्र निर्माण, तीनको प्रदर्शन मिति घोषणा

काठमाडौँ । २०८२ को पहिलो दिन चलचित्रकर्मीले सात चलचित्र निर्माण र तीन प्रदर्शनको घोषणा गरेका छन् । आज प्रदर्शनरत नेपाली चलचित्र हेर्ने दर्शकको उपस्थित...

कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्...

आज कति छ सागसब्जी र फलफूलको मूल्य ? (सूचीसहित)

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी । तराई मधेशमा आज  ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा आज  जुडशीतल पर्व मनाउन लागिएको हो ।  विक्रम संवत् परम्पराको...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending