Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

नयाँ वर्षसँगै प्रारम्भ भएको सरकार परिवर्तनको हल्ला सकियो : शंकर पोखरेल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ वर्ष आरम्भ भएसँगै सरकार परिवर्तन हुन्छ भन्ने भ्रामक हल्ला पनि सकिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच हिजो बिहानमात्र भेटघाट भएको थियो ।

अबको ध्यान नीति, कार्यक्रम र बजेट तयारीको सन्दर्भमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

‘नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको छ, अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ’, उनले लेखेका छन् ।

उनले बहस शृङ्खला दुई अन्तर्गत स्वास्थ्य क्षेत्रका मुद्दा पनि समावेश गरेका छन् । यस अघि बहसको पहिलो शृङ्खलामा शिक्षा क्षेत्रका केही विषय उठान गरेका थिए ।

यस्ता छन् उनले उठाएका स्वास्थ्यको बहसका क्षेत्रहरूः

१ स्वास्थ्य पूर्वाधार अभाव तथा जनशक्तिको अभाव र असमान वितरण
२ स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या
३ निरोगी नेपालको अवधारणा कार्यान्वयनमा चुनौती

स्वास्थ्य क्षेत्रको सुधारका मुख्य विषय

१ योजना अनुरूप पूर्वाधार विकास र सुदृढीकरण

२ स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकास र सन्तुलित वितरण (ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्तिलाई विशेष प्रोत्साहन)
३ स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन (यसमा सबै अनुदानलाई बिमा कार्यक्रमसँग जोडेर बिमाको दायराको विस्तार । गरिब र ज्येष्ठ नागरिकलाई निःशुल्क बिमाको सुनिश्चितता)
४ सूचना प्रविधिको प्रयोगद्वारा ग्रामीण क्षेत्रमा टेलिमेडिसिनको विस्तार
५ निरोगी नेपाल निर्माणका लागि स्वास्थ्य शिक्षा र स्वच्छ आहार विहारको प्रवर्द्धन
पाेखरेलले यस सन्दर्भमा थप मौलिक सुझाव पनि मागेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending