झापा । मोटरसाइकलको ठक्करबाट झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीको बुद्ध चोकमा सोमबार भएको सवारी दुर्घटनामा परेर गम्भीर घाईते स्थानीय ६० वर्षीय पुष्प दास दर्जीको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
डुडामारी चोकबाट झिलझिलेतर्फ गइरहेको प्र. १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते दर्जीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो ।
दुर्घटनामा संलग्न सोही ठाउँका मोटरसाइकल चालक ३० वर्षीय दुरेन शेर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: