Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८२ आईतवार | 4th May, 2025 Sun
Investment bank

यु–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित

खबरडबली संवाददाता

काठमाडौँ । नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ ।

मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो ।

यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो ।

जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ । 

जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रनजोड्दै लक्ष्य पूरा गरेको हो ।

नेपालका लगि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाए । उनले ४१ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाएको हो । यस्तै कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाए। बलिङमा हङकङका सयन पुरीले एक विकेट लिए। 

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक प्रहार गरे।

उनले एक सय १६ बलमा चार चौका र एक छक्काको सहयोगमा ६३ रन बनाएको हो । यस्तै आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन जोडे । 

बलिङमा नेपालका लागि युवराजले चार विकेटसँगै विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई तथा अशोक धामीले एक विकेट लिए । दुई खेलमा दुवै हार खेपेको हङकङले अङ्कको खाता खोल्न सकेको छैन । 
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिमा झन्डै राजावादी हाबी भएका थिए, हामीले बैलैमा तह लगायौँ: अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रमाथि खतरा आएपछि आफुहरुलेमात्रै चासो राखेको बताएका छन् । शनिवार नेकपा एसनिकट आद...

झलनाथ खनालले सरकारको नीति तथा कार्यक्रमलाई दिए ‘नौटंकी’को संज्ञा

वर्तमान संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न सकिदैन

कोहलपुरमा भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपत्र वितरण

नेपालगञ्ज । कोहलपुर नगरपालिकामा आजदेखि जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रम सुरु भएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारील...

राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ: अग्नि सापकोटा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्...

एनआरएनए राजनीति गर्ने संस्था होइन: परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेको छिन्। आज यहाँ आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआर...

फेमे खोलालाई काबेलीको बेलिब्रिज

फिदिम। संघीय सरकारले बाढीले पुल बगाएको पाँचथरको फिदिम १ र ११ लाई जोड्ने फेमे खोलाका मेची राजमार्ग स्थित पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेली नदीको बेलि...

सरकारका नीति सही छन्, ढुक्कले समर्थन गर्नुस्, विपक्षको विरोध रेकर्डमा रहन्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका नीति तथा कार्यक्रम सही भएको दाबी गरेका छन् । शनिबार बालुवाटारमा आयोजित एमाले संसदीय दलको ...

मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री धामीबिच भेटवार्ता

धनगढी। भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्ड प्रदेशका उहाँका समकक्षी पुष्करसिंह धामीबिच आज भेटवार्ता भएको छ ...

तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र, अविलम्ब कूटनीतिक पहल गर्न माग

दार्चुला। सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध ...

महिलाहरू सक्रिय भए चुनाव सजिलै जितिन्छ, ६४ मा महिला सक्रिय भएकै कारण माओवादी पहिलो बन्यो: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महिला सक्रिय भए सजिलै चुनाव जितिने बताएका छन्। शनिवारका माओवादी केन्द्रको काठमाडौंको दक्षि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending