Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

ताप्लेजुङमा फरार प्रतिवादी एघार वर्षपछि पक्राउ

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले चोरी, जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहरिएका एक व्यक्तिलाई एघार वर्षपछि पक्राउ गरेको छ । उक्त मुद्दामा ताप्लेजुङ जिल्ला अदालतबाट दोषी ठहरिएका जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनका ४४ वर्षीय तेजकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार गाउँमै लुकिछिपी रहेको अवस्थामा लिम्बूलाई शनिबार पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बूलाई आइतबार जिल्ला अदालतमा उपस्थिति गराइएको र अदालतको आदेशपछि फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । 

बस्नेतका अनुसार लिम्बूले २०७० साल माघ धारिलो हतियार खुकुरी देखाई एक ३६ वर्षीया महिलाको घरमा लुकाई राखेको एक लाख रुपियाँ नगद चोरी गरेका र नगद चोरी गरेपछि ती महिलालाई जबरजस्ती करणी गर्न खोजेका थिए । ज्यान लिनेसम्मको धम्की दिँदै जबरजस्ती करणी गर्न खोज्दा पीडित महिलाले चिच्याएपछि महिलाकी देवरले थाहा पाएका र घटनास्थल पुगेका देवर समेतलाई ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी लिम्बू फरार भएका थिए ।

प्रहरीका अनुसार त्यसबेला घटना घटाई फरार भएका लिम्बू कतार र मलेसियामा रोजगारी गर्न गई फर्केर आएपछि झापाको दमकमा लुकिछिपी बस्दै आएका थिए । दमकबाट चार–पाँच दिनअघि मात्र ताप्लेजुङ आएको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा लिम्बूलाई गाउँबाटै प्रहरी पक्राउ गरेको हो ।

यता लिम्बू उपर ज्यान मार्ने, जबरजस्ती करणी उद्योग र चोरी मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले २०७६ साल जेठ २८ गते छ वर्ष छ महिना कैद र दुई लाख २० हजार रुपियाँ जरिवाना हुने फैसला गरेको थियो । योसँगै प्रहरीले चालु आर्थिक वर्षको हाल सम्ममा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका २१ जनालाई पक्राउ गरेको जनाएको छ । 

उक्त सङ्ख्यामा फरार प्रतिवादीलाई पक्राउ गरी कुल १७ वर्ष नौ महिना चार दिन कैद भुक्तान र ११ लाख ५३ हजार ५५८ रुपियाँ जरिवाना रकम असुल गर्नका लागि जिल्ला अदालतमा पेस गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । 

फरार प्रतिवादीलाई पक्राउ गर्ने र कैद भुक्तान तथा जरिवाना असुल गराउने अभियानलाई जारी राखिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: