Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सात चलचित्र निर्माण, तीनको प्रदर्शन मिति घोषणा

खबरडबली संवाददाता

काठमाडौँ । २०८२ को पहिलो दिन चलचित्रकर्मीले सात चलचित्र निर्माण र तीन प्रदर्शनको घोषणा गरेका छन् । आज प्रदर्शनरत नेपाली चलचित्र हेर्ने दर्शकको उपस्थिति हलमा बाक्लो थियो । सोही अवसरमा चलचित्र निर्माता तथा निर्देशकले तीन चलचित्रको प्रदर्शन मिति र सातको निर्माण घोषणा गरेका हुन् । 

यो क्षेत्रका लागि नयाँ वर्षको शुभ साइत पारेर आज विसं २०८० को सफल चलचित्र ‘जारी’ को दोस्रो शृङ्खला बन्ने घोषणा गरिएको छ । यसै वर्षको दसैँमा प्रदर्शन हुने उक्त चलचित्रको छायाङ्कन यही वैशाख तेस्रो सातादेखि सुरु हुने निर्देशक एवं लेखक उपेन्द्र सुब्बाले बताए । 

उनले भने “जारीकै कथालाई निरन्तरता दिएर यसको दोस्रो शृङ्खला तयार गर्दैछौँ । नयाँ परिवेश र पुरानै जोडीको कथालाई दर्शकले हेर्न पाउनु हुनेछ । पहिलो चलचित्रमार्फत दर्शकको अपेक्षालाई पूरा गर्नेछौँ ।”

पाँचथर आसपास क्षेत्रबाट छायाङ्कन थालिने ‘जारी २’ मा अभिनेता दयाहाङ राई, विजय बराल, मिरुना मगर, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बुलगायत कलाकारले अभिनय रहनेछ। 

याम शेर्पाले निर्देशन गर्नुहुने ‘मिरमिरे’, ओमप्रतीक गुरुङले निर्देशन गर्नुहुने ‘ढुकढुकी’, सुनिल निउरेले निर्देशन गर्नुहुने ‘पुष्पलता’, विकास सुवेदीले निर्देशन गर्नुहुने तथा अभिनेता पल शाहले निर्माण गर्नुहुने ‘यानीमाया’, काजी लिम्बूको लेखन रहेको चलचित्र ‘जदौ’ को निर्माण हुने घोषणा गरिएको छ । नयाँ वर्षलाई लक्षित गर्दै निर्माण घोषणा गरिए पनि ‘जारी २’ बाहेक अन्यले छायाङ्कन हुने समय, कलाकार र प्राविधिकको विवरण सार्वजनिक गरेका छैनन् ।

नयाँ वर्षमा चलचित्र भवनमा उपस्थित दर्शकको ध्यान आकर्षित गराउन सकिन्छ भनेर निर्माता तथा निर्देशकले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुनसक्ने निर्देशक पुर्नेन्दु झाले बताए ।

उनले भने “नेपाली निर्माता तथा निर्देशक चाडपर्वको अवसर पारेर निर्माण घोषणा गरिरहेका हुन्छन् । यही कारण वैशाख १ गते यतिधेरै चलचित्रका बारेमा जानकारी सार्वजनिक गरिएको हुनसक्छ । यस घोषणाले यो वर्ष चलचित्रकर्मीले ठूलो आशा लिएको प्रस्ट हुन्छ । चलचित्र निर्माणको सङ्ख्या पनि बढ्ने अपेक्षा लिएका छौँ ।”
थै चलचित्र ‘डबल ट्रिपल’, ‘पहाड’ र ‘सिटामोल’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अशोक शर्माको निर्देशनमा तयार हुने चलचित्र ‘डबल ट्रिपल’ मा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सनविक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गर्नुहुनेछ । यो चलचित्र प्रणय दिवसको अवसर परेर आगामी फागुन १ गते प्रदर्शन हुने निर्देशक शर्माले जानकारी दिनुभयो ।  

“दसैँमा प्रदर्शन घोषणा गरे पनि उक्त मितिमा एकसाथ धेरै चलचित्र प्रदर्शन हुने तयारीमा रहेकाले हाम्रो मिति परिवर्तन गरेका छौँ । एकसाथ भिडेर भन्दा पनि एकअर्कालाई हातेमालो गर्दै अगाडि बढ्नुपर्ने समय भएकाले म आफैँ पछाडि हटेको हुँ”, उहाँले भन्नुभयो ।

त्यस्तै, राजबहादुर सानेले निर्देशन गर्नुभएको चलचित्र ‘सिटामोल’ आगामी साउन २३ मा प्रदर्शन हुने घोषणा गरिएको छ । अभिनेता सौगात मल्ल, बेनिशा हमाल, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतमलगायत कलाकारले चलचित्रमा अभिनय गर्नुभएको छ । 

निर्देशक तुलसी घिमिरे आठ वर्षको अन्तरालपछि चलचित्र ‘पहाड’ मार्फत पुनः निर्देशनमा फर्किनुभएको छ । उहाँले आफ्नो चलचित्र तिहारको भाइटीकालगत्तै कात्तिक ७ देखि दर्शकमाझ आउने घोषणा गर्नुभयो । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको भनिएको चलचित्रको प्राविधिक कामसँगै विदेश प्रदर्शनलाई ध्यानमा राखेर प्रदर्शन मिति घोषणा गरेको निर्देशक घिमिरेले बताउनुभयो । 

 “हामीले १० दिन मुम्बईमा चलचित्र छायाङ्कन गर्न बाँकी राखेका छौँ । त्यो सकेर प्राविधिक कार्यसँगै प्रचारप्रसार गर्दा लाग्ने समयलाई मध्यनजर गर्दै प्रदर्शनको समय घोषणा गरेका हौँ । विषयवस्तु पारिवारिक भएकाले पनि यसलाई स–परिवार हलमा गएर हेर्न मिल्ने गरी प्रदर्शन गर्न लागेका हौँ ।”

उक्त चलचित्रमा अभिनेता मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, विपीन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारले अभिनय गर्नुभएको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकसामु ल्याउँदै हुनुहुन्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending