काठमाडौं । चीनको चहच्याङ प्रान्तको इयु शहरबाट नटस्टप रेलमार्ग र सडकमार्ग हुँदै नेपालमा पहिलोपटक सामान भित्रिएको छ।इयुबाट झण्डै २५ सय किलोमिटर रेलमार्फत् सामान चीनको शिगात्से ल्याइएको थियो।
त्यहाँबाट पाँच सय किलोमिटर सडकमार्ग हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका पार गरी शुक्रबार काठमाडौंस्थित चोभारको सुख्खा बन्दरगाहमा तीन कन्टेनर सामान आइपुगेका हुन्।
चीनका आर्थिक तथा व्यावसायिक कन्सुलर से युइले चोभार सुख्खा बन्दरगाहामा सामान आइपुगेपछि ऐतिहासिक उपलब्धि भएको बताउँदै खुसी व्यक्त गरेका छन्।
‘चीनको चहच्याङबाट नेपालको सुख्खा बन्दरगाह काठमाडौँसम्म पहिलो नन(स्टप रेलवे ढुवानीको सफल सुरुवात भएको छ। यो ऐतिहासिक क्षणले चीन र नेपालबीचको व्यापारमा नयाँ युगको संकेत मात्र गर्दैन, चीन र नेपालबीचको आर्थिक तथा व्यापारिक सहकार्यको जग पनि बलियो बनाउँछ,’ उनले भने।
अहिलेका लागि इयू शहरबाट सातामा ३६ कन्टेनर ल्याउन सकिने भएको छ। उक्त रेलमार्गबाट चीनका विभिन्न स्थानमा सामान ढुवानी गर्नु पर्ने भएकाले अहिलेका लागि नेपालका वस्तुहरुका लागि एक सातामा ३६ कन्टेनर व्यवस्था गरिएको हो।
उक्त रेलमार्गको व्यवस्थापन चीनको स्याउ युएन शिगात्से इन्डस्ट्रियल कम्पनी लिमिटेडले गर्दै आएको छ। त्यसको नेपाल प्रतिनिधि डाइरेक्ट बाइ सर्भिस प्रालि हो। डाइरेक्स बाइ सर्भिस चीनको चर्चित कम्पनी अलिबाबाको अलिबाबाको क्रस बोर्ड पार्टनर हो।
यो मार्गबाट सामान ढुवानी समय उल्लेख्य रूपमा घटेको र व्यापारीका लागि ढुवानी लागत पनि कम हुने डाइरेक्स बाइ सर्भिसका अध्यक्ष सुशील थापाले बताए।
‘इयुबाट पानीजाहाज हुँदै नेपालको सीमामा आइपुग्न ४५ देखि ६० दिन लाग्छ, सडकमार्गबाट २० देखि ३० दिन लाग्छ,’ अध्यक्ष थापाले भने, ‘अब भने शिगात्सेसम्म रेल र त्यसपछि सडकमार्ग प्रयोग गर्दा सामान सातदेखि १० दिनमै नेपाल आइपुग्ने देखिएको छ।’
थापाका अनुसार यो प्रणालीले व्यापारलाई सहज बनाउनुका साथै ढुवानी खर्चमा समेत कटौती गर्नेछ। थापाले व्यापारीहरूलाई नयाँ अवसरको ढोका खुल्ने र नेपालमा चीनबाट आउने सामान अझ सुरक्षित रुपमा ढुवानी हुने बताए। ‘पहिले दशैंको लागि ल्याएको सामान कस्टम क्लियर नहुँदा तिहारसम्म रोकिएको अवस्था हुन्थ्यो, अब त्यो समस्या अन्त्य हुने विश्वास छ,’ उनले भने।
उक्त नयाँ ढुवानी प्रणालीले नेपाली व्यापारीलाई समयमै सामान उपलब्ध गराउन सहयोग पुर्याउने र निकट भविष्यमा नेपाल–चीन व्यापार अझ सहज र छिटो हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १०:४६
काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...
आषाढ़ ७ गते, २०८३ - १०:३४
काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...
आषाढ़ ७ गते, २०८३ - १०:२६
धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...
आषाढ़ ७ गते, २०८३ - १०:१६
काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...
आषाढ़ ७ गते, २०८३ - १०:११
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...
आषाढ़ ७ गते, २०८३ - १०:०९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...
आषाढ़ ७ गते, २०८३ - १०:०५
काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भ...
आषाढ़ ६ गते, २०८३ - २२:०२
तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...
आषाढ़ ६ गते, २०८३ - २२:००
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...
आषाढ़ ६ गते, २०८३ - २१:४७
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...



प्रतिकृया लेख्नुहोस्: