Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’

खबरडबली संवाददाता

खजुरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउने भन्दा पनि श्रीपेच चुनाव चिह्न लिएर मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । 

नेपाली कांग्रेस बाँकेद्वारा आज यहाँ आयोजित तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले काठमाडौँको तीनकुने वा देशका विभिन्न सहरमा प्रदर्शन गर्दैमा राजसंस्था नफर्किने बताए । पूर्वराजा आफू चुनाव नउठी चुनाव चिह्न श्रीपेजमा अरूलाई उठाएर दुई तिहाइ सांसद जितेर राजसंस्था फर्काउन चुनौती दिँदै भने, ‘राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किंदैन ।’ 

महामन्त्री शर्माले देशभरका शिक्षकले सडकमा प्रदर्शन गरिरहेको बेलामा प्रधानमन्त्रीले बोलाएर समस्या टुङ्ग्याउनु पर्नेमा जोड दिए । उनले कुनै पनि प्रधानमन्त्रीलाई पाँच वर्ष काम गर्न दिने व्यवस्था गर्नुपर्ने बताए । 

महामन्त्री शर्माले कांग्रेस कार्यकर्तालाई कुनै व्यक्ति, गुट, उपगुटको पछि नलागेर सङ्गठनको पछि लागेमा पार्टी बलियो हुने भन्दै पार्टीले देश र जनताको विकासका पक्षमा काम गरिरहेको उल्लेख गरे । गाउँ, टोलस्तरमा पार्टीले गरेको सकारात्मक कामको प्रचार गरी विश्वासिलो बनाउन कार्यकर्तालाई उनले आग्रह गरे ।

सम्मेलनमा पार्टीका सह(महामन्त्री किशोरसिंह राठौरले नेताहरू इमान्दार र अनुशासित भएमा जनमत आफैँ बढ्ने भन्दै वडास्तरदेखि केन्द्रसम्म रहेका कार्यकर्ताले सङ्गठनको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending